• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ ५, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      १ दिन अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      ४ दिन अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      ५ दिन अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      ५ दिन अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ६ दिन अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      ६ दिन अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      १ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      २ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      २ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ३ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      ३ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      ३ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ ५, सोमबार
    होमपेज /  काभ्रे खबर

    तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

  • सिरुपाते खबर
  • २०८० भाद्र १७, आईतबार (२ साल अघि)
  • ९५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    जिल्लाको रोशी गाउँपालिका वडा नं. २ काफलडाँडामा अवस्थित तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । अवलोकन भ्रमण कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलगायतको सहभागीता रहेको थियो । शनिबार पर्यटकीय स्थल तिनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलाकन भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।
    तिनधारे झरना अवलोकन पश्चात आयोजित कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना लामाले तिनधारे झरना संरक्षण संवर्धनका लागि बागमती प्रदेश प्रतिबद्ध रहेको बताएका छन् । झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीय स्थल बन्न सक्ने उनको भनाई छ । ‘मैले फोटोमा मात्र देखेको यो तिनधारे झरनामा आईपुग्दा साच्चै मनमोहक स्वर्गीय आनन्द दिने रहेछ ।’ बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री लामाले भने, ‘यो क्षेत्रको बिकासका लागि बागमती प्रदेश प्रतिबद्ध छ । यसको विकासका लागि बागमती प्रदेशले के कती सक्छ साथ र सहयोग गर्न तयार छौँ ।’ झरनाको प्रवद्र्धनगर्न सके यस भेगको स्थानीयले आर्थिक उपार्जन गर्न सक्ने र आर्थिक समृद्धि हुने उनले बताए ।
    होमस्टे सञ्चालन गर्न सके आर्थिक उपार्जन गर्न सकिने अर्थमन्त्री लामाले बताए । त्यसको लागि स्थानीयहरू लाग्नुपर्ने उनको भनाई छ । त्यसरी नै झरनासम्म जाने सिडीहरू आवश्यक भएको देखेको र स्थानीयहरू माग पनि भएकोले सकेसम्म यसपाली नै नभए अर्काे बर्षसम्ममा निर्माण गर्न प्रतिवद्ध भएको लामाले बताए ।
    खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले पर्यटकीय स्थल तिनधारे झरनाको विकासको लागि सदैव लाग्ने बताए । देशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर लैजानुपर्ने उनको भनाई छ । दाप्चा–फलामेसँघु–काफलडाँडा तिनधारे झरनासम्म सडक स्तरोन्नती हुने उनले बताए । ‘तिनधारे झरनासम्म आई पुग्न दाप्चा–फलामेसाँघु–काफलडाँडा सडक स्तरोन्नती हुन्छ । पहिलो फेजमा दाप्चा–फलामेसाँघु स्तरोन्नती हुन्छ र त्यसपछि फलामेसाँघु–काफलडाँडा देस्रो फेजमा स्तरोन्नती तथा पिज हुने छ ।’ मन्त्री लामाले भने, ‘त्यसका लागि म बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री लगायत मन्त्रीहरूलाई पहल गर्नेछु । मुख्यमन्त्री अर्थमन्त्री लगायत बागमती प्रदेशका मन्त्रीहरू विकासप्रेमी भएकाले सहयोग हुनेछ भन्ने विश्वास छ ।’
    मन्त्री लामाले काभ्रेमा नेपालकै सबैभन्दा लामो जिपलाईन बन्ने सम्भावना रहेको बताए । नमोबुद्ध नगरपालिकाको दप्चादेखि काफलडाँडा अर्थात तिनधारे झरनासम्म जिपलाईन सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।
    सो कार्यक्रममा उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफ्नो मन्त्रालयले सक्ने र मिल्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । तिनधारे झरना क्षेत्र विकासका लागि सम्भव हुने जुनसुकै सहयोग गर्न तत्पर रहेको पनि उनले बताए । झरनाको विकासको लागि लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

    चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले मागे विकास

    उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तिनधारे झरनाको प्रवद्र्धनगरेर आर्थिक उपार्जनमा लाग्नु पर्ने बताए । त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । विकासप्रेमी अर्थमन्त्री र काभ्रेली विकासप्रेमी मन्त्री तिर्थ लामाले काभ्रे विकासका लागि लागिपर्ने बताए ।
    नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कन्साङ लामाले चार जना प्रदेश मन्त्री पर्यटकीय स्थलमा उभिएपछि विकासको मूल फुट्नेमा विश्वास लिएको बताए ।
    रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको पालिका भएको बताए । रोशीमा चैतेपानीमा नेपालकै एक मात्र ठाउँमा पाईने १२ बर्षमा फूल्ने निलम्बरी फूल पाईने स्थान पनि भएको जानकारी दिए । त्यस्तै भूमेचुली डाँडा, तिनधारे झरना, हात्तीआहाल, ताराखसे लेक तथा पोखरी लगायत रोशी गाउँपालिका भित्र पर्यटकीय स्थल रहेको लामाले बताए । ति स्थलहरूको विकास र प्रर्वधनका लागि गाउँपालिकाले मात्र सम्भव नहुने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । विकासप्रेमी मन्त्रीहरूले त्यसका लागि सकारात्मक सहयोग पाउने विश्वास लिएको अध्यक्ष लामाले बताए ।
    रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले पनि रोशीको बिसमा सहयोग गर्नुपर्नेमै जोड दिए । पालिका समृद्ध हुदा जिल्ला समृद्ध हुने जिल्ला समृद्ध हुदा प्रदेश समृद्ध हुने र प्रदेश समृद्ध हुदा देश समृद्ध हुने भएकाले पालिका समृद्धमा सहयोग गर्न अनुरोध गरे ।
    रोशीका समाजसेवी सार्कीमान वल र वडाध्यक्ष हस्तमान लामाले तिनधारे झरनाको विकासका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले बागमती प्रदेशले सहयोग गर्नुपर्ने बताए । स्थानीय तहको सिमित स्रोत साधान रहने तर जनताको अपेक्षा धेरै हुने भएकाले बिकासमा प्रदेश सरकार र संघ सरकारले सहयोग गर्नुपर्ने उनीहरूको जोड थियो ।
    मिक्साङ वाईबाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामाले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यको क्रममा लामाले मन्त्रीहरू स्वयम आएपछि तिनधारेदेखि ताराखसे लेकसम्म पदमार्ग निर्माण हुने, दाप्चादेखि तिनधारेसम्म सडक कालोपत्रे हुनेमा विश्वस्थ भएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    समाचार

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६८५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९७९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८५७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७९६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६४० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३१८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑