• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ दिन अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      ४ दिन अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      २ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      ३ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      ४ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र ९, मंगलबार
    होमपेज /  काभ्रे खबर

    रोशीमा प्रभावकारी बन्दै निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम

  • सिरुपाते खबर
  • २०७९ आश्विन १२, बुधबार (३ साल अघि)
  • ९२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे,

    स्थानीय निर्वाचनको ताका रोशीलाई समृद्ध बनाउने विभिन्न आधार सहितको परिकल्पना बोकेर चुनावको लडाईमा होमिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्य मूल्यांकन गर्दा रोशी गाउँपालिकाले पनि तीब्र गतिमा आफ्ना प्रतिवद्धतालाई पूर्णता दिइरहेको पाइएको छ । गाउँपालिकाले नेपालको संविधान २०७२ ले परिकल्पना गरेको दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न, स्थानीय जनताको जनजीविकामा आमूल परिवर्तन ल्याउन गरिएको प्रतिवद्धताहरुलाई पूर्णता दिइरहेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले आफू निर्वाचित भए पश्चात् गरिएको पहिलो प्रतिवद्धता थियो —निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने । हाल गाउँपालिकाको १२ वटै वडामा यो कार्यक्रम अगाडि बढिरहेको छ । प्रत्येक वडामा एक जना अभिकर्ता परिचालन गरिएको छ ।
    अभिकर्ता चेत बहादुर लामाले रेडियो रोशीसँग कुरा गर्दै भन्नुभयो ः “रोशी गाउँपालिका भरिको ६० वर्ष भन्दा माथिको निःशुल्क रुपमा सबै ज्येष्ठ नागरिकको विमा गर्ने अभियानमा हामी लागिरहेका छौँ जसमा प्रत्येक वडामा हामी १ जनाको दरले परिचालित छौँ । विशुद्ध रुपमा ज्येष्ठ नागरिकको मात्र नभई १ परिवारमा १ जना ज्येष्ठ नागरिकको विमा गर्दा सो परिवारको अन्य ४ जना सदस्यको पनि निःशुल्क रुपमा विमा हुने छ” उहाँले बताउनु भयो ।
    त्यसैगरी अर्को अभिकर्ता मुकुमाया लामाका अनुसार स्वास्थ्य विमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनिकरण गर्नका निमित्त यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जसमा आकस्मिक सेवा, बहिरङ्ग, अन्तरङ्ग, एच।आइ।भि।, हेपटाइटिस, कुष्ठारोग, क्यान्सर लगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनिकरण गर्न स्वास्थ्य विमा कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । “आफ्नो विमा गरिसकेको रोशी ९ को ज्येष्ठ बुवामानसिंङ तामाङले भन्नुभयो । साँच्चै सिंहदवार गाउँगाउँमा आएको अनुभव भएको छ । घरघरमा आएर हाम्रो विमा गरिदिनुभएकोमा रोशी सरकारलाई धन्यवाद व्यक्त गर्दछु । मैले त मेरो मात्र स्वास्थ्य रक्षा होला भन्ठानेको थिएँ । मेरो मात्र नभइ मेरो परिवारको पनि निःशुल्क रुपमा विमा हुँदा म एकदम खुसी छु ” । अर्का ज्येष्ठ आमा माया तामाङका अनुसार “उमेर ढल्कदै गएपछि अनेक रोग लाग्ने आफ्नो स्वास्थ्यको चिन्ता त छ दै छ उपचार गर्ने पैसा कहाँबाट जुटाउने होलाभन्ने चिन्ताले सधै पिरोल्थो रोशी सरकारले गरेको कामले अहिले ढुक्क छु । ”
    २०७८ सालको प्रारम्भिक नतिजा अनुसार गाउँपालिकाभित्र जम्मा घरधुरी संख्या ६०३९ रहेको छ । जम्मा जनसंख्या २३,५५१ जना रहेको छ भने लगभग ज्येष्ठ नागरिक ३,७०० जना रहेको छ । यसरी ३,७०० ज्येष्ठ नागरिक र १४,८०० जना अन्य परिवारको सदस्य गर्दा जम्मा १८,५०० जना रोशीवासीको विमा हुने भएको छ

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    समाचार

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    काभ्रे खबर

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२०४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑