• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ ९, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ दिन अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      २ दिन अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      ६ दिन अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      १ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      १ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      १ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      २ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      ३ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      ३ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ३ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ ९, शुक्रबार
    होमपेज /  आर्थिक

    रोशीमा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तयार

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० आश्विन १८, बिहिबार (२ साल अघि)
  • १०४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    रोशी
    काभ्रे जिल्लाको रोशी गाउँपालिकाले मध्यमकालिन खर्च संरचना तयार पारेको छ । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूको सक्रियतामा खर्च संरचना तयार पारेको हो ।
    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार तीन महिना लगाएर मध्यमकालिन संरचना तयार पारेको हो । रोशी गाउँपालिकाको मिति २०७९ माघ १९ गते बसेको आठौँ कार्यपालिका बैठकले मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने निणर्य गरेको तामाङले बताए । सोही दिन प्राविधिक समिति गठन गरी त्रिबर्षीय मध्यमकालिन खर्च संरचना तयार पारेको उनको भनाई छ । सो खर्च संरचनामा २०८०/८१ को बजेट अनुमान तथा त्यसपछिका दुई आर्थिक बर्ष २०८१/०८२ र २०८२/०८३ को प्रक्षेपण गरी तीन आर्थिक बर्षको बजेट प्रस्तुत भएको उनले बताए । संरचनाले बिषय क्षेत्रगत स्रोतसहित सार्वजनिक वित्तको पूर्वानुमान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
    ‘गाउँपालिकाले आवधिक योजनाहरू बनाएका हुन्छ । ती आवधिक योजनाहरू कार्यान्वयन गर्नको लागि बार्षिक बजेट पनि बनाएको हुन्छ । बार्षिक बजेट र आवधिक योजनाबीच तालमेल मिलाउने योजना नै मध्यमकालिन खर्च योजना हो ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तामाङले भने, ‘२०७९ माघ १९ गतेको कार्यपालिका बैठकको निणर्यले मेरो संयोजकत्वमा मध्यमकालिन खर्च संरचना तर्जुमा प्राविधिक समिति गठन गरेकोमा तीन महिनामा हामीले तयार पारेका हौँ ।’ संरचनाको मस्यौदा तयार पारी कार्यपालिकालाई हस्तान्तरण गरी कार्यपालिकाले स्वीकृत गरीसकेको उनले बताए । अब संरचना कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।
    काभ्रे जिल्लामा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने पालिका रोशी नै पहिलो पालिका हो ।
    रोशी गाउँपालिकामा मध्यमकालिन खर्च संरचना तयार पारी कार्यान्वयनको चरणमा रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । कार्यपालिकाको निणर्य अनुसार प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूकै मेहनतमा संरचना तयार गरेको अध्यक्ष लामाले बताए । यसले आगामी योजना र बजेटलाई तालमेल गरी बिकासमा तिव्रता हुनेमा ढुक्क रहेको उनले बताएका छन् ।
    मध्यमकालिन खर्च संरचना भनेका के हो ?
    प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार प्रत्येक सरकारले आ-आफ्नो आवधिक योजनाहरू बनाएका हुन्छन् । ती आवधिक योजनाहरू कार्यान्वयन गर्नको लागि बार्षिक बजेट पनि बनाएको हुन्छ । बार्षिक बजेट र आवधिक योजनाबीच तालमेल मिलाउने योजना नै मध्यमकालिन खर्च योजना हो । यसले योजनालाई कार्यान्वयन गर्न सहयोग तथा सहजीकरण गर्छ ।
    सरकारले तोकेको आयोजनाहरूलाई खर्च संरचनाले प्राथमिकिकरण गरेर बार्षिक कार्यक्रम र बजेटलाई मार्गदर्शन गर्ने तामाङको भनाई छ । बिषेश गरी आवधिक योजनामा लिएको लक्ष्यलाई पूरा गर्नको लागि बजेट खाका, कार्यक्रम खाका र नतिजा खाकालाई बिशेष जोड दिएको हुन्छ ।
    नेपालको संविधानको कार्यान्वयन, समृद्ध नेपाल र सुखी नेपालीको वर्तमान नेपाल सरकारको लक्ष्य एवम् सन् २०३० सम्ममा हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यहरू तथा गाउँपालिकाको आवधिक योजनाले लिएका लक्ष्यहरु हासिल गर्न सार्वजनिक खर्चको प्रभावकारी व्यवस्थापन हुनुपर्दछ । गाउँपालिकाको आवधिक योजना र वार्षिक बजेटबीच तालमेल मिलाई समग्र गाउँपालिकालाई समुन्नत, आत्मनिर्भर बनाउन तथा स्रोतहरूको न्यायोचित वितरणको व्यवस्था गर्न, सार्वजनिक खर्चलाई पारदर्शी, मितव्ययी ढंगले परिचालन गर्न मध्यमकालीन खर्च संरचनाले आवश्यक सुधार ल्याउँछ । नेपालको संविधान अनुरूप अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले नेपाल सरकार तथा प्रदेश र स्थानीय तहले अनिवार्य रूपमा मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था गरेको छ । यस ऐन अनुसार मध्यमकालीन खर्च संरचनामा प्रस्तावित योजनाको उद्देश्य तथा सो योजनाका लागि सम्भाव्यता अध्ययन गर्न वा खर्च छुट्याउन आवश्यकताको पुष्ट्याईलाई समेटिनुपर्ने, प्रस्तावित योजना कार्यान्वयन हुने आर्थिक वर्ष र त्यसपछिका दुई आर्थिक वर्षमा प्राप्त हुनसक्ने प्रतिफल र उपलब्धि समेत राख्नुपर्ने व्यवस्था छ ।
    योजना लागू गर्न आवश्यक पर्ने खर्चको विवरण र सो रकम कुन कुन स्रोतबाट के कति व्यहोर्ने र खर्च गरिएको रकमबाट प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धिको प्रक्षेपण मध्यमकालिन खर्च संरचनाले गर्छ । यो खर्च संरचना तर्जुमा गर्दा कार्यक्रम तथा आयोजनाको प्राथमिकीकरण गर्ने आधारहरू परिमार्जन गरी वस्तुगत रूपमा पन्ध्रौं योजना तथा दिगो विकास लक्ष्यहरू हासिल गर्ने दिशामा कार्यक्रम आयोजना उन्मुख छ, छैन भन्ने मुख्य आधारमा प्राथमिकीकरणको निश्चित मापदण्ड बनाउने छ । यस मध्यमकालीन खर्च संरचनामा पहिलो वर्ष वा आर्थिक वर्ष २०८०/८१ को हकमा विनियोजित बजेट अनुरूप र त्यस पछिका बाँकी दुई आर्थिक वर्षको हकमा आयोजना कार्यान्वयनको स्थिति, उपलब्ध साधन स्रोत र खर्च गर्ने क्षमतालाई आधार मानी रकम अनुमान गरिएको छ ।
    को-को थिए प्राविधिक समितिमा
    प्रमुख प्रशासकीय अधिकृत लामाको संयोजकत्वमा मध्यमकालिन खर्च संरचना तर्जुमा प्राविधिक समितिमा रोशी गाउँपालिकाका सबै शाखा प्रमुखहरू रहेका थिए । सदस्य सचिवमा योजना शाखा प्रमुख राम लामा, सदस्यहरूमा प्रशासन शाखा प्रमुख धनवीर लामा, जिन्सी तथा जलस्रोत शाखामा जय प्रसाद गजुरेल, स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठ, पशु स्वास्थ्य शाखाका रघुनी शाह, प्राविधिक शाखाबाट भुपेन्द्र अधिकारी, सूचना प्रविधि शाखाबाट प्रकाश पौड्याल, आयुवैद शाखाबाट सविता गौतम, कृषि शाखाबाट समिता तामाङ, आन्तरिक लेखापरिक्षकबाट चन्दावती श्रेष्ठ, आर्थिक प्रशासन शाखाबाट निमराज डाँगी, शिक्षा शाखाबाट राजेन्द्र सिग्देल, रोजगार शाखाबाट चन्द्रकुमार पाख्रिन, महिला विकास शाखाबाट प्रज्वला राई, उद्यम विकास शाखाबाट मनिषा मोक्तान, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाबाट सिता श्रेष्ठ र सहकारी शाखाबाट राजन श्रेष्ठ रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    समाचार

    रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    काभ्रे खबर

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६९९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९८४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८६५ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८०७ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६५९ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३३३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑