• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १८, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      २ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      ३ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      ४ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      ६ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ १८, आईतबार
    होमपेज /  काभ्रे खबर

    साताव्यापी बिश्व स्तनपान दिवस सकियो, नेपालमा कति आमाहरूले गर्छन् स्तनपान ? – तथ्यांक सहित

  • राजन दाहाल
  • २०८० श्रावण २२, सोमबार (२ साल अघि)
  • १३३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे /धुलिखेल
    साताव्यापी बिश्व स्तनपान दिवस आज सकिएको छ । “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता ” भन्ने मुल नाराका साथ अगस्ट १ देखि ७ अर्थात यहि श्रावण १६ देखि २२ सम्म बिश्व स्तनपान दिवस मनाइएको हो । दिवसको अबसर पारेर स्वास्थ्य कार्यालय काभ्रेले आज जिल्लामा रहेका सरकारी कार्यालयका कार्यालय प्रमुखहरुसंग अन्तर्क्रीया कार्यक्रम गरेको छ ।
    कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम शेढाइले आफ्नो प्रस्तुति देखाउदै एक शिशुकोलागि सर्वोत्तम पौस्टिक आहार भनेको आफ्नो आमाको दूध रहेको बताउनुभएको छ । साथै उहाँले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउनेदेखि सुरक्षित एबम सजिलै उपलब्ध हुने आहार भनेको स्तनपान भएको बताउनुभयो । शिशुलाई स्तनपान गराउदा कुपोषण नहुने र बाल मृत्युुदर २० प्रतिशत घट्ने पनि बताउनुभयो ।
    नेपाल डेमोग्रफिक स्वास्थ्य सर्वेको तथ्यांक २०२२ अनुसार नेपालमा जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत, जन्मेको ६ महिना सम्म पुर्ण स्तनपान गराउने महिलाको संख्या ५६ प्रतिशत र २ बर्ष सम्म स्तनपान गर्ने ९४ प्रतिशत रहेका छन् । त्यस्तैगरि छ महिना सम्म पुर्ण स्तनपान गराउने महिलाको संख्या कोशी प्रदेशमा ५३ प्रतिशत, मधेस प्रदेशमा ६५ प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत, कर्णाली प्रदेशमा ७४ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ७४ प्रतिशत रहेको छ ।
    पुर्ण स्तनपानको बिश्लेषण गर्दा आमाको शैक्षिक अवस्था र परिवारको आर्थिक अवस्थाले पनि फरक पारेको छ । शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले स्तनपान गराउँदछन् भने आधारभूत शिक्षा पाएका ६१ प्रतिशत र माध्यामिक शिक्षा पाएका ५३ प्रतिशत आमाहरूलेमात्र स्तनपान गराउने गर्दछन् । यस तथ्यांक अनुसार शिक्षित आमाहरुले कम स्तनपान गराउने गरेको पाइन्छ ।
    त्यस्तैगरि डा. शेढाइले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार नेपालमा दुधदानीबाट दुध खुवाउनेहरुको संख्या २२ प्रतिशत रहेको छ । जसमा कोशी प्रदेशमा २५ प्रतिशत, मधेस प्रदेशमा १२ प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा २७ प्रतिशत, लुम्बिनी प्रदेशमा २४ प्रतिशत, कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा १५ प्रतिशत रहेको छ ।

    दुधदानिबाट दूध खुवाउनेहरिको विश्लेषण गर्दा आमाको शैक्षिक अवस्था र परिवारको आर्थिक अवस्थाले पनि फरक पारेको छ । शिक्षा नभएका १२ प्रतिशत आमाहरूले दुधदानिबाट दूध खुवाउने गर्दछन, आधारभूत शिक्षा पाएका १४ प्रतिशत र माध्यामिक शिक्षा पाएका ३१प्रतिशत आमाहरूलेमात्र स्तनपान गराउने गर्दछन् भने उच्च शिक्षा पाएका ४९ प्रतिशत आमाहरुले दुधदानिबाट दूध आफ्नो शिशुलाई खुवाउने गर्दछन । यस तथ्यांक अनुसार शिक्षित आमाहरुले कम स्तनपान गराउने र बढी दुधदानिको प्रयोग गर्ने गरेको पाइन्छ ।

    पछिल्लो अबस्थामा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री बितरण पनि बढ्दै गएको छ । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री बितरण पनि नियन्त्रण ऐन २०४९ मा भएका नियमहरु पालना गरेको पनि देखिदैन । आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री बितरण नियन्त्रण ऐन २०४९ मा उत्पादक तथा वितरकले गर्न नहुने कार्यहरुमा कुनै पनि उत्पादकले उत्पादन को प्रबर्धन गर्न नहुने, सिसि बाट खुवाउनु स्तनपान गराउनु बराबर छ वा सो भन्दा विशिष्ट छ भनेर प्रचार प्रसार नगर्न, सो बस्तु को प्रचार प्रसार रेडियो, टि. भि. फिल्म, पत्रपत्रिका, सूचना संचार, तस्विर, संकेत, बिलबोड आदिबाट गर्न नहुने भनी उल्लेख छ । त्यस्तै गरि स्वास्थ्य हेरचाह गर्ने निकाय तथा स्वास्थ्य कार्यकर्ताले गर्न नहुने कार्यहरुमा स्वास्थ्य संस्थाको हाता भित्र र परिसर वरिपरि कुनै पसल फार्मसी क्लिनिक आदिमा आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु राम दिन नहुने, स्वास्थ्यकमी (डाक्टर/नर्स/ पारामेडिक्स आदि) ले आमाको दुधलाई प्रतिस्थापन गर्ने गरि सल्लाह सुझाव दिने, Prescribed गर्ने प्रबर्धन गर्ने संरक्षण गर्ने आदि गर्न नहुने भनी उल्लेख गरेको छ । तर यसको नियमन भने फितलो भएको पाइन्छ ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य पौडेलले सम्पुर्ण सरकारी कार्यालयमा एक वटा स्तनपान कक्षको व्यवस्था गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    समाचार

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    काभ्रे खबर

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९६ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८२२ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६८६ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑