• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ दिन अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      २ दिन अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ हफ्ता अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ हफ्ता अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ हफ्ता अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      २ हफ्ता अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      २ हफ्ता अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      २ हफ्ता अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      ३ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      ४ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      १ महिना अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ महिना अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  काभ्रे खबर

    किन स्थगित हुन पुग्यो पनौती नगरको १३ औं नगरसभा, नगर प्रमुखको विज्ञप्ति सहित

  • राजन दाहाल
  • २०८० अषाढ १०, आईतबार (३ साल अघि)
  • १५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • काभ्रे/पनैती
    पनौती नगरपालिकाको १३ नगरसभा स्थगित भएको छ । ने क पा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बिरोधका कारण नगर सभा स्थगित भएको हो ।
    नगरपालिकाको सभाहलमा  सुरु भएको नगरसभामा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सभा संचालन भएको जानकारी गराउनुभएको थियो । सभा संचालन भएको जानकारी संगै आर्थिक बर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रमुखले वाचन गर्न खोज्दा पनौती नगरका नगरका नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले विरोध गरेका थिए । बिरोध जनाएपछि नगर प्रमुख भण्डारीले पटक पटक नगरसभाका सदस्यहरुलाई आ आफ्नो स्थानमा बस्न अनुरोध अनुरोध गर्दा पनि बिरोध कायम  राखेपछि नगर प्रमुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित गर्नुभएको थियो । नगरसभा सुरु भएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनुपर्ने र उक्त नीति तथा कार्यक्रममाथी छलफल गर्दा चित्त नबुझेमात्र बिरोध गर्नुपर्नेमा नगर सभाको सुरुमानै बिरोध जनाउनु नगरको हितमा नभएको नगरसभामा उपस्थित जानकारहरुले सिरुपाते खबरलाई बताउनुभएको छ ।
    यस्तो छ नगर प्रमुखद्वारा जारी प्रेस विज्ञप्ति
    २०७२ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत पनौती नगरका आम मतदाताहरुको अपार मायाका कारण मैले नगर प्रमुखको जिम्मेवारी ग्रहण गर्ने सुनौलो अवसर प्राप्त गरे । यसका प्रति पनौती नगरका सम्पूर्ण मतदाता तथा शुभेच्छहरुमा हार्दिक आभार प्रकट गर्दछ । जनमतलाई नासोको रुपमा स्वीकार गरेको छु । म पनौतीलाई स्वच्छ, सफा, पर्यटकीय गन्तव्य, सुशासित, भ्रष्ट्रचारमुक्त र समृद्ध नगरका रूपमा विकास गर्न चाहन्छ । विगत लामो समय देखि नगरमा भएका बेथितिहरुको चिरफार गर्दै यहाँका सम्पदाहरु जडिबुटि, धार्मिक स्थल र कृषि क्षेत्रलाई देश विदेशमा चिनाउन चाहन्छ । नगरका युवाहरुलाई सीपयुक्त स्वरोजगार जनशक्तिका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । मैले एक वर्षको अवधिमा कहिले पनि कसैसंग सम्झौता गरिन, नगरबासीहरुको शीरलाई कहिले पनि भवन दिइन र दिने छैन । हाम्रा सामु थुप्रै अवसर र चुनौतीहरु रहेका छन् । चुनौतीहरुको सामना र अवसरहरुको सहयोग गदै पनौती नगरलाई समृद्ध नगरका रूपमा रुपान्तरण गर्ने मेरो अठोट रहेको छ । यसका लागि यहाका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, जन प्रतिनिधि र नगरबासीहरुको साथ र सहयोगको याचना समेत गर्दछु । वर्तमान समयमा पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, क्षेत्रीय रंगशाला निर्माणलाई पूर्णता दिने, काभ्रे एकिकृत खानेपानी आयोजनालाई दोलगत रुपमा कार्यान्वयन गदै जाने, स्वच्छ सफा नगर बनाउन फोहोर मैलाहरूको व्यवस्थापन गर्ने र सडकहरुमा हरियाली कायम गर्न बोट विरुवाहरु रोप्ने, भ्रष्ट्राचारमुक्त र सुसाशनयुक्त समाज निर्माण गर्ने कार्य अघि बढिसकेको छ । जसको कार्यान्वयनको लागि पनि उच्च मनोबलयुक्त कर्मचारि प्रशासनको आवश्यकता पर्दछ ।

    सुशासन सहितको सक्षम सबल र प्रभावकारी सेवा गर्न सक्ने प्रशासन संयन्त्र भएको पनौती नगरको परिकल्पनालाई साकार रूप दिन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ ले तोकेको प्रशासकीय संगठन र कर्मचारी दरबन्दि सम्बन्धी प्राबधान बमोजिम नगरपालिकाको कार्यबोझ राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षण (Organization and Management O&M) गरि संगठन संरचना कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसरी प्रचलित कानुन बमोजिम नहुँदा महालेखा परिक्षकको कार्यालयले समेत आ व २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा विगत २०७४ साल देखि नै विविध विषयमा बेरुजु भनी औल्याएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७६ ८ १५ च.न. २३० को पत्रमा पनि कर्मचारी भर्ना मनोमानी तरिकाले गर्न नहुने सुझाव दिएको थियो ।

    यस परिस्थतिमा पनौती नगरलाई २१ औं शताब्दी अनुकूल ज्ञान र सीप भएको कर्मचारी छनोट, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई अझ बढि जिम्मेवार बनाइ TOR प्रदान गरी उच्च मनोबलका साथ कार्य गरि स्थायीत्व र पदोन्नती हुने बाटो खोल्ने उद्देश्यका साथ १३ औ नगर सभामा संगठन संरचना सर्वेक्षण (O&M) नगर प्रमुखको हैसियतले प्रस्ताव गरिएको थियो । नेपालको संविधान, प्रचलित ऐन कानुन र समय सापेक्ष हुँदाहुँदै पनि सुशासन जस्तो विषयमा नजर अन्दाज गर्नु पक्कै पनि नगरबासी माविको अपमान हो भन्ने मेरो बुझाइ रहेको छ । आदरणीय विवेकशिल नगरवासी दाजु भाई तथा दिदी बहिनीहरु
    तथा पत्रकार मित्रहरु आम नगरवासीहरुको जनमत बमोजिम प्रभावकारि र जनउत्तरदायी प्रशासन बनाउने संकल्पबाट किञ्चित विचलित नभई यहाहरुले प्रदान गर्नु भएको जिम्मेवारीलाई अझ सशक्त ढंगले अघि बढाउने वचन बद्धता व्यक्त गर्दछ । प्रतिपक्षरहित स्थानीय तहको परिकल्पना नेपालको संविधानले गरेता पनि व्यवहारमा तेस्तो देखिएन । आफ्नो स्वार्थ अनुकूल नहुँदा पटक पटक कार्यपालिकाको बैठक अवरुद्ध गरियो । नगरवासीहरुको हितको लागि दूरगामी महत्व राख्ने पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, काभ्रे एकिकृत खानेपानी योजना, क्षेत्रीय रंगशाला, करिडोर निर्माण, फोहोर मैला व्यवस्थापन एवम् विकास निर्माणलाई उत्पादनसँग जोड्ने हाम्रो अभियानलाई निरन्तर रुपमा छायामा पार्न खोजियो । चुस्त प्रशासन र छिटो छरितो सेवा प्रदान गर्नु हामी जनप्रतिनिधीहरुको दायित्व हो । कसैको निहित स्वार्थ पूर्ति गर्ने माध्यम हामी बनिरहनु पर्ने जरुरी देख्दिन। हामी सबैको साथ र सहयोगले मात्र हामी भ्रष्टचारमुक्त, शुसाशित र समृद्ध पनौती नगर बनाउने महान अभियानलाई सफल पार्न सक्छौ । जनताहरुको मतलाई सम्मान गर्दै अबरुद्ध गरिएको १३ औँ नगर सभालाई यथासम्भव चाडो सुचारु गरि लोकतन्त्र र विधिको शासनमा सकस गर्दै हातेमालोका साथ अगाडि बढ्न सम्पूर्ण नगरवासीहरु र सभाका सदस्यहरुलाई आवहान गर्न चाहन्छु । धन्यवाद ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    समाचार

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    काभ्रे खबर

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

    पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

    पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२२३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८२६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४४३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२७४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२६३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१४६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑