• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १६, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १९ घण्टा अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      २ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      ३ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      १ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      ३ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      ३ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      ४ हफ्ता अघि
    in
    आज: २०८२ माघ १६, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    ‘देश विकासको पहिलो आधार शिक्षा’ ःतिर्थ लामा

  • सिरुपाते खबर
  • २०७९ पौष २५, सोमबार (३ साल अघि)
  • ५५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे –

    देश विकास पहिलो आधार नै शिक्षा रहेको बागती प्रदेश सभा सदस्यमा नवनिर्वाचित तिर्थ लामाले बताएका छन् । तेमाल गाउँपालिका वडा नं २, चुखा स्थित सर्वोद्वार माध्यमिक विद्यालयमा आयोजित विद्यँर्थीलाई न्यानो सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले देश विकासको लागि शिक्षा नै पहिलो आधार भएको शिक्षा क्षेत्रको विकासमा जोेड दिनुपर्ने बताएका हुन् ।
    विगत ९ वर्षदेखि बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको सोसाइटी फर हर एजुकेसन नेपाल ९सि नेपाल० ले आइतबार तेमाल–२ का पाँच वटा विद्यालयका ३ सय विद्यार्थीहरुलाई सामग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई सामग्री वितरण गर्दै, प्रदेश सभा सदस्य लामाले भने, ‘शिक्षा क्षेत्रमा देखिएको विभेदीकरण अन्त्य गर्न आवश्यक रहेको छ, शिक्षा निति समान हुनुपर्छ, जसले गर्दा मात्रै समाज र देशको विकास हुन्छ ।’ विकासको नाममा होडबाजी गर्दै प्रतिस्पर्धा गर्नुभन्दा शैक्षिक गुणस्तर बृद्धि गरेर विद्यार्थीहरुको भविष्य उज्जवल बनाउन उनले आग्रह गरे ।
    चिसो बढ्दै गएकाले विद्यार्थीहरुलाई न्यानोको लागि जुत्ता, मोजा र सरसफाईका लागि साबुन, मन्जन र ब्रस वितरण गरिएको सि नेपालकी अध्यक्ष स्मिता लामाले जानकारी दिइन् । उनका अनुसार, अधिकांश ग्रामीण भेगका बालबालिकाले चप्पल मात्र लगाएर विद्यालय गएको देख्दै आएका थियौं, जाडो बढ्दै गएकाले उनीहरुलाई न्यानोको लागि जुत्ता र मोजाका साथै सरसफाईका लागि साबुन, मञ्जन र टुथ ब्रस वितरण गरेका हौं । आफूले शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएकाले आगामी दिनमा पनि विद्यार्थीहरुलाई थप सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
    कार्यक्रमलाई सम्बोधन गर्दै तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर लामाले शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए । उनका अनुसार, विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नुको साथै विद्यालयका समस्याहरु समाधान गर्नका लागि पालिकाको ध्यानाकर्षण केन्द्रित भएको छ ।
    विद्यार्थीलाई आधारभूत सामग्री वितरण गर्ने संस्था सि नेपाललाई धन्यवाद व्यक्त गर्दै सर्वोद्वार माध्यमिक विद्यँलयका प्रधानाध्यापक ज्ञान्जामान तामाङले विद्यालयलाई यस्तै साथ र सहयोगको आवश्यक रहेको बताए । उनका अनुसार, समग्र रुपमा विद्यालयको विकासका लागि स्थानीय, प्रदेश र केन्द्रिय सरकार र विभिन्न संघ संस्थाले सहयोग गर्ने अपेक्षा राखेका छौं । कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष देवराज लामा, समाजसेवी रामध्वज लामा, राम योञ्जन लगायले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा तेमाल गाउँपालिका वडा नं २ स्थित श्री सर्वोद्वार माध्यमिक विद्यालयमा रहेका १ सय ७० जना, सरस्वती प्राथमिक विद्यालयका १७ जना, श्री सुनकोशी प्रा।विका ५० जना, जनउद्वार प्रा।विका २५ जना र श्री बालकल्याण प्रा।विका ४० जना विद्यार्थीलाई आधारभूत सामग्री वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    समाचार

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८१५ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६८१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑