• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २५, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      १ घण्टा अघि

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १ दिन अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ४ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक २५, मंगलबार
    होमपेज /  अन्तरवार्ता

    हामी जनप्रतिनिधि भएको टुलुटुलु हेर्न, समस्यालाई जस्ताको त्यस्तै राख्न होइन – प्रमुख लामा

  • राजन दाहाल, शोभा हुमागाईँ
  • २०७९ पौष १३, बुधबार (२ साल अघि)
  • ६५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    तपार्इंको राजनीतिक यात्रा कहाँबाट कसरी सुरु भयो ?
    मेरो राजनीतिक जीवनको कुरा भन्नुपर्दा २०३६ सालदेखि नै सामाजिक कार्यमा लागेको हो । यसरी विभिन्न कार्यमा सहभागी हुदै २०७९ साल वैशाख मशान्तको बेलामा मलाई नमोबुद्ध नगरपालकाको आम जनताले ठूलो अवसर प्रदान गर्नुभएको छ । यो माया सद्भावको बदलामा जनताको धेरै अपेक्षाहरु पूरा गर्नु छ । त्यसको लागि कामको सुरुवात गरेको छु । त्यसको लागि यस नमोबुद्ध नगरको आवश्यकता, जनताको आवश्यकतालाई विकास तर्फ अहिले विज्ञहरुसँग सल्लाह गर्दै लागिरहेको छु ।
    वैशाख मशान्त अघि पार्टीको मान्छे हुनुहुन्यो अहिले नगरको जनप्रतिनिधि हुनुहुन्छ, पाटीको तर्फबाट जनतालाई हेर्ने दृष्टिकोण र अहिले जनप्रतिनिधि भएर जनतालाई हेर्ने दृष्टिकोणमा कतिको फरक पाउनुभएको छ ?
    म हिजो पाटी हुँदा पनि एउटा माध्यम हो, संस्था हो । संस्थामा हुँदा पनि जनताको माया उत्तिकै पाइरहेको थिएँ । त्यसबाट अहिले जनप्रतिनिधि हुँदा पनि त्यो भन्दा बढि माया पाइरहेको छु । समाजको हितको निम्ति काम गर्दा कुनै न कुनै माध्यम अवश्य चाहिन्छ । पार्टी त मेरो मुख्य नै भइहाल्यो । त्यसमाथि अहिलै नगरको अभिभावकको दृष्टिकोणकाले जनताको हित र समृद्ध नगर बनाउनको निम्ति लागि परिरहेको छु म अहिले ।
    यहाँ नगर प्रमुख भइसक्नुभएको ७ महिना भइसकेको छ, यो अवधिमा के को कामहरु पूरा गर्नुभएको छ ?
    पूरा भन्दा भन्दा पनि सुरुवात कार्य अगाडि बढाउने चरणमा छौँ । अव हामीले जेठको १२ गते नियुक्ति पत्र पायौँ । पालिकाको नीति विधि अनुरुप अध्ययन गर्दै संघ र प्रदेशको कार्य र निर्देशिका, नगरकार्यपालिकाको कर्मचारी बुद्धिजिवी तथा अन्य व्यक्तित्वको सल्लाह सहकार्यमा अगाडि बढ्यौँ । फेरि भर्खरै सकिएको संघ र प्रदेशको चुनावमा अलमलियौँ । अव अहिले विभिन्न योजनको कामहरु गर्न टेन्डरको आव्हान भएको छ । उपभोक्ता समितिहरु गठन भएको छ । सम्झौताको कार्यहरु भइरहेको छ ।
    नगरको कुन कुन ठाउँमा के के टेन्डर भइरहेको छ, त्यसको जानकारी गराइदिनुस न ।
    अव समपुरकको टेन्डर चाहि १ नम्बरदेखि ७ नम्बर सम्म भइरहेको छ । ३,४,५ मा पनि भइरहेको छ । त्यसैगरी खानेपानी वडा नम्बर ७ मा करीव १७ करोडको टेन्डर भइरहेको छ । ८ नम्बरमा पनि त्यस्तै छ । टेन्डर मात्र होइन टेन्डर स्वीकृति भएर काम पनि सुरु भइसेकेको छ । त्यसैगरी ११ नम्बरमा १ करोड १० लाखको काम भइरहेको छ । २ नम्बरमा १ करोड ४० लाखको काम सुरुवात भइरहेको छ । त्यसकारण ती सबै कामहरु पूरा भइसकेपछि तपाईको लोकप्रिय रेडियो मार्फत हामी जानकारी गराउनको निम्ति तत्पर छौँ ।
    यहाँले नमोबुद्ध नगरको वस्ती वस्तीमा, घर घरमा गएर बुझ्दा कुन कुन ठाउँमा कस्तो खालको समस्या तथा आवश्यकता भएको पाउनुभयो ?
    हामीले विशेषगरी ज्येष्ठ नागरिकको समस्यालाई मध्यनजर गरेर नगरभरिका ज्येष्ठ नागरिकहरुलाई वडा वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ । अझ धेरै अशक्त वडासम्म पनि आउन नसक्ने ज्येष्ठ नागरिक तथा अपांगता भएका नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेका छौँ । स्वास्थ्य सेवालाई नै मध्यनगर गरेर आँखाका रोगीहरुलाई निःशुल्क रुपमा आँखा शिविर तथा जटिल समस्या भएकाहरुलाई पनि उपचारको व्यवस्था गरेका छौँ । अपांंगता भएका व्यक्तिहरुलाई अपांगताको प्रकृति हेरेर ह्वील चियर तथा अन्य सामग्री वितरण गरेका छौँ । दम तथा स्वास प्रश्वास सम्बन्धि रोग भएका नागरिकहरुलाई घर घरैमा अक्सिजन पुर्याउने कार्य गरेका छौँ । सुत्केरी महिला दिदीबहिनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौँ यस्तै साना तिना तथा महत्वपूर्ण कुराहरुका निम्ति सेवा प्रदान गर्ने काम गर्दै आइरहेका छौँ ।
    यो आर्थिक वर्षको असार मसान्त सम्ममा के कस्ता कार्यहरु सम्पन्न गर्ने यहाँको लक्ष्य रहेको छ ?
    यो आर्थिक वर्ष सम्ममा मैले अघि पनि भने खानेपानी योजना, सडक, शिक्षा, कृषि, महिला, बालबालिका लगायत अन्य क्षेत्रगत रुपले आवश्यकताको आधारमा र निर्धारित बजेट रकमको आधारमा रहेका महत्वपूर्ण योजनाहरु रहेका छन् । त्यसलाई उपभोक्ता समिति तथा ठेकेदार सापहरु सँग समन्वय गरेर तोकिएको समयमा सम्पन्न गर्ने योजना रहेको छ । कतिपय योजनाहरु वहुवर्षिय योजनाहरु पनि रहेका छन् । त्यसलाई पनि हामीले निरन्तरता दिन जरुरी छ । भएको जति पनि योजनाहरु रहेका छन् त्यसलाई भ्रष्टाचारको गन्ध पनि आउन नदिई, पारदर्शी र गुणस्तरय ढंगले सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ ।
    कृषिको क्षेत्रमा मलको समस्या राष्टिय मुद्दाको विषय रहेको छ, तपाई नगरमा आउनुभए पश्चात् भोलीका दिनमा पनि किसानहरु यसरी नै छटपटिनु पर्ला कि समस्या समाधान होला त ?
    तपाईले राम्रो प्रश्न सोध्नुभयो, हो पक्कै पनि यो तपाईले भन्नु भए जस्तै राष्टिय समस्याको रुपमा रहेको छ तथापी हामीले यसमा पहल नगरेको होइन । हामीले पहल गरिरहेका छौँ, मलको कोटा बढाउनको निम्ति पनि लागि परिरहेका छौँ । नेपालमै मल छैन भने, गोदाममा नै छैन भने नगरमा मैले चाहेर मात्र नहुने रहेछ । अव आउने दिनमा यस्तो समस्याको न्यूनिकरणको लागि मलको कोटा बढाउने, नगरपालिकामा गोदाम नभएको कारणले गोदाम घर बनाउने नगरवासीको आवश्यकतालाई परिपुर्ति गर्ने तर्फ हामी लागि परिरहेका छौँ । मल पुगेन भने नआत्तिनको निम्ति मेरो नगरवासीमा हार्दिक अनुरोध पनि गर्दछु । अव बोरा फुटाएर होइन बोरा बोरा नै वितरण गर्नको निम्ति पहल भइरहेको छ । मलको विषयमा यदि कसैले अनियमितता गर्यो, मल लुकायो, अथवा भ्रष्टाचार कतै गरेको थाहा भयो भने नगर भित्रको सहकारीमा मैले भनि पनि सकेको छ । सबै किसानहरुलाई आवश्यकताको आधारमा निस्पक्ष रुपले मल वितरण गर्नका लागि पनि भनको छु यसमा त्यस्तै कतै गडबड भएको थाहा पाए भने कानुन बमोजिमको कारवाहि गर्न म तयार छु ।
    सामान्य हिसाबले कहिलेबाट सहज रुपमा कृषकहरुले मल प्राप्त गर्न सकिएला ?
    त्यस्तो जटिल समस्या छैन । त्यस्तो परि आएमा यसको लागि हामी कहाँ, के, कसरी, को सँग समन्वय गर्नुपर्छ त्यसको लागि प्रदेश तथा केन्द्र सरकार समक्ष कुरा राखेर कृषकहरुको समस्या समाधान गर्ने पक्षमा छु ।
    महिला लक्षित कार्यक्रम के छ यहाँको नगरपालिकामा ?
    हामीले केहि समय अगाडि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम पनि समापन भयो । मैले नगर भित्रको कुनैपनि महिला दिदि बहिनीहरु कुनै पनि हिंसा नपर्नको निम्ति पहल गरिरहेको छु । कुनै पनि समस्या भएको अवस्थामा हाम्रो प्रत्येक वडामा मेलमिलाप केन्द्रहरु पनि रहेको छ । मेलमिलाप केन्द्रमा महिला मात्र नभई कुनै पनि समस्यामा परेको नागरिकले आफ्ना समस्याहरु निर्धक्क साथ राखेर समस्या समाधान गर्न सक्नुहुन्छ । हामीले विभिन्न जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरेर हिंसाजन्य घटनाका क्रियाकलापहरु न्यूनिकरणका लागि पहल पनि गरिरहेका छौँ । यसका लागि सम्पुर्ण नगरवासीको सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु सचेत हुन आवश्यक , चेतना स्तरमा अभिवृद्धि गर्न आवश्यक छ, म हिंसा गर्दिन र म हिंसा सहन्न भनेर प्रतिवद्धता पनि जनाउन आवश्यक छ । यसको निम्ति एक दिनको कार्यक्रमले एक दिनको पहलले मात्र नभई सबै नागरिकको मानसिक स्तरबाट नै हिंसाजन्य क्रियाकलापहरु हटाई, सुखी, खुसी र समृद्ध समाजको निर्माणमा एक जुट भएर लाग्नको निम्ति आवश्कय रहेको छ र म यस कार्यमा जागरुक भइदिन हुन सम्पूर्ण नमोबुद्ध नगरवासीमा पनि हार्दिक आग्रह गर्दछु ।
    हाल पनि छोरा छोरी बिचमा भेदभाव देखिन्छ, यस्ता समस्याको समाधान कसरी सम्भव छ तपाईको नगरमा ?
    मैले भन्नु पर्दा नेपालमा यो एक पुरानो बाजा हो, यो पुरानो बाजा विस्थापित हुदैछ । यो भर्याङ मात्रै हो । अव हाम्रो जनताले बुझिसकेको छ, होला एकाध, एक प्रतिशत दुई प्रतिशत होला, म वडा अध्यक्ष ज्यूहरुसँग सल्लाह गरिरहेको छु । समन्वय गरिरहेको छु । कुनैपनि वडामा त्यस्तो हिंसा, दुव्र्यवहार, भेदभावजन्य कार्य भएको छ भने वडाबाट सिफारिस गरेर ल्याउनुहोस् उहाँहरुको आखा खुलाउने उहाँहरुको खुट्टा टेकाउने, हाम्रो दायित्व हो । हामी जनप्रतिनिधि भएको त्यसै टुलुटुलु हेर्न, समस्यालाई जस्ताको तस्तै राख्न होइन, हामीले समाजमा आइपरेका कुनै पनि प्रकारका समस्या समाधान गरेर सहज वातावरण तय गर्न हामी जनप्रतिनिधि भएका हौँ । त्यस्तो भेदभावजन्य समस्या कहि कतै रहेछ भने त्यसलाई नगरबाट हामी नगरको सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी टिमको माध्यमबाट हटाउने मेरो प्रतिवद्धता भयो । कृपया त्यस्तो समस्या छ भने हामी कहाँ ल्याइदिन हुन पनि म हार्दिक अनुरोध गर्दछु ।
    भेदभावको कुरा गर्ने हो भने घर परिवार देखि नेतृत्व गर्ने तह सम्म नै एक खालको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भेदभाव छ । अवको दिनमा त्यस्तो खालको भेदभाव आयो भने तपाईलाई सम्झनुपर्यो होइन त ?
    अवस्य, नगरभित्रको कुनै पनि नागरिक कुनै पनि किसिमको हिंसा वा भेदभावजन्य क्रियाकलापको शिकार हुनुभएको छ भने कृपया वडाको माध्यमबाट, मेलमिलाप केन्द्रको माध्यमबाट, नगरमा वा सिधै मलाई पनि सम्झन सक्नुहुनेछ । राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, तथा अन्य जुनसुकै क्षेत्रमा कुनै किसिमको भेदभाव वा हिंसा भइरहेको छ भने कृपया आफ्नो समस्यालाई अगाडि राखिदिन हुनको लागि पनि आव्हान गर्दछु । भोलीका दिनमा मेयर उपमेयर हाक्ने महिलाहरुले नै हो । कानुनले पुरुष मात्र बन्नुपर्छ भनेर कही उल्लेख गरेको छैन । त्यसकारण संविधानले दिएको हक अधिकारको सहि सदुपयोग गर्दै सबैको मन जित्न आवश्यक छ । मैले भन्दै पनि आएको छु कि नडराईकन लाग्नुस । कहा के समस्या छ भन्नुस हामी तयार छौँ भन्दै आएको छु ।
    अन्त्यमा नमोबुद्ध नगरवासीहरुमा के भन्न चाहनुहुन्छ ?
    अन्त्यमा म मेरो नमोबुद्ध नगरवासी सम्पूर्ण आमा,बुवा, दाजुभाई, दिदीबहिनी, सम्पुर्णं मित्र वर्ग, राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी वर्ग, मेरा कर्मचारी ज्यूहरुमा तपाईहरु नआत्तिनुस र नमात्तिनुस पनि,गर्नै नसक्ने कुरा केही पनि छैन, हामी सल्लाह र समन्वय गरेर गरौला । प्राथमिकताको आधार विकास निर्माणको कार्य पनि हामी अगाडि बढौला, सबैको समस्या मेरो समस्या हो, समस्या हामी मिलेर नै समाधान गरौला । म अन्त्यमा के भन्न चाहन्छु भने बुद्धको जस्तो चित्त होस, बुद्धको जस्तो विवेक होस् सम्पूर्ण नगरवासीको मैले अमूल्य माया र सहयोग पाएको छु । यसमा कही केही नहुने तलमाथि नहुने कुरामा म विश्वास दिलाउन चाहन्छु । यहाँ सबैजना ढुक्क हुनुहोस् यहाँहरुले प्रदान गर्नुभएको जिम्मेवारीलाई इमान्दारिताका साथ म पूरा गर्छु भन्ने वाचाका साथ अनुरोध गर्दछु । हवस् त धन्यवाद !

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    समाचार

    प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०९ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑