• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      ३ घण्टा अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ दिन अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      १ दिन अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      १ दिन अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      २ दिन अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      ४ दिन अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ५ दिन अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १ हफ्ता अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ हफ्ता अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ २४, शनिबार
    होमपेज /  अन्तरवार्ता

    पनौतीलाई वैज्ञानिक कृषि प्रणालीमा लाने कुरामा नगरपालिकाले सहजीकरण गरिरहेका छ ।

  • राजन दाहाल
  • २०७८ चैत्र २५, शुक्रबार (३ साल अघि)
  • १०२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    आफू जनप्रतिनिधि भएर आउँदै गर्दादेखि हालसम्म पनौती नगरपालिकामा के कस्ता बिकास निर्माणका कामहरु भए ? र जनता माझ गरेका प्रतिबद्धताहरु कति पुरा गर्न सकियो ? भनेर यस सिरुपाते खबर डटकमका संचालक एबं प्रधान सम्पादक राजन प्रसाद दाहालले काभ्रे जिल्लाको पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने संग गरिएको कुरमकानी।

    यती खेर तपाईँ ५ वर्षे कार्यकालको उतरार्धमा हुनुहुन्छ, जनप्रतिनिधि हुनका लागि तपाईँले निर्वाचनका क्रममा गर्नुभएका प्रतिबद्धताहरु कति पुरा गर्नभयो ?
    प्रतिशतको हिसाबले भन्ने हो भने लगभग ९० प्रतिशत हाराहारीमा पुरा गरिसक्यौँ । म त संस्थागत रुपमा तत्कालिन नेकपा एमालेको घोषणा पत्रबाट निर्वाचित भएको प्रमुख हुँ । नेकपा एमाले पनौती नगरपािलकाको घोषणापत्रमा रहेका लगभग ९० प्रतिशत प्रतिबद्धताहरु पुरा भइसकेका छन् । अरु केही कुराहरु बाँकि महिनामा पुरा गर्छाैँ ।
    स्थानिय तहका जनप्रतिनिधीहरुले स्थानिय तहका कार्यक्रमहरु आउँदा खेरी आफ्ना कार्यकर्ता लक्षित बनाए भन्ने आरोप छ नि, मेयर साब तपाई यसमा के भन्नु हुन्छ ?
    अब यो आरोप लगाउने कुरो त स्वभाविकै हो हेर्नुहोस् । हरेक काममा आरोप प्रत्यारोप हुने गर्छ तर हाम्रो पनौती नगरपालिकाको कुरा गर्ने हो भने पनौतीका नागरिक लक्षित कार्यक्रम हामीले गरेका छौँ । त्यो ढाँचामा सबै ढङ्गले व्यवस्थित हुने गरी गरेका छौँ । हामीले भेदभाव गरेको जस्तो हामीलाई लाग्दैन ।
    पनौती नगरपालिका आफैँमा कृषि अनि पशुपालनको लागि उपयुक्ता मानिन्छ, कृषि र पशुपालनको क्षेत्र विकासको लागि तपाईँले नगर प्रमुख भएर आउँदै गर्दा खेरी देखी हालसम्म के कस्ता कामहरु, योजनाहरु ल्याएर यि क्षेत्रको विकासको लागि लागिपर्नुभएको छ ?
    पनौती नगरपालिका काभ्रे जिल्लाको भुगोलको हिसाबले ठुलो नगरपालिका हो । यहाँ स्थिति कस्तो छ भने बजार हाम्रो सानो छ भने ग्रामिण भेग हाम्रो ठूलो छ । यहाँका जनताहरु चाहीँ कृषि र पशुपालनमा निर्भर हुन्छन् त्यसपछी सम्बन्धीत व्यापार र थोरै नागरिकहरु जागिरमा पनि हुनुहुन्छ । तर यो अवस्थामा पनौती नगरपालिका ले हामी निर्वाचित भएर आएको २०७४ सालमा, त्यस सालको असार महिनामा हामीले एउटा तथ्याङ्क संकलन ग¥यौँ । हामीले खास गरी कृषि र पशुपालनलाई पनौती नगरपालिकाका न्युन स्तरका किसानहरुलाई कसरी उनीहरुको आय वृद्धि वा संवृद्धि गर्न सकिन्छ भनेर हामीले तथ्याङ्क संकलन ग¥यौँ । हामीले त्यो तथ्याङ्क संकलन गरे पछाडी हेर्दा ८ करोड जति रकम हाम्रो भैँसी किन्दा पनौती भन्दा बाहिर जाँदो रहेछ । त्यसपछि भैँसी प्रवद्र्घन कार्यक्रम भनेर हामीले कार्यक्रम बनायौँ र त्यसको कार्यन्वयन प्रक्रिया नगरपालिकाले बनायो । त्यस आधारमा हामीले भैँसीको बिमा गर्ने कुरा, पाडी वितरणका कुराहरु, जन्मदर्ताका कुराहरुलाई नीतिगत रुपमा व्यवस्था ग¥याँै र त्यो काम हामीले गरीरहेका छौँ । यसरी हामीले ६ वटा भँैसीहरु वितरण ग¥याँै नागरिकहरुमा । त्यसमा १५० बढि पाडीहरु ब्याइसके अरु ब्याउने क्रममा पनि छन् । क्रमश यि कुराहरु अगाडी बढेका छन् । शुरुवाती चरणमा हामीले भँैसीको पाडी एकदम निम्न वर्गमा लिएर गएको थियौँ । यो वर्षमा चाहीँ मध्यम किसानहरुलाई पनि वितरण गर्छौँ । शुरुमा हाम्रो एउटा मात्र भैँसी एक परिवारलाई दिने भन्ने थियो । अब यो आर्थिक वर्ष देखि हामी दुई वटा सम्म पनि दिन सक्ने परिस्थितीमा पुगेका छाँै ।
    दोस्रो कुरा के छ भने हाम्रो पनौती नगरपालिकामा १२ वटा वडा छन् । तिनीहरुलाई ४ वटा आधारमा तथ्याङ्ककीय हिसाबले विभाजन गरेका छौँ । तिन वटा वडामा हाम्रो बाख्रा पालन भेग छ । त्यसैले त्यसलाई बाख्रा पालनको पकेट क्षेत्र भनेर त्यही ढङ्गमा लगाानी गरेका छौँ । तिन वटा वडा गाईपालनमा अलि अगाडी रहेछ । त्यहाँ चाहीँ मेलमिलाईको कार्यक्रम अगाडी रहेको छ र साथै सरकारको पनि साथ र सहयोग छ । तिन वटा वडा चाहीँ बेमौसमी तरकारी खेतीमा धेरै अगाडी रहेछ र तिनवटा वडा चाहीँ भैँसी पालनमा अगाडी भएका हुनाले १२ जटा वडालाई ४ भागमा विभाजन गर्ने गरेर त्यहाँको परिस्थिती त्यहाँको जनताको चाहना, तथ्याङ्क, भुगोलको आधारमा हामीले कार्यक्रम अगाडी बढाएका छौँ । यि त पशुपालनका कुराहरु भए । कृषिका कुराहरु गर्दा वैज्ञानिक कृषि प्रणालीमा लाने कुरामा नगरपालिकाले सहजीकरण गरिरहेका कुरा छ । सामुहिक कृषि प्रणालीमा जानु पर्छ भनेर जनताहरुलाई हामीले उत्साहित गर्ने काम गरिराखेका छौँ । वैज्ञानिक कृषिमा जानका निम्ती नगरपालिकाले पनि यन्त्रहरुको सहयोगहरु वितरण गरिरहेको छ ।
    विकासको महत्पूर्ण पाटोको रुपमा पर्यटनलाई लिइन्छ, पनौती नगर आफँैमा धार्मिक अनि ऐतिहासिक नगर,पुरातात्विक दुष्टिकोणले महत्वपूर्ण मानिन्छ, पनौती नगरपालिकामा पर्यटनको दृष्टिकोणले कुन कुन ठाँउहरु रमणीय छन् । कुन कन ठाँउहरु हेर्न , घुम्न लायकका छन् बताईदिनुहोस् न ?
    हामीले नेपाल सरकारको तर्फबाट महाभारत ट्रेक बनाईराखेका छौँ । अहिले पनौती २ कुशादेवीमा त्यो ट्रेक आइपुगेको छ गोदावरी देखि । त्यो ट्रेक तपाईको नारायणथान हँुदै बल्थली, नमोबुद्ध हुदैँ धुलिखेल हुँदै नगरकोटसम्म पुग्ने लक्ष्य छ त्यो क्रमश सरकारले अगाडी बढाईरहेको छ । पनौती बल्थली जस्तो सुन्दर भूमी पनि छ । नारायण जस्तो सुन्दर भूमि छ । देवीस्थान किल्ला देव स्थान मन्दिर पनि छ । अब अहिले धेरै मठ मन्दिरहरुको निर्माण भएको छ । मुक्तिनाथको निर्माण भएको अवस्था छन् । पर्यटकीय हिसाबले हाम्रो सल्ले पनि छ । पर्यटकका दृष्टिकोणले धेरै राम्रा स्थानहरु छन् । कहाँ कति मिनेटमा पुग्न सकिन्छ , कता जाने बाटो कता त्यसको साधन के हो को लागि साधन तयार पारिरहेका छौँ । आगामी केहि दिनहरुमा त्यो बुकलेट आइपुग्छ । जसले गर्दा पर्यटकिय दुृष्टिकोणले कहाँ जाँदा राम्रो भन्ने देखिन्छ । वडा नं. ८ मा लजावती सहिद पार्क छ । १ नंं. मा शहिद पार्क छन् त्यहाँ हामी जान सक्छौ । बाल उद्यान ३ नं., ४ नं. र १२ नं. मा छन् त्यहाँ हामी जान सक्छौँ । यो सबै विस्तृत चित्रण सानो बुकलेटमा हामी दर्शनार्थीहरुलाई उपलब्ध गराँउछौ । ताकी उहाँँहरुलाई नजिकै घुम्न सहजता हुन्छ ।
    मेयर साब अलिकति प्रसङ्ग बदलौँ , भुकम्पबाट क्षति ब्यहोरेका सर्वसाधारण सबैले नयाँ घर पाँए ?
    पनौती नगरपालिकामा ७०÷७१ प्रतिशतले नयाँ घर बनाउनु भइसक्यो । शत प्रतिशतले कोही पनि हुँदैन किनभने केही केही नागरिकहरुको घर भएको कुरा पनि तथ्याङ्कमा देखिन्छ । केही केही नागरिकहरुले पहिलो किस्तालिएर सम्झौता गरेर घर नबाएका पनि छन् । वास्तवमा केही नागरिकहरुको घर बन्न बाकीँ छ । नेपाल सरकारले स्थानिय सरकारलाई पुननिर्मााण्को काम हस्ताणतरण गर्ने काम योजना पारित भएर आएको बुझिएको छ । त्यो आइसकेपछाडी अलिकती कुरा बढ्ला थोरै संख्यामा घर बन्न त बाँकी छ तर अब धेरै चाँही बाँकी छैन ।
    क्षेत्रीय रङ्गशालाको निर्माणको अवस्था कस्तो छ र यो कहिले सम्म सम्पन्न हुन्छ ?
    क्षेत्रिय रंगशालाको कुरा , त्यसको कथा व्यथा सबै तपाईलाई थाहाँ छ जस्तो लाग्छ । कति भन्नु म धेरै भन्दिन । रंगशाला १७ रोपनी १४ आना २ पैसा पञ्चायत कालमा व्यक्ती ले दर्ता गरेको इतिहास पनि यहाँहरुलाई थाहा छ । नेपालको अदालतले पनि व्यक्तिलाई नै जिताइदिए को पनि तपाईहरुलाई थाहा छ । कुनै विकल्य नभइसकेपछि हामीले आर्थिक व्यवस्थापन गरेर स्थानिय स्रोतबाट ३ करोड प्रष्ट तिरेर हामीले किन्याँै । जग्गा नगरपालिकाले पास गरेको छ । अब नेपाल सरकारले बजेट थोरै व्यवस्थापन गरेको छ । त्यसमा हामीलाई २१ करोड पैसा लाग्छ । २१ करोड पैसा नि छैन । योजना चाहीँ बहुवर्षिय नै छ । मलाई लाग्छ अरु एक दुई वर्ष लाग्छ होला यो सम्पन्न हुन । हाललाइ रंगशालाको आधी काम सम्पन्न भयो ।
    तपाईँ आए पछि शुरु गर्नु भएको पुण्य माता कोरिडोर र रोशीखोला कोरीडोेरको निर्माण सम्पन्नको अवस्था के छ, कहिले सम्म सम्पन्न हुन्छ ?
    अब पुण्यमाता कोरी डोरको पनि काम चलिरहेको छ । रोशी कोरीडोरको पनि म बिहान मात्र गएको थिए त्यो नि चलिरहेकोे छ । ३ वटा ठेक्क त्यहाँ लागेको छ । त्यो मध्ये १ वटाले काम शुरु गरिसकेका छन् । २ वटा चाहीँ अहिले पनि आएका छैनन् । म आएर पेल्ने हिसाबले कुरा गर्छु । पुण्यमाता कोरीडोरको काम भइराखेको छ । अब हामी पुण्यमाता कोरीडोरको कामलाई रोकेर मकर मेलाको निम्ती अस्थायी रुपले हिड्ने सवारी साधन चलाउने कुरा चाहीँ हामी छालाकारखाना सम्म गर्छाैँ । पनौती देखि छाला कारखाना सम्म । पिँच होइन ग्राबेल बाटो हुन्छ । माननीय गोकुल प्रसाद बास्कोटाको नेतृत्वमा एक करोड भन्दा बढीको आर्थिकव्यवस्थापन गरियो बनेपा देखि पुण्यमाताको कोरीडोरबाट हामीले आन्तरीक स्रोतबाट गरेका काम चाहीँ ढलमले सम्म पु¥यायौँ । अब उताबाट शुरु भएको काम चाहीँ अदालतमा मुद्धा परेर फैसला भइसकेको छैन त्यो कारणले रोकिएको छ । अब त्यो अदालतले फैसला सक्काएर पठाउने बित्तिकै त्यो काम शुरु हुन्छ यो बाटो मिल्दछ ।

    विगत चार वर्षमा आफुले गरेको काम प्रति कति खुसी हुनुहुन्छ र अरु के के काम तत्काल गर्नुपर्ने अथवा पनौती नगरपालिका भित्र यो काम चाहीँ मेरै पालामा गर्नुपर्छ भनेर चाहीँ महसुस गर्नु भएको छ ?
    १८÷१९ वर्ष जनप्रतिनिधि विहिन अवस्थामा रहयो । यो भएको कारणले गर्दा संस्था त जोगियो तर यहाँ भित्र धेरै कुराहरुमा चाहीँ अप्ठ्यारा परिस्थितीहरु सिर्जना भयो भन्ने कुराहरु भयो भन्ने मलाई लाग्छ । त्यसै गरी मैले के भन्ने गरेको छु भने अहिले हामी पहिलो चोटी निर्वाचित भएको नाताले यो पाँच वर्ष चाहीँ हामीलाई नै समय लाग्छ । त्यो कारण हामीले यो गर्दै छौ । धेरै योजनाका पूर्वाधारहरु हामीले गरिसकेका छौ र अर्काे चरणको निर्वाचण पछि जुन नेतृत्वमा हुनुहुन्छ उहाँहरुको पालामा काम धेरै देखिन्छ । अहिले हाम्रा पालामा धेरै कामहरु देखिदैन किनभने अहिले हामी जग मुनी नै छौ । त्यसकारण जगमुनी भएकाले काम धेरै देखिदैन । अब अर्काे पाँच वर्ष पनौतीमा काम धेरै देखिन्छ । यो भयो कामको कुरा नगरपालिकाको तर्फबाट नेतृत्वको हैसियतले हामीले गरेका काममा के कुरा छ भने म त अति सन्तुष्ट छु । मलाई लाग्छ नागरिक अलिकति सन्तुष्टि हुनुहुन्न जस्तो अपेक्षा थियो त्यो सब्बै यो सिङ्गो चरणमा पुरा हुने अवस्था म देख्दिन । भोलीको नेतृत्वले पनि पुरा गर्न सक्दैन । तर कुरा के हो भने प्राथमिकताका आधारमा हामीले जनताका आकाँक्षालाई पुरा गर्दे आएका छौँ । जनता र राजनैतिक दलहरुको धेरै मुद्धा भएको जस्तो मलाई लाग्दैन । खास गरेर विकास निर्माण सम्बन्धमा । आगामी नेतृत्वले यो जग टेकेर अगाडी बढ्दा पनौतीको धेरै कुरा अगाडी बढ्छ ।
    मेयर साबतपाईले एकिकृत खानेपानीको प्रसंग निकाल्नुभयो त्यसमा तपार्इँले २०७५ सालअसार मसान्तभित्र सक्ने र पनौती, बनेपा र धुलिखेलकाजनताले खानेपानी खान पाउँछन् भन्नुभएको थियो । हालसम्म पनि एकिकृत खानेपानी पनौती आईपुगेको छैन, यो कहिले आउँछ?पनौतीका जनताले कहिले राम्रो सँग स्वच्छ खानेपानी पाउँछन ?
    यो मामलामा तपार्इँले एउटा कुरा बुझ्दिनुप¥यो । पनौतीमा त्यो खानेपानी नआईपुगेको होइन । पनौतीमा मुल ट्याङ्की छ देविथानमा र त्यो ट्याङ्की भरिएको छ, पनौतीमा अर्को २ ओटा ट्याङ्की छ एउटा चामखरमा र अर्को सल्लेमा, त्यहाँमा पनि पानी भरिएका छन् र खेर गईरहेको छ । बनेपाको धनेश्वरमा पनि पानी भरिएको छ, धुलिखेलको पानी ट्याङ्कीमा पनिपानी भरिएको छ । अहिले जुन मेन लाइन छ नित्यो मेन लाइन परीक्षण गरेर रिपोर्ट ल्याउनुपर्ने निर्माण व्यवसायीले, त्यो रिपोर्ट ल्याइसकेको छैन । र सम्पुर्ण मुख्यलाइन परीक्षण गरिसकेको अवस्था पनि छैन । त्यो मुख्यलाइनको रिपोर्ट बुझाउने वित्तिकै खानेपानी बोर्डले उसलाई भुक्तानी दिन्छ । उसलाई भुक्तानी दिने वित्तिकै त्यो खानेपानी बोर्डलाई हस्तान्तरण हुन्छ, हस्तान्तरण भई सकेपछि त्यो शाखा लाइनहरु पनि धेरै ठाउँमा विग्रेका छन् । पनौती, बनेपा र धुलिखेलमा विभिन्न बाटो खन्ने, ढलखन्ने क्रममा धेरै ठाउँमा विग्रेका छन् । हाम्रो पनौतीमा २३ ठाउँमा विग्रेका छन् त्यस मध्ये ७ ठाउँमा हामीले मर्मत गरि सकेका छौं । र खानेपानीबोर्डका ३ ओटै नगरपालिकाका शाखाहरुले आ–आफ्नो एरियाका शाखालाइनहरु मर्मत गर्ने भनेर हामीले जिम्मेवारी पनि लिएकाछौं । र हामी पानी चलाउन सक्छौं र पानी चलाउनको निम्ति अब खानेपानी खानेपानी बोर्डमा हस्तान्तरण भईसकेपछि हामी खानेपानी जनतालाई खुवाउन सक्छौं । र जनतालाई पानी वितरण गर्ने क्रममा धेरै जनतालाई लाइन विग्रेको कारण यो पानी खुवाउन नसक्ने पनि देख्छु म । त्यसकारण जहाँ जहाँ सम्भव छ तत्काललाई त्यहाँखाने र जहाँ जहाँ मर्मत गर्नुपर्ने हो त्यहाँ नयाँ मर्मत गरेर वितरण गरिने छ ।
    यो कहिले सम्म सम्पन्न हुन्छ त ?
    अब यो यस्तोे छ यहाँ के भन्ने ठेकेदार अलि अफ्ठेरो खालको रहेछ, धेरै कुरा भन्न पनि नमिल्ने । ठेकेदारले जब काम सम्पन्न गरेर खानेपानी बोर्डलाई हस्तान्तरण गर्छ अनि मात्र जनताले खानेपानी पाउने हो ।
    अन्त्यमा, समग्र पनौतीको विकासको लागि जनप्रतिनिधि आईसकेको पछि यी यी कुरामा चाहिँ उल्लेख्य विकास भएको छ भनेर जनतालाई बताईदिनुस् न ?
    अव यो तपाईको साना साना काम त हामीले गर्दै गयौं यो देखिदैन । हामीले ४–५ वटा काम देखिने गरि ग¥यौं । एउटा रङ्गशालाको काम जुन हामी नगरपालिकामा आइसके पछि त्यसको समस्याको समाधान भयो, दोस्रो काभ्रे एकिकृत खानेपानी परियोजना त्यस्तो अफ्ठेरो बेला काम रोकेका अवस्थामा थियो, हुन्छ कि हुँदैन भन्ने अवस्थामा पुगिसकेको थियो त्यो हामी लगभग सम्पन्न गरेर वितरणको अवस्थामा पुगिसकेको छ । तेस्रो पुण्यमाता कोरिडोर हाम्रो पनौती क्षेत्रको हामीले आफ्नै स्रोतबाट व्यवस्थापन ग¥यौं । चौंथो नेपाल सरकारको सपोर्ट र सहयोगमा हामीले उठाएको योजना ग्वार्कोबाट पनौती हुँदै कटुन्जे निस्कने बाटोको निर्माण भईरहेको छ यो अर्को ठुलो उपलब्धि हो र अर्को बनेपा, पनौती, खोपासी बाटो चाहिँ विस्तार गरेर हेटौडा सम्म पुग्ने बाटोको योजनाका साथ नेपाल सरकारले बजेट विनियोजन गरेको छ । अहिलेको सरकारले ठिक ढंगले कार्यान्वयन गर्दिने को हो भने यो धेरै अगाडि बढ्छ यो चौंथो कुरा भयो । पाँचौ कुरा तपाईको २० औं वर्ष अघिदेखि पनौतीलाई खास गरी पनौती नगरपालिका वडा नं ७ को ऐतिहासिक साँस्कृति सम्पदाहरुलाई विश्वसम्पदा सुचीमा सुचिकृत गर्नलाई युनेस्कोले गरेको प्रस्ताव त्यो कहा अल्झियो, के भयो कुनै अभिलेख थिएन । हामी निर्वाचित भएपछि सम्पुर्ण डकुमेन्ट हामीले बनायौं र अहिले नेपाल सरकारको मुख्य सचिवको कार्यालयमा प्रस्तावना सुचीको रुपमा त्यहाँ गएको छ । क्याविनेटले खास समयमा निर्णय गर्ला । यसका निम्ति अहिले सरकारमा रहनुभएका, नेतृत्वमा रहनु भएका नेतागणहरुलाई पनि म आग्रह गर्छु । र सरकारसँग सम्बन्धित सबै जिम्मेवार साथीहरुलाई पनि हार्दिक आग्रह गर्छु कि यो प्रस्तावलाई स्वीकृत गर्नको निम्ति यहाँहरुको आफ्नो ठाउँबाट साथ र सहयोगको लागि नगरपालिका अपेक्षा गर्छ । यसरी पाँचओटा कुराहरु चाहिँ हामीले देखिने गरि ग¥यौं ।

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    समाचार

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    काभ्रे खबर

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७३० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०१३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८८४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८३४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७०२ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३६१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑