• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ११ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ दिन अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ४ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  बागमती

    शैलुङमा ज्याङ्छ्युब छ्योर्तेनको शुद्धीकरण तथा प्राणप्रतिष्ठासहित उद्घाटन

  • सिरुपाते खबर
  • २०७९ फागुन १८, बिहिबार (३ साल अघि)
  • ६४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • शैलुङ
    दोलखा र रामेछाप जिल्लाको सङ्मस्थल प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र शैलुङमा निर्मित ‘शैलुङ ज्याङ्छयुब छ्योर्तेन (बोधि चैत्य)’को भव्य समारोहबिच प्राणप्रतिष्ठासहित उद्घाटन गरिएको छ । बिहीबार प्रमुख अतिथि एवं लामा धर्मगुरु प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोछेद्वारा धार्मिक विधि ह्राब्ने (शुद्धीकरण तथा प्राण प्रतिष्ठा) सम्पन्न गरी छ्योर्तेनको उद्घाटन गरिएको हो ।
    समुन्द्री सतहदेखि ३१४५ मिटरको उचाइमा निर्मित छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा कार्यक्रममा विशेष अतिथि टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको उपस्थिति रहेको थियो ।
    यस्तै विशिष्ठ अतिथिहरूमा नेपाल बौद्ध महासङ्घका धर्म गुरु कमल भण्डारी, धर्म गुरु ङाक्पा पेमा राङडोल, लोपेन सोनाम र सर्वाजित गोङ्बाको उपस्थिति रहेका थिए ।
    यसैगरी अतिथिहरूमा रामेछाप जिल्लाका सङ्घीय सांसद पूर्णबहादुर तामाङ, रामेछाप (ख) का प्रदेश सांसद युवराज चौँलागाई, नेपाली काङ्ग्रेस जिल्ला सभापति वर्मा लामा, शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेका थिए ।

    शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७२ मा छ्योर्तेनको निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको करिब ७ वर्षपछि छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा सम्पन्न भएको हो । शुद्धीकरण तथा प्राण प्रतिष्ठा पछि छ्योर्तेन पूजा गर्न तथा दर्शनीय हुन्छन् ।

    रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङले शैलुङ क्षेत्रको विकासमा दुवै जिल्लाको उतिकै पहल जरुरी रहेको बताए । ‘शैलुङ भौगोलिक हिसाबले दोलखा र रामेछापको सङ्गमा रहेको पवित्र भूमि हो,’ सांसद तामाङले भने, ‘यस क्षेत्रको विकासको लागि दुवै जिल्लाको पहल जरुरी छ ।’
    त्यसै गरी रामेछाप (ख) का प्रदेश सांसद युवराज चौँलागाईले छ्योर्तेनको निर्माण शैलुङ क्षेत्रको विकासका लागि कोशेढुङ्गा भएको बताए । उनले अबको पाँच वर्षभित्र शैलुङसम्म पुग्ने कालोपत्रे गर्ने, एक वर्षभित्र सञ्चार सुविधा उपलब्ध गराउने र शैलुङको विकासका लागि शैलुङ क्षेत्र विकास समिति गठन गर्ने प्रतिबद्धता जनाए ।
    शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले शैलुङ क्षेत्रलाई शैलुङ, मेलुङ र दोरम्बा शैलुङ गाउँपालिकाको साझा पर्यटकस्थल भएकोले तीन वटै पालिकाको साझा आर्थिक स्रोतको केन्द्र बन्न सक्ने भएकाले यस क्षेत्रको विकासमा तीन वटै पालिकाको सहकार्य आवश्यक रहेको बताए ।
    दोलखाकै मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले शैलुङ क्षेत्रको विकासमा लागि गुरुयोजना बनाएर अघि बढ्न विलम्ब गर्न नहुने बताए । उनले शैलुङ क्षेत्रको हालसम्मको विकासमा तीन वटै स्थानीय तहले उतिकै भूमिका खेलेको र आगामी दिनमा पनि सहकार्यको जरुरी रहेको बताए । त्यसै गरी रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले शैलुङ क्षेत्रलाई विवादको विषय बनाउनु भन्दा पनि यस क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्नतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
    समाजका अध्यक्ष शेरप शेर्पाका अनुसार टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले वि.सं. २०७० सालमा शैलुङको भ्रमण गरेपछि ‘शैलुङमा ज्याङछ्युब छ्योर्तेन’ निर्माण गर्ने इच्छा व्यक्त गरेको र उनकै इच्छा अनुसार छ्योर्तेनको निर्माणका लागि २०७१ मा शैलुङ रिगसुम गोम्पो सेवा समाजको स्थापना गरिएको हो । रिन्पोछेकै परिकल्पनामा सेवा समाजको अगुवाइमा २०७२ चैत्र २० गते छ्योर्तेनको शिलान्यास गरिएको थियो ।
    रिगसुम सेवा समाजका कोषाध्यक्ष डम्बर मोक्तानका अनुसार ३ करोड २९ लाख लागतमा ५५ फिट अग्लो छ्योर्तेन निर्माण गरिएको हो । समाजको विशेष पहलमा दोलखा र रामेछापका स्थानीय सरकार, जनप्रतिनिधि, विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरूको सहयोगमा छ्योर्तेन निर्माण गरिएको हो ।
    छ्योर्तेनको उद्घाटन समारोहमा दोलखा र रामेछाप जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, लामा, ताम्बा, बोन्पोलगायत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    काभ्रे खबर

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑