• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष २६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      १ दिन अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      १ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      १ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      १ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      १ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      २ हफ्ता अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      २ हफ्ता अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      २ हफ्ता अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      २ हफ्ता अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      २ हफ्ता अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      ३ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष २६, शनिबार
    होमपेज /  काभ्रे खबर

    रोशीमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

  • सिरुपाते खबर
  • २०८० माघ २३, मंगलबार (१ साल अघि)
  • ९३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    रोशी
    काभ्रे जिल्लाको रोशी गाउँपालिका-११ कालढुङ्गा स्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्रको समन्वयमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रमको उद्धघाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले गरेका हुन् । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताए । नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको उनले बताए । नेपालको सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने उनको भनाई छ ।
    बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री रत्न ढकालले नेपालको बहुसंस्कृति र बहुपहिचान सरक्षण गर्न सक्दा मात्र नेपाल धनी हुनेमा जोड दिए । केही मानिसहरूले पहिचानको कुरा गर्दा देश विखण्डन तिर जाने भन्ने गरेको उनले बताए । पहिचाहनसहितको संघीयता भनेको विखण्डन नभएर एकताको कुरा भएको उनले बताए । पहिचानसहितको अधिकारका लागि एक पटक फेरी बुलन्द आवाज निकाल्नु पर्ने ढकालको भनाई छ । देश निर्माणको लागि तामाङ समुदायको अन्य समुदायको जतिकै योगदान रहेकोले अन्य समुदायले जतिकै तामाङ समुदायले पनि अधिकार पाउनुपर्ने उनको दावी छ । बागमती प्रदेशले तामाङ समुदाय र नेवार समुदायलाई सम्मान गर्दै तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको उनले बताए ।
    वरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामा र जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले तामाङ समुदायले घर-घरमा ल्होछार मनाउनुपर्ने बताउदै २८ औँ डुग सोनाम ल्होछारको शुभकामना दिए ।
    गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाले बिभिन्न समुदायको पर्वलाई समान रुपमा हेरेको बताउँदै ल्होछारको लागि गाउँपालिकाले तीन दिन विदा दिने जानकारी दिए ।
    रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनको सभापतित्वमा भएको ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य फुर्साङ लामा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय अध्यक्ष गुणराज मुक्तान, घेदुङ काभ्रेका अध्यक्ष राजकुमार लामा, रोशी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. १० का वडाध्यक्ष विकेन लामा तथा घेदुङ रोशीका अध्यक्ष कान्छाकाजी तामाङ, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, नेकपा माओवादी केन्द्र रोशीका अध्यक्ष मानबीर लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा लामा गुरुहरुले प्रवचन र वाङ गरेका थिए ।
    रोशीका दुई कलाकारलाई सम्मान
    रोशी गाउँपालिकामा  जन्मेर कलाकारितामा राष्ट्रियस्तरमा नाम कमाएका दुई कलाकारलाई सम्मान गरिएको छ । बरिष्ठ गायक तथा लेखक चन्द्रकुमार मोक्तान र बरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामालाई सम्मान गरिएको हो । कलाकारितामार्फत राष्ट्रलाई नै योगदान गरेको भन्दै सम्मान गरिएको हो ।
    कार्यक्रममा दुई दर्जन भन्दा बढी राष्ट्रिय स्तरदेखि स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । कलाकारहरु वरिष्ठ गायक तथा संगितकार चन्द्रकुमार दोङ, वरिष्ठ गायिका इन्दिरा गोले, चर्चित नायक अमीर दोङ, चर्चित गायक तथा संगितकार बैरागी मोक्तान, गायक तथा संगितकार प्रयास दोङ, गायक मदन घलान, गायक तथा संगितकार च्वाइस दोङ, गायक तथा संगितकार कोसिस थोकर,  गायक तथा संगितकार सुशील लामा, गायक लनम लामा, मोडल रिया लामा, गायक अशोक मोक्तान, गायक शिखर मोक्तान, हास्यकलाकार गोकुल तामाङ, गायक मकर योन्जन, गायक ब्राण्डेड लामा, गायिका पुजा लामा, गायक विजय लामा लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती गरेका थिए ।
    मिक्साङ वाइवाले सञ्चालन गरेको कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    समाचार

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

    काभ्रे खबर

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६६३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९६७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८४२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७८१ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६१५ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२९८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑