• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १८, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १६ घण्टा अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      २ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      ४ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      ५ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ १८, आईतबार
    होमपेज /  काभ्रे खबर

    किन स्थगित हुन पुग्यो पनौती नगरको १३ औं नगरसभा, नगर प्रमुखको विज्ञप्ति सहित

  • राजन दाहाल
  • २०८० अषाढ १०, आईतबार (२ साल अघि)
  • १३९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे/पनैती
    पनौती नगरपालिकाको १३ नगरसभा स्थगित भएको छ । ने क पा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बिरोधका कारण नगर सभा स्थगित भएको हो ।
    नगरपालिकाको सभाहलमा  सुरु भएको नगरसभामा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सभा संचालन भएको जानकारी गराउनुभएको थियो । सभा संचालन भएको जानकारी संगै आर्थिक बर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रमुखले वाचन गर्न खोज्दा पनौती नगरका नगरका नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले विरोध गरेका थिए । बिरोध जनाएपछि नगर प्रमुख भण्डारीले पटक पटक नगरसभाका सदस्यहरुलाई आ आफ्नो स्थानमा बस्न अनुरोध अनुरोध गर्दा पनि बिरोध कायम  राखेपछि नगर प्रमुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित गर्नुभएको थियो । नगरसभा सुरु भएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनुपर्ने र उक्त नीति तथा कार्यक्रममाथी छलफल गर्दा चित्त नबुझेमात्र बिरोध गर्नुपर्नेमा नगर सभाको सुरुमानै बिरोध जनाउनु नगरको हितमा नभएको नगरसभामा उपस्थित जानकारहरुले सिरुपाते खबरलाई बताउनुभएको छ ।
    यस्तो छ नगर प्रमुखद्वारा जारी प्रेस विज्ञप्ति
    २०७२ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत पनौती नगरका आम मतदाताहरुको अपार मायाका कारण मैले नगर प्रमुखको जिम्मेवारी ग्रहण गर्ने सुनौलो अवसर प्राप्त गरे । यसका प्रति पनौती नगरका सम्पूर्ण मतदाता तथा शुभेच्छहरुमा हार्दिक आभार प्रकट गर्दछ । जनमतलाई नासोको रुपमा स्वीकार गरेको छु । म पनौतीलाई स्वच्छ, सफा, पर्यटकीय गन्तव्य, सुशासित, भ्रष्ट्रचारमुक्त र समृद्ध नगरका रूपमा विकास गर्न चाहन्छ । विगत लामो समय देखि नगरमा भएका बेथितिहरुको चिरफार गर्दै यहाँका सम्पदाहरु जडिबुटि, धार्मिक स्थल र कृषि क्षेत्रलाई देश विदेशमा चिनाउन चाहन्छ । नगरका युवाहरुलाई सीपयुक्त स्वरोजगार जनशक्तिका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । मैले एक वर्षको अवधिमा कहिले पनि कसैसंग सम्झौता गरिन, नगरबासीहरुको शीरलाई कहिले पनि भवन दिइन र दिने छैन । हाम्रा सामु थुप्रै अवसर र चुनौतीहरु रहेका छन् । चुनौतीहरुको सामना र अवसरहरुको सहयोग गदै पनौती नगरलाई समृद्ध नगरका रूपमा रुपान्तरण गर्ने मेरो अठोट रहेको छ । यसका लागि यहाका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, जन प्रतिनिधि र नगरबासीहरुको साथ र सहयोगको याचना समेत गर्दछु । वर्तमान समयमा पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, क्षेत्रीय रंगशाला निर्माणलाई पूर्णता दिने, काभ्रे एकिकृत खानेपानी आयोजनालाई दोलगत रुपमा कार्यान्वयन गदै जाने, स्वच्छ सफा नगर बनाउन फोहोर मैलाहरूको व्यवस्थापन गर्ने र सडकहरुमा हरियाली कायम गर्न बोट विरुवाहरु रोप्ने, भ्रष्ट्राचारमुक्त र सुसाशनयुक्त समाज निर्माण गर्ने कार्य अघि बढिसकेको छ । जसको कार्यान्वयनको लागि पनि उच्च मनोबलयुक्त कर्मचारि प्रशासनको आवश्यकता पर्दछ ।

    सुशासन सहितको सक्षम सबल र प्रभावकारी सेवा गर्न सक्ने प्रशासन संयन्त्र भएको पनौती नगरको परिकल्पनालाई साकार रूप दिन स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ ले तोकेको प्रशासकीय संगठन र कर्मचारी दरबन्दि सम्बन्धी प्राबधान बमोजिम नगरपालिकाको कार्यबोझ राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षण (Organization and Management O&M) गरि संगठन संरचना कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसरी प्रचलित कानुन बमोजिम नहुँदा महालेखा परिक्षकको कार्यालयले समेत आ व २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा विगत २०७४ साल देखि नै विविध विषयमा बेरुजु भनी औल्याएको छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७६ ८ १५ च.न. २३० को पत्रमा पनि कर्मचारी भर्ना मनोमानी तरिकाले गर्न नहुने सुझाव दिएको थियो ।

    यस परिस्थतिमा पनौती नगरलाई २१ औं शताब्दी अनुकूल ज्ञान र सीप भएको कर्मचारी छनोट, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई अझ बढि जिम्मेवार बनाइ TOR प्रदान गरी उच्च मनोबलका साथ कार्य गरि स्थायीत्व र पदोन्नती हुने बाटो खोल्ने उद्देश्यका साथ १३ औ नगर सभामा संगठन संरचना सर्वेक्षण (O&M) नगर प्रमुखको हैसियतले प्रस्ताव गरिएको थियो । नेपालको संविधान, प्रचलित ऐन कानुन र समय सापेक्ष हुँदाहुँदै पनि सुशासन जस्तो विषयमा नजर अन्दाज गर्नु पक्कै पनि नगरबासी माविको अपमान हो भन्ने मेरो बुझाइ रहेको छ । आदरणीय विवेकशिल नगरवासी दाजु भाई तथा दिदी बहिनीहरु
    तथा पत्रकार मित्रहरु आम नगरवासीहरुको जनमत बमोजिम प्रभावकारि र जनउत्तरदायी प्रशासन बनाउने संकल्पबाट किञ्चित विचलित नभई यहाहरुले प्रदान गर्नु भएको जिम्मेवारीलाई अझ सशक्त ढंगले अघि बढाउने वचन बद्धता व्यक्त गर्दछ । प्रतिपक्षरहित स्थानीय तहको परिकल्पना नेपालको संविधानले गरेता पनि व्यवहारमा तेस्तो देखिएन । आफ्नो स्वार्थ अनुकूल नहुँदा पटक पटक कार्यपालिकाको बैठक अवरुद्ध गरियो । नगरवासीहरुको हितको लागि दूरगामी महत्व राख्ने पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, काभ्रे एकिकृत खानेपानी योजना, क्षेत्रीय रंगशाला, करिडोर निर्माण, फोहोर मैला व्यवस्थापन एवम् विकास निर्माणलाई उत्पादनसँग जोड्ने हाम्रो अभियानलाई निरन्तर रुपमा छायामा पार्न खोजियो । चुस्त प्रशासन र छिटो छरितो सेवा प्रदान गर्नु हामी जनप्रतिनिधीहरुको दायित्व हो । कसैको निहित स्वार्थ पूर्ति गर्ने माध्यम हामी बनिरहनु पर्ने जरुरी देख्दिन। हामी सबैको साथ र सहयोगले मात्र हामी भ्रष्टचारमुक्त, शुसाशित र समृद्ध पनौती नगर बनाउने महान अभियानलाई सफल पार्न सक्छौ । जनताहरुको मतलाई सम्मान गर्दै अबरुद्ध गरिएको १३ औँ नगर सभालाई यथासम्भव चाडो सुचारु गरि लोकतन्त्र र विधिको शासनमा सकस गर्दै हातेमालोका साथ अगाडि बढ्न सम्पूर्ण नगरवासीहरु र सभाका सदस्यहरुलाई आवहान गर्न चाहन्छु । धन्यवाद ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    समाचार

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    काभ्रे खबर

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८१७ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६८५ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑