• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण २६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ६ दिन अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      २ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      २ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ३ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण २६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

  • सिरुपाते खबर
  • २०८० माघ २३, मंगलबार (२ साल अघि)
  • १२७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • रोशी
    काभ्रे जिल्लाको रोशी गाउँपालिका-११ कालढुङ्गा स्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्रको समन्वयमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रमको उद्धघाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले गरेका हुन् । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताए । नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको उनले बताए । नेपालको सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने उनको भनाई छ ।
    बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री रत्न ढकालले नेपालको बहुसंस्कृति र बहुपहिचान सरक्षण गर्न सक्दा मात्र नेपाल धनी हुनेमा जोड दिए । केही मानिसहरूले पहिचानको कुरा गर्दा देश विखण्डन तिर जाने भन्ने गरेको उनले बताए । पहिचाहनसहितको संघीयता भनेको विखण्डन नभएर एकताको कुरा भएको उनले बताए । पहिचानसहितको अधिकारका लागि एक पटक फेरी बुलन्द आवाज निकाल्नु पर्ने ढकालको भनाई छ । देश निर्माणको लागि तामाङ समुदायको अन्य समुदायको जतिकै योगदान रहेकोले अन्य समुदायले जतिकै तामाङ समुदायले पनि अधिकार पाउनुपर्ने उनको दावी छ । बागमती प्रदेशले तामाङ समुदाय र नेवार समुदायलाई सम्मान गर्दै तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको उनले बताए ।
    वरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामा र जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले तामाङ समुदायले घर-घरमा ल्होछार मनाउनुपर्ने बताउदै २८ औँ डुग सोनाम ल्होछारको शुभकामना दिए ।
    गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाले बिभिन्न समुदायको पर्वलाई समान रुपमा हेरेको बताउँदै ल्होछारको लागि गाउँपालिकाले तीन दिन विदा दिने जानकारी दिए ।
    रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनको सभापतित्वमा भएको ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य फुर्साङ लामा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय अध्यक्ष गुणराज मुक्तान, घेदुङ काभ्रेका अध्यक्ष राजकुमार लामा, रोशी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. १० का वडाध्यक्ष विकेन लामा तथा घेदुङ रोशीका अध्यक्ष कान्छाकाजी तामाङ, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, नेकपा माओवादी केन्द्र रोशीका अध्यक्ष मानबीर लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा लामा गुरुहरुले प्रवचन र वाङ गरेका थिए ।
    रोशीका दुई कलाकारलाई सम्मान
    रोशी गाउँपालिकामा  जन्मेर कलाकारितामा राष्ट्रियस्तरमा नाम कमाएका दुई कलाकारलाई सम्मान गरिएको छ । बरिष्ठ गायक तथा लेखक चन्द्रकुमार मोक्तान र बरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामालाई सम्मान गरिएको हो । कलाकारितामार्फत राष्ट्रलाई नै योगदान गरेको भन्दै सम्मान गरिएको हो ।
    कार्यक्रममा दुई दर्जन भन्दा बढी राष्ट्रिय स्तरदेखि स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । कलाकारहरु वरिष्ठ गायक तथा संगितकार चन्द्रकुमार दोङ, वरिष्ठ गायिका इन्दिरा गोले, चर्चित नायक अमीर दोङ, चर्चित गायक तथा संगितकार बैरागी मोक्तान, गायक तथा संगितकार प्रयास दोङ, गायक मदन घलान, गायक तथा संगितकार च्वाइस दोङ, गायक तथा संगितकार कोसिस थोकर,  गायक तथा संगितकार सुशील लामा, गायक लनम लामा, मोडल रिया लामा, गायक अशोक मोक्तान, गायक शिखर मोक्तान, हास्यकलाकार गोकुल तामाङ, गायक मकर योन्जन, गायक ब्राण्डेड लामा, गायिका पुजा लामा, गायक विजय लामा लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती गरेका थिए ।
    मिक्साङ वाइवाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    समाचार

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काभ्रे खबर

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७९५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४०९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२३६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२३३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१२२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑