• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ आश्विन १, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      ८ घण्टा अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      ९ घण्टा अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      ३ दिन अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      ३ दिन अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      ४ दिन अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      ५ दिन अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      ५ दिन अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      ६ दिन अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      ६ दिन अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ हफ्ता अघि

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      १ हफ्ता अघि

      तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

      १ हफ्ता अघि

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      १ हफ्ता अघि

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      २ हफ्ता अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      २ हफ्ता अघि
    in
    आज: २०८२ आश्विन १, बुधबार
    होमपेज /  आर्थिक

    जेष्ठ नागरिकको सुख दुःखमा रोशी सरकार, नि:शुल्क स्वास्थ बिमादेखि श्रवण कुमार पुरस्कार वितरण सम्म

  • राजन दाहाल
  • २०८० अषाढ १८, सोमबार (२ साल अघि)
  • १०८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    रोशी
    रोशी गाउँपालिका जेष्ठ नागरिकको सुख दु:खमा हातेमालो गर्दै आएको छ । जेष्ठ नागरिकले सम्मान पुर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न रोशी सरकार सधैं उनिहरुको साथमा रहेको गाउँ पालिकाले गरेको गतिविधिमा पाइएको छ । रोशी गाउँपालिकाले जेष्ठ नागरिकको सम्मानको लागि नि:शुल्क स्वास्थ्य बिमादिखि श्रवण कुमार पुरस्कार सम्म वितरण गर्ने गरेको छ । जेष्ठ नागरिकलाई माया, स्नेह र पालनपोषण गर्ने छोरा,छोरी तथा बुहारीलाई गाउँपालिकाले श्रवण कुमार पुरस्कार वितरण गरेको छ । आइतबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रोशी गाउँपालिकाले श्रवण कुमार पुरस्कार विगत ४ बर्षदेखि निरन्तर रुपमा वितरण गरिरहेको बताएको छ । समाजमा जेष्ठ नागरिकलाई वृद्ध भएकै कारण हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक नहोस्, सबै छोरा बुहारीहरुले आफ्ना बाबु आमाहरुलाई सम्मानपुर्वक व्यवहार गरून् भन्ने उदेश्यले यो पुरस्कारको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । आफ्ना बाबुआमा तथा सासु ससुराहरुलाई बृद्धअबस्थामा स्याहारसुसार, औषधिउपचार, राम्रो बोली व्यवहार गर्ने छोराछोरी तथा बुहारीहरुलाई सम्मान गर्ने गरेको हो ।
    गाउँपालिका भित्र रहेका १२ वटा वडाहरुबाट वडा समितिले छनोट गरि पठाएका प्रत्येक वडाका २ जनालाई यो पुरस्कार वितरण गर्ने गरेको गाउँपालिकाले जनाइएको छ ।
    यस बर्ष पनि गाउँपालिकाले १२ वडाका २४ जनालाई सम्मान गरेको छ । पुरस्कार प्राप्त गर्नेमा वडा नं. १ बाट बाबुलाल भोम्जन र शंकर श्रेष्ठ, वडा नं. २ बाट पुर्ण सिं बल र लाल ब. लामा, वडा नं. ३ बाट देवी माया तामाङ र कुमार तुम्सिङ मगर, वडा नं. ४ बाट कुल बहादुर राना मगर र सुभद्रा मगर, वडा नं. ५ बाट सुरेन्द्र प्रताप अर्याल र कामी सिंह दोर्जे लामा वडा न ६ बाट जीवन कुमार लामा र इन्द्र बहादुर लामालाई पुरस्कार तथा सम्मान वितरण गरिएको छ । त्यस्तैगरी वडा नं. ७ बाट कुमारी तामाङ र श्रीराम प्याकुरेल , वडा नं. ८ बाट कुमारी तामाङ र नाप्ले तामाङ , वडा नं. ९ बाट साहिला तामाङ र साहर पुलामी मगर, वडा नं. १० बाट रबिन्द्र ठकुरी र भिम कृष्ण लामा, वडा नं. ११ बाट नसन्ती कुमारी तामाङ र भिम बहादुर मगर, वडा नं. १२ बाट ङेमा वाङ्जु मुक्तान र पवन ठाडा मगरलाई पुरस्कार तथा सम्मान वितरण गरिएको छ ।
    गाउँपालिकाले छनोट भएर आउनुभएका जेष्ठ नागरिकका सन्ततिहरुलाई नगद पाँच हजार रुपैयाँ, स-सम्मान खादा र सम्मान पत्रद्वारा सम्मान गरेको हो । हाल सम्म गाउँपालिकाले करिब १०० जना ब्यक्तिहरुलाई सम्मान गरिसकेको छ ।

    पुरस्कार तथा सम्मान प्राप्त गर्नेहरु भने यो हाम्रो कर्तव्य थियो, हाम्रो कर्तव्य र दायित्वलाई अझ हौसला प्रदान गरेकोमा रोशी सरकारलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै गरि जेष्ठ नागरिकलाई राम्रो व्यवहार र पालनपोषण गर्ने भनी एक अर्कामा कुरा साटासाट गर्दै थिए ।

    रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइवाले बुढ्यौली लागेका आफ्ना आमाबुबा र सासू ससुरालाई कसैले पनि हेलाको दृष्टिले हेर्न नहुने कुरामा जोड दिनु भयो । त्यसैगरी रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गाउँपालिका भित्र रहेका प्रत्येक छोराछोरी र छोरा बुहारीमा आफ्नो अभिभावकप्रती आफ्नो जिम्मेवारी र आफ्नो दायित्व बोध गराइ नैतिक शिक्षा दिने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।

    गाउँपालिकाले अघि सारेको यस किसिमको पुरस्कार वितरणले समाजमा रहेका कोहि पनि जेष्ठ नागरिकले आफू कमजोर भएको र बेसहारा भएको महसुस गर्न नपाउने बुद्धिजीवीहरु बताउँछन् ।

    त्यसैगरी रोशी गाउँपालिकाले चालू आर्थिक बर्ष देखि जेष्ठ नागरिकहरुको लागि नि: शुल्क स्वास्थ्य बिमाको नितिगत व्यवस्था गरेको छ । रोशी सरकारको जनप्रतिनिधिहरुको दोस्रो कार्यकालको सपथग्रहण देखिनै ६० बर्ष नाघेका नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता गरेको थियो । आर्थिक बर्ष २०७९/८० अर्थात प्रथम बर्षमा रोशी गाउँपालिका भरिका १ हजार ४ सय ४० जना ६० बर्ष नाघेका जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य बिमाको सेवा लिएको गाउँपालिकाले जानकारी गराएको छ । त्यस्तै गाउँपालिकाले सोही कार्यक्रममा उत्कृष्ट मेलमिलाप केन्द्रलाई पनि पुरस्कृत गरेको छ । गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र मध्य वडा न ४ को मेलमिलाप केन्द्र सबैभन्दा उत्कृष्ट भएको भन्दै उक्त केन्द्रलाई १५ हजार नगद सहिद सम्मानपत्रद्वारा सम्मान गरेको छ । रोशी गाउँपालिका भित्र रेहेको १२ वटा वडामा प्रत्यक वडामा १ वटा मेलमिलाप केन्द्र रहेको छ

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

    काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

    काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

    कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

    समाचार

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

    काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

    काभ्रे खबर

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

    काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३८७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७६७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५६४६ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५५३४ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५११६ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५००१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑