• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २६, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      २ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      २ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      १ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २६, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरमा प्रभावकारी बन्दै मानसिक स्वास्थ्य कार्यक्रम

  • राजन दाहाल
  • २०८० भाद्र २, शनिबार (३ साल अघि)
  • १२९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • पनौती
    शनिबार पनौती नगरपालिका वडा न ३ स्थित कुशादेवी स्वास्थ्य चौकी पुग्दा स्वास्थ्य चौकीमा मानिसहरूको ठुलो भिड थियो । कोहि लामबद्ध थिए त कोहि यत्रतत्र छरिएर बसेका थिए । स्वास्थ्य चौकीमा ती मानिसहरूको भिड आफ्नो उपचार तथा परामर्शका लागि थियो ।
    पनौती नगरपालिकाले मानसिक रुपमा रोगी भएका बिरामीहरुलाई नि शुल्क रुपमा स्वास्थ्य परिक्षण र औषधि उपलब्ध गराउने भन्ने थाहा पाएपछि स्वास्थ्य चौकीमा बिरामीहरुको भिड नै लाग्ने गरेको छ । पनौती नगरपालिकामा २०७६ सालबाट लागू भएको मानसिक स्वास्थ्य परामर्श तथा उपचार शिविर पनौती स्वास्थ्य चौकी र कुशादेवी स्वास्थ्य चौकीमा लागू गरिएको छ । यस कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार कुशादेवी स्वास्थ्य चौकी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा संचालन गर्ने गरेको छ । नेपाल सरकारबाट उपलब्ध गराउने १२ थरी र नगरपालिकाबाट थप ४४ थरीका औषधिहरु खरिद गरि मानसिक रोगिका बिरामीहरुलाई निशुल्क रुपमा वितरण गर्ने गरेको पनौती नगरपालिकाले जनाएको छ । कुशादेवी स्वास्थ्य चौकीमा १ सय ७० जना र पनौती स्वास्थ्य चौकीमा १ सय ४० जना बिरामीहरुले नियमित रुपमा जाँच गराउने गरेको पनौती नगरपालिको स्वास्थ्य शाखाले जानकारी दिएको छ । गत आर्थिक बर्ष २०७९/८० मा दुबै स्वास्थ्य चौकीबाट ४ हजार ६ सय ७० जनाले सेवा लिएका छन् । मानसिक रोग विशेषज्ञबाट नियमित रुपमा जाँच तथा परामर्श गराइएको र औषधि पर्याप्त मात्रामा वितरण गर्न नसकेपनि अधिकतम रुपमा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
    मानसिक रोगको १५ बर्षदेखि मासिक रु. २ हजारको औषधि सेवन गर्दै आउनुभएको दुर्गा सापकोटाले विगत २ बर्ष देखि निशुल्क औषधि खान पाइरहेको बताउनहुन्छ । यस योजनाले पैसा नभएकाहरुले पनि निशुल्क उपचार पाएका र औसधि खान पाएकोमा नगरलाई धन्यवाद दिनुभयो ।
    त्यस्तैगरि पनौती नगरपालिका वडा न ३ का केदारनाथ सापकोटाले निशुल्क औषधि पाउन थाले पछि औषधि किन्ने पैसाले अन्य भिटामिन किनेर काने गरेको बताउनु भयो । साथै उहाँले रोगसंग सम्बन्धित डाक्टर गाउँमै आउने हुँदा काठमाडौसम्म जानु पर्ने झन्झट नभएको बताउनुभयो ।
    निशुल्क स्वास्थ्य सेवा लिनको लागि पनौती नगरको मात्र नभएर पाँचखाल भकुण्डे र बनेपाबाट पनि बिरामीहरु आउने गरेको कुशादेवी स्वास्थ्य चौकीका इन्चर्ज प्रभुनारायण शाहा बताउनुहुन्छ । साथै उहाँले नियमित रुपमा डा. अनन्त अधिकारी आउनुहुने हुँदा मानसिक अस्पताल पाटनमा उहाँसंगै जाँच गराउनु भएका बिरामीहरुपनि आउने गरेको बताउनुभयो ।
    डाक्टर अनन्त अधिकारीले कोरोना पछि मानसिक रोगिहरु केही मात्रामा बढेको बताउदै ८५ प्रतिशत आत्महत्याका घटनाहरू मानसिक रोगिहरुबाटै हुने गरेको बताउनुभयो । साथै उहाले परामर्श र सतर्कता कक्षाल आत्महत्यालाई न्यूनीकरण गर्न सकिने पनि बताउनुभयो । उहाँले आफो मनमा केही विचलन आए वा मन अस्थिर भएको महसुस भएमा ११६६ मा निशुल्क रुपमा कलगरी मानसिक परामर्श लिन सकिने बताउनुभयो ।
    पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले आत्महत्याका घटनाहरु बड्दै गएकोमा चिन्ता व्यक्त गर्दै आगामी दिनमा नगरपालिकाले वडा अध्यक्ष, स्वास्थ्य स्वयं सेविका र शिक्षकहरुलाई समेत मानसिक स्वास्थ्य सम्बन्धि परामर्श तथा तालिम प्रदान गर्न गृहकार्य गरिरहेको बताउनुभयो । मानसिक रोगको उपचार तथा परामर्शको लागि यस बर्ष २४ लाख रुपैयाँ नगरपालिकाको आन्तरिक श्रोतबाट विनियोजन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    समाचार

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    काभ्रे खबर

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३०१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑