• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ आश्विन २, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १६ घण्टा अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १७ घण्टा अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      ३ दिन अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      ३ दिन अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      ४ दिन अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      ५ दिन अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      ५ दिन अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      ६ दिन अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      ६ दिन अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ हफ्ता अघि

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      १ हफ्ता अघि

      तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

      १ हफ्ता अघि

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      १ हफ्ता अघि

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      २ हफ्ता अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      २ हफ्ता अघि
    in
    आज: २०८२ आश्विन २, बिहिबार
    होमपेज /  अन्तरवार्ता

    गिम्दिको विकास र संमृद्धिको लागि भावि योजनाहरु पनि बनाएको छु

  • राजन दाहाल
  • २०७९ आश्विन १, शनिबार (३ साल अघि)
  • ७७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    आफू गिम्दी प्रवासी युवा समाजको संयोजक भएर आउँदै गर्दादेखि हालसम्म गिम्दीको बिकास र समृद्धिको लागि के के कामहरु भए ? प्रवासमा नेपालिले कस्ता खालका दुःख भोग्नु पर्छ ? कस्तो सस्था हो गिम्दी प्रवासी युवा समाज ? गिम्दीको बिकास र समृद्धिको लागि गिम्दी प्रवासी युवा समाजको अबको भुमिका के ? भनेर यस सिरुपाते खबर डटकमका संचालक एबं प्रधान सम्पादक राजन प्रसाद दाहालले गिम्दी प्रवासी युवा समाजका संयोजक श्री कृष्ण बहादुर जर्घामगरसंग गरिएको कुराकानि ।

    हाल के मा ब्यस्त हुनुहुन्छ ?
    म केहि हप्ता अगाडि दुबै मृगौला पीडित अनिश थापा मगर को लागि गिम्दी प्रबासि युवा समाज अभियान द्वारा आर्थिक सहयोग संकलन मा ब्यस्त थिएँ । भदौ २ गते मृगौला पीडित लाई सहयोग रकम हस्तान्तरण गरिसकेपछि अहिले आफ्नै दैनिकी १५ घण्टा ड्युटी र घरायसी काम व्यबहार हरुमा ब्यस्त छु ।
    तपाई आफ्नो परिचय दिनुहोस न ?
    मेरो जन्म २०३५ साल मंसिर १० गते ललितपुर जिल्ला साबिक गिम्दी गा.वि.स.वडा नं ४ र हाल बागमती गाउँपालिका वडा नं ७ गिम्दी मगर गाउँमा भएको हो । हाल वैदेशिक रोजगारीको शिलसिलामा मलेसिया को एच.डब्लु.जे. सेक्युरिटी कम्पनी मा कार्यरत छु र यस सेक्युरिटी कम्पनी मा काम गरेको ९ बर्ष पुग्न लाग्यो ।
    तपाई एक जुझारु युवा हुनुहुन्छ किन बिदेश जानु भएको ?
    बिदेश जानु को कारण धेरै छन । बेरोजगार, महंगि, घरायसी आर्थिक भार को चाप, आफ्नो क्षमता र मिहिनेत अनुसार पारिश्रमिक नपाउनु, कुनै कृषि व्यावसायिक गरौ भने कसै बाट सपोट नपाउनु, कृषि व्यावसायिक गरेपनि हामीले उत्पादन गरेको चिज बस्तु को उचित मुल्य नपाउनु, कृषि उत्पादन गरेको बस्तु बजार लान कठिन हुनु र बजार सहजीकरण गर्ने कुनै माध्यम नहुनु र आर्थिक भार बढ्डै जानुले पनि म बिदेशीनु को मुख्य कारण हो । साथै नेपाल मा हरेक सरकारी कार्यलयहरुका कर्मचारी देखि राजनीति दल का नेताहरु सम्म घुस,कमिसन ,भ्रष्टाचार ले गर्दा देश को बिकराल अवस्था र हामि जस्तो युवाहरु आफ्नो देशमा आफ्नो भविष्य नदेखिएकाले बिदेशीन बाध्य भएको हो ।
    तपाईँ गिम्दी प्रबासि युवा समाजको संयोजक पनि हुनुहुन्छ ? कस्तो संस्था हो यो? हाल सम्म यो संस्थाले के के कामहरु गरेको छ ?
    गिम्दी प्रबासि युवा समाज एउटा यो नितान्त निस्वार्थ सामाजिक सेवा काम गर्ने संस्था हो । यो संस्थाको स्थापना बाट अहिले सम्म यो संस्थाको नेतृत्व गर्दै मैले संयोजक भुमिका निभाउदै आइरहेको छु । अहिले सम्म गिम्दी प्रबासि युवा समाज अभियान द्वारा ९ औं अभियानहरु संन्चालन गरि विभिन्न सामाजिक कार्यहरु गरिसकेका छौँ । जस्तैः गिम्दी स्वास्थ चौकि लाई रु १५ लाख बराबर को एम्बुलेन्स हस्तान्तरण गरिएको छ भने गिम्दी नारायण डाँडामा नारायणको मुर्ति सहितको मन्दिर निर्माण रु ८लाख ६० हजार बराबर मा निर्माण संम्पन्न गरिएको छ । गिम्दी स्वास्थ चौकि लाइ आवश्यक बिरामि आराम गर्ने २ वटा बेड, गिम्दी साबिक वडाहरु लाइ स्टेचर ७ वटा , कार्यलय मा समय हेर्न भित्ते घडि , लगाएत कोरोना महामारी मा स्वास्थ चौकि लाई स्वास्थ सामाग्रीहरु रु ६५ हजार बराबर को हस्तान्तरण गरिएको छ । गिम्दी ९ काउसे बेसिका दुबै मृगौला पिडित स्वर्गीय श्याम कार्कि लाई उपचार गर्न भनेर रु ५१ हजार ८ सय ५२ आर्थिक सहयोग र गिम्दी ९ सुभानेका दुबै मृगौला पीडित कमल सिङ्ग्तान लाई रु ८२ हजार २ सय ५५ आर्थिक सहयोग गरेको छ । त्यस्तैगरी गिम्दी ९ नारायण डाँडाका मूत्राशय पीडित गोविन्द प्रसाद संन्जेल लाई रु १० हजार आर्थिक सहयोग र गिम्दी ९ सुभाने का घाँस काट्न जाँदा भिर बाट लडेका बिरामी फुल माया नेगि सिंगार लाई रु १० हजार आर्थिक सहयोग पनि गिम्दी प्रबासि युवा समाजले गरेको छ साथै गिम्दी ९ साहुमाराका डढेलोमा परि मृत्यु भएका परिवार लाई रु २० हजार आर्थिक सहयोग गरि गिम्दी  ७ मगर गाउँका क्यान्सर पीडित स्वर्गीय उत्तम आले मगर लाई उपचार को लागि भनेर रु २५ हजार आर्थिक सहयोग गरेको थियो । गिम्दी प्रबासि युवा समाजले असाहाय ,अपाङ्ग तथा बृद्धअबश्था का कोहि पनि साहारा नभएका वडा का बृद्ध हरुलाई कोरोना महामारी को बोलामा चामल ,दाल , तेल , नुन, साबुन लगाएत का सामाग्रीहरु वितरण गरेको थियो । गिम्दी ९ मगर गाउँका दुबै मृगौला पीडित स् अनिश थापा मगर लाई रु २ लाख ४६ हजार ४ सय ९० आर्थिक सहयोग हस्तान्तरण गरिसकेको छ ।
    समाजसेवा गर्नु पर्छ भन्न्ने प्रेरणा कहाँ बाट प्राप्त भयो ?
    म सानुछदा देखि नै गाउँमा छरछिमेकि हरुलाई सकेको नैतिक सहयोगहरु गर्दै आईरहन्थेँ । यसैको सेरेफेरोमा जब म नेपाल प्रहरी मा भर्ति भए र तालिम पछि बाहिर फिल्डमा आइसके पछि दैवीप्रकोप लगाएत आपतकालीन विभिन्न कार्यहरुमा काम गरे र परिस्थिति बस छोटो समय मा नै जागिर छोडियो, त्यस यता फेरि घर मा नै खेतिपाति र कृषि व्यावसायिक तिर लागियो र गाउँ मा नै बसेर केहि सामाजसेवा गर्ने अठोट बोकेर साबिक गा.वि.स. हाल वडा का विभिन्न सरकारी संस्थाहरु गिम्दी नारायणी मा बि ब्यबस्थापन समिति , स्वास्थ चौकी ब्यबस्थापन समिति , क्लब , संस्था समुह लगाएत राजनीति दलमा पाटि सभापति भएर काम गर्ने अबसरहरु पाउँदै गर्दा गिम्दीको बिकास र संमृद्धि मा मोटर बाटो लगाएत विभिन्न भौतिक पुर्वधारहरु बनाउने कुरामा संघर्ष गर्दै काम गर्दै आउदै आफ्नो भोगाई र अनुभवहरु र अझ समाज लाइ बिकासमा आमुल परिवर्तन गर्नुपर्छ भन्ने कुरामा नेपाली काङ्ग्रेसका स्वर्गीय नेता बि. पि. कोइरालाको समाजबाद सिधाान्तका पुस्तक पढे , त्यहि बाटनै अझ समाजसेवा गर्नुपर्छ भन्ने प्रेरणा पाएँ ।
    प्रबासमा नेपालीहरुले के कस्तो समस्याहरु सामाना गर्नु पर्छ ?
    देश अनुसार प्रबासमा रहेका नेपालीहरुको सबैको आ आफ्नो फरक खालको समस्याहरु छन, मेरो अनुभवमा एक उदाहरण दिनु चाहान्छु पहिलो नम्बरमा प्रबासमा आउने नेपाली श्रमिकहरु माथि नै नेपालका मेनपावरका एजेन्टहरुले काम गर्न जाने श्रमिकले पाउने तलब भन्दा धेरै देखाएर नेपालमा नै श्रमिक सङ ठगिएको हुन्छ । तर वास्तविक तलब नेपाल मा भनेको भन्दा धेरै कमि हुन्छ र प्रबास मा आइसके पछि पर्ने समस्याहरु भनेको कुनै कम्पनीले भनेको समयमा तलब दिदैन, बिमारि पर्दा उपचार राम्रो गरिदिदँैन, कति पय कम्पनी ले बस्ने होस्टेलहरु राम्रो दिदैन, पिउने पानीको लगाएतका समस्याहरु हुन्छ, कुनै कम्पनी ले समयमा भिसा नवीकरण नगर्दिँदा ठूलो समस्यामा पर्न सक्छ, कति पय ठाउँहरुमा सुरक्षाको जोखिम मोलेर काम गर्नु पर्छ , तर यो समस्या सबै देशमा नहुनु पनि सक्ला तर मलेसिया लगाएत खाडी देशहरुमा समस्या सामाना गर्नु परेको छ ।
    तपाईँ नेपालमा नै केहि गर्न चाहानु हुन्छ भने स्थानीय सरकारले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ ?
    स्थानीय सरकारले यदि म नेपालमा नै कुनै बैज्ञानिक ढंगबाट कृषि व्यावसायिक गर्न चाहेमा मलाई सुन्य लागतमा कर्जा उपलब्ध गराई आबश्यक पर्ने भौतिक पुर्वधार को ब्यबस्थापन र हामीले उत्पादन गरेको बस्तु लाई बजार सहजीकरण र ब्यबस्थापन गरिदिए हुने जस्तो लाग्छ ।
    तपाईँ जस्तो धेरै युवाहरू बेरोजगार हुनुहुन्छ,उहाँहरु लाइ के भन्न्नु चाहानुहुन्छ ?
    नेपालमा रहेका धेरै बेरोजगार युवाहरूलाइ म के भन्न्न चाहान्छु भने सकेसम्म आफ्नै देशमा आफ्नो क्षमता, दक्षता र सिपलाई सदुपयोग गरेर भौगोलिकता अनुसार सबैले आआफ्नो ठाँउमा मौसम अनुसारको कृषि व्यावसाय गर्ने र बेपार बिजनेस गर्ने र आफ्नो गाउँसमाजको बिकास र संमृद्धिमा सक्रिय रुपमा लाग्ने र आफूले सकेको समाजसेवा तथा सामाजिक कार्यहरु गर्न सुझाब सल्लाह दिन चाहान्छु ।
    तपाईँको बिचारमा समाजसेवा ठिक जस्तो लाग्छ कि राजनीति ठिक जस्तो लाग्छ ?
    मेरो बिचारमा यी दुबै आआफ्नो ठाउँमा ठिक छ जस्तो लाग्छ । जस्तो कि समाजसेवी पनि एक गरिब दुखि ,रोगि असाहाय अपाङ्ग लगाएत समाज परिवर्तन को निमित्त गरिने निस्वार्थ भावनामा गरिने सामाजिक कार्य सेवा हो र राजनीति पनि राष्ट्र र समाजको आमुल परिवर्तन र बिकास र संमृद्धिको लागि गर्ने समाजसेवा सामाजिक कार्य हो । तर राजनीति लाई कमाइ खाने भाडो बनाएर गरिने राजनीति भने बिल्कुल गलत हो ।
    तपाईँले आफ्नो गाउँ र समाजको समृद्धिको लागि भावि योजनाहरु के कस्तो बनाउनु भएको छ ?
    मैले आफ्नो गाउँ को बिकास र संमृद्धि को लागि अझ भावि योजनाहरु बनाएको छु, तर सबै योजनाहरु प्रबासमा बसेर काम गर्न सक्ने संम्भाबना देखिदैन । तर केहि योजनाहरु भने अभियान मार्फत नै काम गर्न सकिनेछ, गिम्दीको बिकास र संमृद्धिका लागि प्रबासबाट गर्न नसकिने योजना जस्तै गिम्दीमा नेपाल टेकिकमको टावर, गिम्दी सुभाने खोला, देउता खोला, खुर्मि खोला, नाकटार र मोचे डाँडा जाने बाटो मा खैरे खोलाहरुमा पक्कि पुल को ब्यबस्था गर्ने, गिम्दी मोटर बाटो मेन रोडमा बाटो स्तर उन्नति गरेर कालो पत्रे गर्ने, साखा मोटर बाटो लाई पनि स्थरउन्नति गर्दै लाने , कृषक लाई सुविधा हुने गरि कृषकले उत्पादन गरेको बस्तु लाई बजार सहजीकरण गर्ने अझ गाउँमा उत्पादन बस्तु लाइ गाउँमा नै भण्डारण गर्ने ब्यबस्थापन मिलाउने, गिम्दी लाई धार्मिक पर्यटकको लागि धार्मिक संम्पदाहरुको संमक्षण र पुनः निर्माण गर्ने लगाएतका योजनाहरु बनाएको छु । धन्यवाद

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

    काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

    काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

    कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

    समाचार

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

    काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

    काभ्रे खबर

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

    काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३८८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७६८ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५६४७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५५३६ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५११६ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५००१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑