• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन १५, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ दिन अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ६ दिन अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      २ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      ३ हफ्ता अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      ३ हफ्ता अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ महिना अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन १५, बिहिबार
    होमपेज /  आर्थिक

    रोशीमा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तयार

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० आश्विन १८, बिहिबार (२ साल अघि)
  • १२५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • रोशी
    काभ्रे जिल्लाको रोशी गाउँपालिकाले मध्यमकालिन खर्च संरचना तयार पारेको छ । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूको सक्रियतामा खर्च संरचना तयार पारेको हो ।
    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार तीन महिना लगाएर मध्यमकालिन संरचना तयार पारेको हो । रोशी गाउँपालिकाको मिति २०७९ माघ १९ गते बसेको आठौँ कार्यपालिका बैठकले मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने निणर्य गरेको तामाङले बताए । सोही दिन प्राविधिक समिति गठन गरी त्रिबर्षीय मध्यमकालिन खर्च संरचना तयार पारेको उनको भनाई छ । सो खर्च संरचनामा २०८०/८१ को बजेट अनुमान तथा त्यसपछिका दुई आर्थिक बर्ष २०८१/०८२ र २०८२/०८३ को प्रक्षेपण गरी तीन आर्थिक बर्षको बजेट प्रस्तुत भएको उनले बताए । संरचनाले बिषय क्षेत्रगत स्रोतसहित सार्वजनिक वित्तको पूर्वानुमान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
    ‘गाउँपालिकाले आवधिक योजनाहरू बनाएका हुन्छ । ती आवधिक योजनाहरू कार्यान्वयन गर्नको लागि बार्षिक बजेट पनि बनाएको हुन्छ । बार्षिक बजेट र आवधिक योजनाबीच तालमेल मिलाउने योजना नै मध्यमकालिन खर्च योजना हो ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तामाङले भने, ‘२०७९ माघ १९ गतेको कार्यपालिका बैठकको निणर्यले मेरो संयोजकत्वमा मध्यमकालिन खर्च संरचना तर्जुमा प्राविधिक समिति गठन गरेकोमा तीन महिनामा हामीले तयार पारेका हौँ ।’ संरचनाको मस्यौदा तयार पारी कार्यपालिकालाई हस्तान्तरण गरी कार्यपालिकाले स्वीकृत गरीसकेको उनले बताए । अब संरचना कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।
    काभ्रे जिल्लामा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने पालिका रोशी नै पहिलो पालिका हो ।
    रोशी गाउँपालिकामा मध्यमकालिन खर्च संरचना तयार पारी कार्यान्वयनको चरणमा रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । कार्यपालिकाको निणर्य अनुसार प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूकै मेहनतमा संरचना तयार गरेको अध्यक्ष लामाले बताए । यसले आगामी योजना र बजेटलाई तालमेल गरी बिकासमा तिव्रता हुनेमा ढुक्क रहेको उनले बताएका छन् ।
    मध्यमकालिन खर्च संरचना भनेका के हो ?
    प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार प्रत्येक सरकारले आ-आफ्नो आवधिक योजनाहरू बनाएका हुन्छन् । ती आवधिक योजनाहरू कार्यान्वयन गर्नको लागि बार्षिक बजेट पनि बनाएको हुन्छ । बार्षिक बजेट र आवधिक योजनाबीच तालमेल मिलाउने योजना नै मध्यमकालिन खर्च योजना हो । यसले योजनालाई कार्यान्वयन गर्न सहयोग तथा सहजीकरण गर्छ ।
    सरकारले तोकेको आयोजनाहरूलाई खर्च संरचनाले प्राथमिकिकरण गरेर बार्षिक कार्यक्रम र बजेटलाई मार्गदर्शन गर्ने तामाङको भनाई छ । बिषेश गरी आवधिक योजनामा लिएको लक्ष्यलाई पूरा गर्नको लागि बजेट खाका, कार्यक्रम खाका र नतिजा खाकालाई बिशेष जोड दिएको हुन्छ ।
    नेपालको संविधानको कार्यान्वयन, समृद्ध नेपाल र सुखी नेपालीको वर्तमान नेपाल सरकारको लक्ष्य एवम् सन् २०३० सम्ममा हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यहरू तथा गाउँपालिकाको आवधिक योजनाले लिएका लक्ष्यहरु हासिल गर्न सार्वजनिक खर्चको प्रभावकारी व्यवस्थापन हुनुपर्दछ । गाउँपालिकाको आवधिक योजना र वार्षिक बजेटबीच तालमेल मिलाई समग्र गाउँपालिकालाई समुन्नत, आत्मनिर्भर बनाउन तथा स्रोतहरूको न्यायोचित वितरणको व्यवस्था गर्न, सार्वजनिक खर्चलाई पारदर्शी, मितव्ययी ढंगले परिचालन गर्न मध्यमकालीन खर्च संरचनाले आवश्यक सुधार ल्याउँछ । नेपालको संविधान अनुरूप अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले नेपाल सरकार तथा प्रदेश र स्थानीय तहले अनिवार्य रूपमा मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था गरेको छ । यस ऐन अनुसार मध्यमकालीन खर्च संरचनामा प्रस्तावित योजनाको उद्देश्य तथा सो योजनाका लागि सम्भाव्यता अध्ययन गर्न वा खर्च छुट्याउन आवश्यकताको पुष्ट्याईलाई समेटिनुपर्ने, प्रस्तावित योजना कार्यान्वयन हुने आर्थिक वर्ष र त्यसपछिका दुई आर्थिक वर्षमा प्राप्त हुनसक्ने प्रतिफल र उपलब्धि समेत राख्नुपर्ने व्यवस्था छ ।
    योजना लागू गर्न आवश्यक पर्ने खर्चको विवरण र सो रकम कुन कुन स्रोतबाट के कति व्यहोर्ने र खर्च गरिएको रकमबाट प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धिको प्रक्षेपण मध्यमकालिन खर्च संरचनाले गर्छ । यो खर्च संरचना तर्जुमा गर्दा कार्यक्रम तथा आयोजनाको प्राथमिकीकरण गर्ने आधारहरू परिमार्जन गरी वस्तुगत रूपमा पन्ध्रौं योजना तथा दिगो विकास लक्ष्यहरू हासिल गर्ने दिशामा कार्यक्रम आयोजना उन्मुख छ, छैन भन्ने मुख्य आधारमा प्राथमिकीकरणको निश्चित मापदण्ड बनाउने छ । यस मध्यमकालीन खर्च संरचनामा पहिलो वर्ष वा आर्थिक वर्ष २०८०/८१ को हकमा विनियोजित बजेट अनुरूप र त्यस पछिका बाँकी दुई आर्थिक वर्षको हकमा आयोजना कार्यान्वयनको स्थिति, उपलब्ध साधन स्रोत र खर्च गर्ने क्षमतालाई आधार मानी रकम अनुमान गरिएको छ ।
    को-को थिए प्राविधिक समितिमा
    प्रमुख प्रशासकीय अधिकृत लामाको संयोजकत्वमा मध्यमकालिन खर्च संरचना तर्जुमा प्राविधिक समितिमा रोशी गाउँपालिकाका सबै शाखा प्रमुखहरू रहेका थिए । सदस्य सचिवमा योजना शाखा प्रमुख राम लामा, सदस्यहरूमा प्रशासन शाखा प्रमुख धनवीर लामा, जिन्सी तथा जलस्रोत शाखामा जय प्रसाद गजुरेल, स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठ, पशु स्वास्थ्य शाखाका रघुनी शाह, प्राविधिक शाखाबाट भुपेन्द्र अधिकारी, सूचना प्रविधि शाखाबाट प्रकाश पौड्याल, आयुवैद शाखाबाट सविता गौतम, कृषि शाखाबाट समिता तामाङ, आन्तरिक लेखापरिक्षकबाट चन्दावती श्रेष्ठ, आर्थिक प्रशासन शाखाबाट निमराज डाँगी, शिक्षा शाखाबाट राजेन्द्र सिग्देल, रोजगार शाखाबाट चन्द्रकुमार पाख्रिन, महिला विकास शाखाबाट प्रज्वला राई, उद्यम विकास शाखाबाट मनिषा मोक्तान, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाबाट सिता श्रेष्ठ र सहकारी शाखाबाट राजन श्रेष्ठ रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

    समाचार

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    काभ्रे खबर

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२५४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४६९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३०५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२८९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑