• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २५, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २५, आईतबार
    होमपेज /  काभ्रे खबर

    मालपोत कार्यालय काभ्रेले मनायो शतबार्षिकी कार्यक्रम

  • राजन दाहाल
  • २०७९ बैशाख १, बिहिबार (४ साल अघि)
  • १२०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • काभ्रे
    मालपोत कार्यालय काभ्रेले आज लिखत पारितको शतबार्षिकीको अबरसरमा एक कार्यक्रम गरि मनाएको छ । कार्यक्रम मालपोत अधिकृत नवीन किशोर अधिकारीको सभापतित्व र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै मालपोत अधिकृत नवीन किशोर अधिकारीले बाँसको कलमबाट सुरु भएको मालपोत कार्यालयले हाल अनलाइन प्रणाली मार्फत सेवा दिन सक्नुमा राम्रो उपलब्धि प्राप्त गरेको बताए । प्रमुख अतिथि हुमकला पाण्डेले मालपोत र नापी कार्यालयका कर्मचारीलाई हेर्ने दृष्टिकोण फरक भएको कारण कार्यालयमा कर्मचारी आउन नमान्ने र आएपनी धेरै समय नबस्ने गरेको पाइएको बताइन् । मालपोत कार्यालय र नापी कार्यालयमा अभिलेखहरु हराउने र चोरिने कारणलेपनी सेवा प्रवाहमा ढिला सुस्ती भएको बताइन । कार्यक्रममा बोल्दै उनिले काभ्रेजिल्लामा रहेको सम्पुर्ण सार्बजनिक सम्पतिको विवरण तयार परि अभिलेख राख्न सके जग्गा अधिकरण हुनबाट रोक्न सकिनेमा जोड दिइन । कार्यक्रममा नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले मालपोत र नापी कार्यालयले दिने सेवा अझ प्रभावकारी , पारदर्शी र छिटो छरितो हुन सकोस् भनी शुभकामना दिएका थिए ।

    मालपोत कार्यालयले नेपालको जग्गा प्रशासनमा बि.स.१९७९ बैशाख १ गते पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भई एक सय बर्षको गौरवपुर्ण इतिहास पार गर्दै एक सय बर्ष भएको अबसरमा खुसि साट्नको लागि कार्यक्रम गरि मनाएको मालपोत कार्यालय काभ्रेले जनाएको छ । हाल मुलुकभर १२६ कार्यालयमार्फत सूचना प्रबिधिको उच्चतम प्रयोग गर्दै विद्युतिय अभिलेख राखी अनलाइन प्रणाली मार्फत सेवा प्रबाह गर्दै आएको छ । नेपाल सरकारबाट निर्णय भएका ५ वटा मालपोत कार्यालय पनि सन्चालनमा आउने क्रममा रहेको छ ।

    जग्गा प्रशासनको सन्दर्भमा बि.स. १९९० सम्मलाई प्राथमिककालको रुपमा त्यस्तै बि.स.१९१० देखि २००७ सम्मको समयावधिलाई मध्यमकालको रुपमा र २००७ साल देखि हालसम्मको समयावधिलाई आधुनिक कालखण्डको रुपमा लिने गरेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालय काभ्रेपलान्चोक भने मालपोत ऐन २०३४ ले व्यवस्था गरे बमोजिम बि.स.२०३५ बैशाख १ गते अर्थ मन्त्रालयअन्तर्गत काभ्रे जिल्लाभर कार्यक्षेत्र रहनेगरी स्थापना भएको बताइएको छ । हाल मालपोत कार्यालय काभ्रेले ४१ जना कर्मचारीको स्वीकृत दरबन्दी सहित जग्गा प्रशासनको सेवा गर्दै आएको जनाएको छ ।

    मालपोत कार्यालय काभ्रेले प्रदेश ऐन अनुसार आ.ब.२०७७÷७८ मा घर जग्गा तथा अन्य रजिष्ट्रेशन शुल्क बापत रु.७४ करोड ४६ लाख ७३ हजार ३ सय ६१२१ पैसा र नेपाल सरकारको संचित कोषमा जम्मा हुनेगरी पुजिगत लाभकर लगाएतको शिर्षकमा ८४करोड ४५लाख ४२हजार १ सय ३७ रुपैयाँ ६० पैसा गरि कुल राजस्व रु.१अरब २२करोड ९२लाख १५ हजार ४ सय ९८ रुपैयाँ ८१ पैसा असुल भएकोमा किल राजस्वको ६०.५८ प्रतिशत अर्थात ७४करोड ४६लाख ७३हजार ३सय ६१ रुपैयाँ २१ पैसा काभ्रेको १३ वटा स्थानीय तहहरुलाइ बाडफाड गरिएको जनाएको छ । आ.ब.२०७८÷७९ को फागुन मसान्तसम्ममा घर जग्गा तथा अन्य रजिष्ट्रेशन शुल्क बापत रु.८९करोड ६९ लाख २३ हजार ३६ रुपैयाँ ५० पैसा र नेपाल सरकारको संचित कोषमा जम्मा हुनेगरी पुजिगत लाभकर लगाएतको शिर्षकमा ८२ करोड ७६ लाख ८३ हजार १सय ८२ रुपैयाँ १० पैसा गरि कुल राजस्व रु.१अरब ७२ करोड ४६ लाख ६ हजार २ सय १८ रुपैयाँ ६० पैसा असुल भएकोमा मालपोत कार्यालय काभ्रेले जनाएको छ । साथै गत पुरै आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको ८ महिनामा असुल भएको राजस्व ४०.३० प्रतिशतले बढी भएको पनि कार्यालयले जनाएको छ । मालपोत कार्यालय अनुसार सबैभन्दा बढी राजस्व प्राप्त गर्ने स्थानीय तह मध्ये बनेपा नगरपालिका रहेको र नगरपालिकाले १७ करोड ७३लाख ९५हजार ८सय ८१ रुपैयाँ ५ पैसा जम्मा रकमको २९.९१ प्रतिशत रकम प्राप्त गरेको छ । त्यस्तै सबैभन्दा कम राजस्व प्राप्त गर्ने स्थानीय तहमा खानिखोला गाउँपालिका रहेको र गाउँपालिकाले १२लाख ६०हजार २स ५७ रुपैयाँ २५ पैसा जम्मा रकमको ०.२१ प्रतिशत रक्म प्राप्त गरेको कार्यालयले जनाएको छ ।
    सबैभन्दा बढी कारोबार रहेको महिना श्रावण र सबैभन्दा कम कारोबार भएको महिना माघ रहेको पनि मालपोत कार्यालय काभ्रेले जनाएको छ । मालपोत कार्यालयको २ वटा सहायक भवनहरु भुकम्प बाट क्षती ग्रस्त भएकोले पानी चुहिने अबस्थामा पनि सेवा दिनुपर्ने बाध्यात्मक परिस्थिति भएको हुँदा उक्त भवनहरु नयाँ बनाउनको लागी सबै स्थानीय तहहरुको सहयोग गर्नुहुन अनुरोध पनि गरेको छ । शत बार्षिकी कार्यक्रम चोलि सम्म चल्ने मालपोत कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    समाचार

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    काभ्रे खबर

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३०१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑