• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक २, आईतबार
    होमपेज /  काभ्रे खबर

    लग्जम्बर्गका मन्त्री बेथानचोकमा

  • सिरुपाते खबर
  • २०८० बैशाख २३, शनिबार (३ साल अघि)
  • ७४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बेथानचोक

    “नमस्कार बेथानचोक आराम हुनुहुन्छ ?”

    “मेरो नाम फ्रन्ज फोइड हो ।
    मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो । यता आइरहँदा बाटोमा देखेको आलु खेति, यहाँको रूख विरूवा देख्दा म लग्जम्बर्ग मै छु झैं लाग्यो । लग्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो । बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदो रहेछ ।”

    बेथानचोक गाउँपालिकाको प्राङ्गणमा शुक्रबार ग्रामिण महिला तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा स्थानीयसँगको एक भेटघाट कार्यक्रममा लग्जम्बर्कका सामाजिक विकास सहयोग एवं मानवीय मामिला मन्त्रालयका मन्त्री फ्रन्ज फोइडले यसो भन्दै गर्दा स्थानीयहरू खुशी हुनुहुन्थ्यो ।

    लग्जम्बर्गले बेथानचोकमा जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारीका माध्यमबाट कृषि तथा फलफूल उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ । बेथानचोक गाउँपालिकाको ग्रामिण विकास संस्था ‘एआरडी’सँगको सहकार्यमा गाउँपालिकासँग मिलेर लग्जम्बर्गको ए.ई.आइ.एन लक्जम्वर्ग नामक संस्थाले बेथानचोकमा विभिन्न परियोजना सञ्चालन गर्दै आइरहेको छ । शुक्रबार ग्रामिण विकास महिला तरकारी तथा फलफुल सहकारी संस्था लिमिटेडकी अध्यक्ष विमला अधिकारीले सो कार्यक्रममा तरकारी ढुवानीका लागि एईआइएन लक्जम्वर्गको २५ लाख ८० हजार रूपैया सहयोग प्राप्त भएको र सो रकमबाट सवारी साधन खरिद गरिएसँगै बजारिकणका लागि सहज भएको बताउनु हुँदै  संस्थाको प्रतिवेदन पेश गर्नुभयो ।

    कार्यक्रममा स्थानीय खोमप्रसाद तिमल्सिनाको एउटा कोल्डस्टोर भए कति सहज हुनेथियो नि भन्ने जिज्ञासा मेटाउँदै मन्त्री फोइडले भन्नुभयो, “बाटो बन्ने क्रममा रहेछ अबको केही महिनामा यहाँको कृषि उपज सहजै काठमाण्डौसम्म लान सकिन्छ । कोल्स्टोर हैन अरू आवश्यकताका बारेमा गाउँपालिका (स्थानीय सरकार) सँग सहकार्य गर्न सकिन्छ । भर्खरै सहकारीको प्रतिवेदन सुनेँ ४ सय १४ बाट शुरू भएको सदस्य संख्या १ हजार ७ जना पुग्नु भएछ यो समृद्धिको बाटो हो । यसरी नै एक दिन बेथानचोक पनि मिनी लग्जम्बर्ग बन्ने छ । तपाई हामी मिलेर बेथानचोकलाई मिनी लग्जम्बर्ग बनाउनु पर्छ हुन्छ नि ?” दोभासेमार्फत यो कुरा सुन्दा स्थानीय खुशी हुँदै मन्त्री फोइडलाई तालिले अभिनन्दन गर्दै हुनुहुन्थ्यो । करेसाबारी, व्यवसायि खेती, कृषि तथा पशुपालन नै बेथानचोकको समृद्धि हुने मन्त्री फायडको भनाई थियो ।

    गाउँलिकाको प्राङ्गणमा केहीबेर स्थानीयसँगको साक्षात्कार पछि मन्त्रीसहित लग्जम्बर्गकोको ‘टिम’ कामिडाँडामा ग्रामिण विकास संस्थासँगको सहकार्यमा एईआइएन लक्जम्वर्गको सहयोगमा १ करोड १५ लाखको लागतमा बनेको कपेर महाङ्काल आधारभूत विद्यालयको भवन निरीक्षण गर्न अघि बढेको थियो । बाटोमा मन्त्री फोयडले किसानको भकारो सुधार, करेसाबारी, व्यवसायी खेती, कृषि तथा पशुपालनको निरीक्षण गर्नुभयो । स्थानीय मख्ख पर्दै भन्दै हुनुहुन्थ्यो मन्त्री नै हो र उहाँ ? कस्तो साधारण शैली ! कस्तो मिजासिलो ? न धुलो फोहोर लाग्छ भन्ने चिन्ता न ठूलो मान्छे हुँ नै भन्ने घमण्ड । कति जाति मन्त्री । केही बेर स्थानीयसँग रहेपछि ‘टिम लग्जम्वर्ग’ अघि बढ्छ ।

    मन्त्रीसहित लग्जम्बर्गकोको ‘टिम’ कामिडाँडा पुग्छ । कामिडाँडामा स्थानीय झाँकीसहित कपेर महाङ्काल आधारभूत विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि लगायतको टोलिले भव्य स्वागत गर्छ ।

    कपेर महाङ्काल आधारभूत विद्यालयमा नवनिर्मित भवनको अवलोकन पश्चात् मन्त्री फोयडले गुणस्तरीय संरचना बन्न सके बालबालिकाको सिकाइ उपलब्धिमा सुधार आउने र समाज दीर्घकालिन विकासको बाटोमा लम्किने भएको भन्दै विद्यालय भवन निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पुनः दोहो¥याउनु भयो, “बेथानचोक मिनी लग्जम्बर्ग बन्न सक्छ ।”

    कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सन् १९७५ देखि नेपाल र लग्जम्वर्गबीच मित्रता कायम भएदेखि नै दुई देशबीच आपसी सहयोग जारी रहेको बताउँदै मन्त्री फोइडको बनेथानचोकलाई मिन लग्जम्वर्ग बनाउने भनाईप्रति आभार व्यक्त गनुृभयो । बेथानचोकको जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारी व्यवस्थापनका माध्यमबाट कृषि तथा फलफूल उत्पादन तथा बजारीकरण, भकारो सुधार लगायतका गतिविधिमा ए.इ.आइ.एन लग्जम्वर्गले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विकासोन्मुख मुलुकहरू विकसित मुलुकका कारण उत्पन्न विद्यमान प्रतिकुल वातारणबाट प्रभावित भएको भन्दै जलवायु अनुकूलनमा लग्जम्वर्गले पु¥याएको योगदानको पनि प्रशंसा गर्नुभयो । पर्यटन, सडक सञ्जालिकरण, शिक्षा स्वास्थ्य, वातावरणको क्षेत्रमा बेथानचोक गाउँपालिका क्रियाशील रहेको भन्दै अध्यक्ष अधिकारीले दातृ निकायसँग पनि सहकार्य हुँदै जाने बताउनु भयो ।

    कार्यक्रममा बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, ६ वटै वडाका अध्यक्षहरु क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुबेर ढकाल, कृष्ण बहादुर तामाङ, राजकुमार वाइबा, विष्णु तामाङ, विभिन्न वडा सदस्यहरु, गाउँपालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना, पूर्व वडा अध्यक्षहरु राजनीतिक दलका प्रतिनिधिहरु, अभिभावक तथा स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑