• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष १४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ११ घण्टा अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      १ दिन अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      ३ दिन अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      ४ दिन अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      ४ दिन अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      ५ दिन अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      ५ दिन अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      १ हफ्ता अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      १ हफ्ता अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      १ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      १ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष १४, सोमबार
    होमपेज /  बागमती

    सुवानेमा सामुदायिक स्वास्थ्य केन्द्र उद्घाटन

  • राजन दाहाल
  • २०७९ फागुन १, सोमबार (२ साल अघि)
  • ६९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    बागमती गाउँपालिका वडा न ७ गिम्दीको सुवानेमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । आज(सोमबार ) एक कार्यक्रमका बीच उक्त स्वस्थ्य केन्द्रको उद्घाटन गरिएको हो । सामुदायिक स्वास्थ्य केन्द्रलाई बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले उद्घाटन गर्नुभएको हो । स्वास्थ केन्द्रको लागि श्री शोभानी आधारभूत बिद्यालयको २ वटा कोठा प्रयोगमा ल्याइएको छ ।

    कार्यक्रमका प्रमुख अतिथी वीर बहादुर लोप्चनले कार्यक्रम मार्फत बागमती गाउँपालिकाको सम्पुर्ण नागरिकलाई स्वास्थ्य बिमा गर्नको लागि अनुरोध गर्नुभएको छ । उहाँले स्वास्थ बिमा गरिसकेपछि बिमा गर्दा लागेको आधा रकम पालिकाले फिर्ता गर्ने नीति लिएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफुलाई रोग लाग्दा नलुकाउन आग्रह गर्दै रोग पाल्दा पछि ठूलो रोग लाग्ने र उपचार नहुने हुँदा समय समयमा आफ्नो स्वास्थ्य परिक्षण गर्नु पर्नेमा जोड दिनु भएको छ । साथै उहाँले सुवानेमा तामाङ जातिको बसोबास धेरै भएकोले मद्यपान र धूम्रपान नगरी आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न पनि अनुरोध गर्नु भएको छ ।
    कार्यक्रमका बिशेष अतिथि बागमती गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरले यहाँका नागरिकलाई गिम्दी स्वास्थ्य चौकी सम्म जानका लागि भौगोलिक हिसाबले टाढा रहेकोले यस ठाउँमा सामुदायिक स्वास्थ केन्द्रको स्थापना गर्नु परेको बताउनुभएको छ ।

    कार्यक्रमका सभाध्यक्ष एबम बागमती गा.पा. वडा न ७ का वडाध्यक्ष होम प्रसाद बजगाईले सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि इच्छुक जग्गा दाताहरूले वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । साथै यस सामुदायिक स्वास्थ्य केन्द्रमा चाडैं र कार्यालय सहयोगी नियुक्ति प्रक्रिया अगाडि बढाउने पनि बताउनुभयो । साथै उहाँले गिम्दी स्वास्थ्य चौकीको निर्माण सम्पन्न भएको दुई बर्ष बितिसक्दा पनि ठेकेदारले भवन हस्तान्तरण नगरेको कारण उद्घाटन हुन नसकेको सिरुपाते खबरलाई बताउनुभएको छ । ठेकेदारले भवन हस्तान्तरण गरे लगत्तै गिम्दी स्वास्थ्य चौकीको पनि उद्घाटन गरिने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै वडा न ७ का वडा सदस्य एबम स्थानीय जनप्रतिनिधि जय बहादुर लामाले यो सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , स्वास्थ्य शाखाका कर्मचारी ,वडा अध्यक्ष लगाएत सम्पुर्ण जनप्रतिनिधिहरुको उल्लेख्य योगदान रहेको पनि बताउनु भएको छ ।

    कार्यक्रममा बागमती गाउँपालिका वडा न ६ का वडा अध्यक्ष नारायण बहादुर भोम्जन, वडा न १ घुसेलका वडा अध्यक्ष ज्ञान बहादुर लो, वडा न ४ का वडा अध्यक्ष रामकुमार लामाले स्वास्थ्य सम्बन्धि आ आफ्नो धारण राख्नुभएको थियो ।कार्यक्रमा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि र स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

    स्वास्थ्य केन्द्र स्थापना भएसंगै बागमती गाउँपालिका वडा न ७ को काउसे, थुम्की, थुम्कीबेसि ,चुली वडा न ६ को सिमलटार ,स्याउरी,चैनपुर मकवानपुर बकैया गाउँपालिकाको अम्बास ,अम्बास्बेसी , कामिटार, बागमती गाउँपालिका मकवानपुरको गहते बलौटे र स्यालथुमका नागरिकहरुले स्वास्थ सेवा लिन सक्नेछन् । सुवानेमा सामुदायिक स्वास्थ्यकेन्द्र स्थापन र कार्यालय व्यवस्थापन बापत बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले आ.ब. ७९/८० को लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    समाचार

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    काभ्रे खबर

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६२९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९४५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८१६ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७५६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५६८ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२७६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑