• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      १0 घण्टा अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      २ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ४ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेको दुबै क्षेत्रमा गठबन्धनको जीत सुनिश्चित :नेता हुमागाई

  • सिरुपाते खबर
  • २०७९ आश्विन २९, शनिबार (४ साल अघि)
  • १०६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • बनेपा
    नेपाली काङ्ग्रेसका नेता शिब प्रसाद हुमागाईले काभ्रेमा दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताएका छन  । उनले दुई तिहाइ सरकार हुँदा पनि उपलब्धिहरुलाई रक्षा गर्न नसकेको र विधिको शासन संचालन नभएको भन्दै दिगो सरकार र सुशासनका
    लागि  लोकतान्त्रिक–बाम गठबन्धनको आवश्यकता परेको  बताएका छन् । शनिवार बनेपामा आयोजित पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा उपस्थित गठबन्धनका नेताहरुले उक्त कुरा बताएका हुन् ।

    कार्यक्रममा सहभागी गठबन्धनका नेताहरुले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुनु लोकतन्त्रमा सुहाँउदो कार्य नभए पनि लोकतन्त्र नै संकटमा पर्ने अवस्था सृजना भएपछि बाध्य भएको उल्लेख गरे । २ तिहाई मत पाएर पनि दुई–दुई पटक सरकार विघठन गर्ने कार्य गरेको भन्दै गठबन्धनद्वारा सरकार निर्माण  गरी जनअपेक्षा अनुरुप दिगो सरकार संचालन गर्ने बताए । गठबन्धन भित्रको एकता र विश्वासले नै सरकार संचालनको जिम्मेवारी पाउने उनीहरुको भनाई थियो ।

    कार्यक्रममा नेपाली काग्रेसका उप–सभापति रमेश हुमागाई, माओवादी नेतृ रुकु चौंलागाई ,नेता अक्कल ब थिङ, समाजवादी नेता टोक बहादुर वाइवा, लगायतले गठबन्धनको औचित्य तथा जिल्लाको राजनीतिक अवस्थाबारे प्रकाश पारेका थिए ।

    पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिँदै काभ्रे क्षेत्र नं २ का उम्मेदवार शिव प्रसाद हुमागाईले केन्द्रबाट पार्टीको घोषणापत्र प्राप्त गरेसँगै जिल्लाका एजेण्डाहरु समेटिएको गठबन्धनको अवधारणा सार्वजानिक गर्ने बताए । जिल्लाका टोल–टोलका समस्याको वियषयमा जानकारी राख्ने । आगामी निर्वाचनका लागि क्षेत्र तथा प्रदेशमा योग्य सक्षम स्वच्छ छवि भएका उम्मेदवारहरु गठबन्धको तर्फबाट प्रस्तुत गरिएको दावी गरे ।पत्रकारबाट गरिएको प्रश्न प्रति लक्षित गर्दै हुमागाईले जिल्लाको सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा दशकौं अघि देखि सक्रिय रहेको बताउँनुभयो । विपक्षीहरुले  विकास निर्माणका कामलाई मिडिया तथा सामाजिक संजालमा प्रचार गरेपनि फिल्डमा अवस्था जिउँका तिउँ रहनेगरेको उल्लेख गर्दै आफुहरुले काम गरेपनि प्रचार नगरेको उल्लेख गर्नुभयो । वि.पी राजमार्ग निर्माण, कोशीपारी सडक निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, कस्का पहलमा कहिले निर्माण भए ? काभ्रे उपत्यका खानेपानी बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको इतिहास हेर्न उहाँको सुझाव थियो ।
    नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका प्रदेश सभा उम्मेदवार तिर्थ लामाले प्रविधिमैत्री समयको विकास भएको र त्यसकै प्रभावमा निर्वाचन हुने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । आफ्नो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार सूर्यमान दोङ स्वास्थ्य समस्याका कारण स्वास्थ्यलाभ गरिरहनुभएको र दोङको मंसिर ४ अघि सम्म नै मतदाता माझ उपस्थिति नरहेपनि प्रदेश उम्मेदवारहरुको प्रयासबाटै विजयी गराउने दावी गर्नुभयो ।
    वि.पी राजमार्ग निर्माण, कोशीपारी सडक निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, कस्का पहलमा कहिले निर्माण भए ? काभ्रे उपत्यका खानेपानी बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको इतिहास हेर्न उहाँको सुझाव थियो ।            कार्यक्रममा उपस्थित नेकपा माओवादी तर्फका प्रदेश सभा उम्मेदवार रत्न ढकालले निर्वाचन क्षेत्र नं १ मा कुनै क्षेत्र भन्दा कम बजेट विनियोजन नभएको बताए । क्षेत्र नं १ मा विभिन्न महत्वका योजनाहरु संचालन भइरहेको उनको भनाई थियो । प्रादेशिक विश्व विद्यालय संचालन लगायत प्रदेशमा २ मल उत्पादन कारखाना संचालन हुने र ती मध्ये १ काभ्रेमै संचालन हुने । दोलखा ,सिन्धुपाल्चोक, काभ्रेको महाभारत खानीखोला हुँदै प्रदेश राजधानी हेटौंडा जोडने सडक निर्माण हुँदैछ । यी हाम्रा प्रयासमा भएका हुन । हामीले यस्ता थुप्रै योजनाहरु संचालन शुरुवात गरेका छौ । आफ्नो गाउँ र क्षेत्र निर्माण गरेर मात्र जिल्ला विकसित हुने बताउँदै ढकालले विकासका सम्पूर्ण पूर्वाधारका क्षेत्रहरु विकासका कार्य भइरहेका छन् र अब पनि यसलाई निरन्तरता दिइरहने उनको भनाई थियो । नेकपा एकीकृत समाजवादी तर्फबाट प्रदेशसभा उम्मेदवार लक्ष्मण लम्सालले गठबन्धन मुलुकको आवश्यकता भएको बताउँदै आफ्नो जनता प्रति गरेको वचाप्रति पार्टी र नेतृत्व हैसियत विमुख भए पछि गठबन्धनको आवश्यकता परेको उल्लेख गर्नुभयो ।
    बाटो सांसदआफूले बनाउँदै हिडने होइन तर यो बाटो मैले बनाएँ, यो खोला मैले थुँने भन्ने जस्ता प्रचार बढि भएको उल्लेख गर्दै जनप्रतिनिधिको हैसियतमा पूर्वाधारका सबै क्षेत्रको विकासको लागि पहल आवश्यक पर्ने बताउँनुभयो । तर प्रदेशका तर्फबाट भएका कार्यलाई छायाँ पार्दै मिडियाबाजी गरेर अनावश्यक प्रचार गरेको आरोप लगाउनु भयो । प्रदेश सभाको बजेटले पूर्वाधार निर्माण भइरहँदा पनि यो बजेट व्यवस्था भइसक्यो मैंले गरे भन्ने जस्ता कु–प्रचार गरेको भन्दै त्यस्ता नेतालाई पानी मैंले पारेँ भन्ने महादेवको संज्ञा दिनुभयो । प्रदेश सरकारको तर्फबाट खानेपानी, सडक लगायतका विषयमा उल्लेखनीय काम भए पनि महादेव बन्नेहरुको अनावश्यक चर्चाले सर्वसाधरणलाई भ्रममा पारेको बताउनुभयो ।कार्यक्रममा नेपाली काग्रेस तर्फका अर्का प्रदेश उम्मेदवार कञ्चनचन्द्रवादे तथा गठबन्धनदल भित्रका समानुपातिक उम्मेदवारहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑