• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १६, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १९ घण्टा अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      २ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      ३ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      १ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      ३ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      ४ हफ्ता अघि
    in
    आज: २०८२ माघ १६, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेका बौद्धिक समूहको अपिल ‘संविधानको रक्षा र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई भोट’

  • सिरुपाते खबर
  • २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
  • ४३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा÷

    जिल्लामा कृयाशिल बौद्धिक समूहले संविधानको रक्षा र सुशाशनको लागि यसपटक लोकतान्त्रिक–बाम गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।
    शनिवार बनेपामा सम्पन्न प्राध्यापक, शिक्षक, कानून व्यवसायी, इञ्जिनियर, पूर्व कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका बौद्धिक समूहको भेलाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक–बाम गठबन्धनका ‘स्वच्छ छवि भएका, उर्जाशिल, अनुभवी तथा विकासप्रेमी’ उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको हो ।
    प्रजातन्त्रवादी प्राध्यापक संघ बाग्मती प्रदेशका सहसंयोजक माधवप्रसाद तिमल्सिना, काभ्रे जिल्ला अध्यक्ष भोला केसी, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरीले हस्ताक्षर गरी जारी गरेको अपिलमा लोकतान्त्रिक शक्ति र बामपन्थी दलहरुको सक्रिय संलग्नताले सात दशकको अथक प्रयासको परिणाम स्वरुप संविधानसभामार्फत प्राप्त संविधान पटक–पटक मिचेर निहित स्वार्थ पूरा गर्ने दुष्प्रयासका विरुद्ध लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुबीच गठबन्धन हुनुपर्ने समसामयिक आवश्यकतालाई मध्य नजर गर्दै बृहत एकताका साथ अघि बढिरहेको गठबन्धनप्रति बौद्धिक समूहको समर्थन रहेको जनाइएको छ । २०७४ सालमा निर्वाचित सरकारले करिब दुइतिहाइको हाराहारी मत प्राप्त गरेता पनि २÷२ पटक प्रतिनिधि सभा भंग गर्ने प्रयास गरी जनमतको अपमान गरेको समेत बताए । काभ्रेली मतदाताले अपार भरोसा गरी नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यले मतदाताको शीर झुक्ने गरी भ्रष्टाचारको मिलेमतो ९सेटिङ्ग० मा संलग्न भएको सुन्नुपर्दा बौद्धिक वर्ग लज्जित भएको उल्लेख गरेका छन् ।
    लोकतान्त्रिक शक्ति र बाम गठबन्धनले अब संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका बहुलबादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको सम्बद्र्धन गर्न सक्छ भन्ने अपेक्षा सहित लोकतान्त्रिक समाजवाद उन्मुख सम्मुनत नेपाल निर्माण गर्ने तर्फ देशलाई अघि बढाउन गठबन्धन सक्षम हुनेछ विश्वास समेत व्यक्त गरिएको छ । दलीय व्यवस्थामा दलको विकल्पमा दल नै मात्र हुन सक्ने तर्क गर्दै उनीहरुले स्वतन्त्र भएर विजयी सांसदले संसदीय व्यवस्थामा खासै भूमिका खेल्न नसकेको विगतका अनुभवलाई आधार मान्दै मतदान गर्दा विशेष ध्यान दिनुहुन समेत अनुरोध गरिएको छ । बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनाका लागि बलिदानी र संघर्षमा खरो रुपमा प्रस्तुत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनीहरुले अनुरोध गरेका छन् ।
    भेलामा उपस्थित गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का साझा उम्मेदवार शिवप्रसाद हुमागाईले आफूलाई सबै क्षेत्रको साथ, सहयोग भएको भन्दै बौद्धिक समूहको समर्थनले थप उत्साहित भएको बताए । बौद्धिक समूहले अनियमितता, भ्रष्ट्राचारमा संलग्नलाई समर्थन नगर्ने भन्दै आफू निर्वाचित भएपछि काभ्रेली मतदाताको शिर उच्चो राख्ने गरी काम गर्ने बताए । प्रदेश सभा क्षेत्र नं २ ९क० का उम्मेदवार लक्ष्मण लम्साल, २ ९ख० का उम्मेदवार कञ्चनचन्द्र बादे, नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपाल, नेकपा एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, गठबन्धनको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल, काभ्रे सेवा समाजका अध्यक्ष नारायण महत, प्राध्यापक भोेला केसी, क्याम्पस प्रमुख केजी बैदार, इश्वरी ओझा, माधवप्रसाद तिमल्सिना, राजेशराज महत, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरी लगायतले संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउनुपर्ने तर्क गरे ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    समाचार

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८१५ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६८१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑