• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ४, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      २ घण्टा अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      ३ दिन अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ४ दिन अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      ४ दिन अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      ४ दिन अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      १ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      २ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      २ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      ३ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ४, शुक्रबार
    होमपेज /  आर्थिक

    बेथानचोकमा सडक कालोपत्रे शिलान्यास

  • सिरुपाते खबर
  • २०७९ फागुन ३, बुधबार (२ साल अघि)
  • ६०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बेथानचोक
    काभ्रेको बेथानचोक गाउँपालिकाले विकास कार्यहरु दिगोविकासलाई ख्याल गर्दै संचालन गर्ने लक्ष्य लिएको छ । संघीय राजधानी काठमाडौंबाट बेथानचोक हुँदै डाँडापारी प्रवेश गर्ने मुख्य सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै पालिका अध्यक्षले पालिकाका विकास कार्य दिगो विकासको अवधारणा अनुरुप हुने बताएका हुन ।
    पाटीखर्क, चलाल गणेशस्थान आलुबारी पाटी मुसे खोल्स शीर्षकमा सडक कालोपत्र हुन लागेको हो । गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, निबर्तमान पालिका अध्यक्ष भगवान अधिकारी लगायत जनप्रतिनिधिहरुले सडक कालोपत्रे योजनाको शिलान्यास गरेका हुन् ।
    कार्यक्रममा बोल्दै गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नती गर्न लागेको अध्यक्ष अधिकारीले जानकारी दिए । सडक कालोपत्रेपछि बेथानचोक लगायतको क्षेत्रको सवारीलाई सहज हुने साथै गाउँपालिकाको पर्यटन विकासमा टेवा पुग्ने अधिकारीको भनाई थियो । सडकका कारण उत्पादित सामग्रीले बजार पाउन सहज हुने बताउँदै उत्पादित सामग्रीको सहज बजारीकरणले ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनको दावी छ । पालिका अध्यक्ष पदमा निर्वाचित भए सँगै अधिकारीले पालिका भित्रका सडकहरु हरेक वर्ष ५ किलोमिटरका दरले कालोपत्रे गर्ने पहिलो निर्णय गरेका थिए ।
    पालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पालिका भित्र कनिका छरे झै योजना भन्दा काम देखिने विकासकार्यलाई महत्व दिने बताइन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले पालिकाले दिगो विकासको मर्म अनुरुप सडक स्तरोन्नती कार्यको शुरुवात गरिएको बताउँदै सडकको कुल २५ सय ५० मिटर कालोपत्रे, १ हजार १ सय मिटर ढलान हुने बताए । योजनाको निरन्तर अनुगमन, सुपरिवेक्षण हुने उनको भनाई थियो ।
    निवर्तमान पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले उक्त सडक पालिकाबाट संघीय राजधानी मात्र जोड्ने नभइ प्रदेश राजधानी हेटौंडा जोडने सडक समेत भएको उल्लेख गर्दै पालिकाले अत्यावश्यक कामको थालनी गरेको बताए । यस अघि नै उक्त सडक भूकम्प पुर्नलाभ कार्यक्रम अन्तर्गत स्तरोन्नती भएको उल्लेख गर्दै सडकले प्रशस्त लाभ पुगेको उनको भनाई थियो । रकम कम भए काम थोरै होस तर गुणस्तरीय हुन पर्छ भन्दै भुगोल र माटोलाई ख्याल गर्दै सडक बन्नु पर्ने तिमल्सिनाले बताए ।
    गत पौष ११ गते सम्झौता भएको उक्त सडक आगामी जेठ २५ भित्र सम्पन्न गरिनु पर्ने उल्लेख छ । कुल ४ करोड ८६ लाख ७६ हजार ९ सय ३० रुपैया २१ पैसा (भ्याट बाहेक) गर्ने गरी श्री जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का पाएको छ ।
    सडकको गुणस्तरका लागि विशेष ध्यान दिइने पालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले बताए । ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामाग्रीहरुमात्रै कालोपत्रेका लागि प्रयोग गरिने उनको भनाई थियो । तिमल्सिनाका अनुसार खोलाकिनारमा जाली ओछ्याउने, यसअघि बनाइएका ड्रेन सुधार र नयाँ ठाउँमा ड्रेन बनाउने काम पनि हुनेछ ।
    गाउँपालिकाले आगामी ५ वर्षभित्र गाउँपालिकाका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा प्रत्येक वर्ष कम्तिमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    समाचार

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२५ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५३६ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑