• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      ११ घण्टा अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      २ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ३ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु

  • सिरुपाते खबर
  • २०८० फागुन १७, बिहिबार (२ साल अघि)
  • ६४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • काभ्रे/रोशी
    काभ्रे जिल्लाको रोशी गाउँपालिकामा भेडा बाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ । पशु सेवा कार्यालय धुलिखेल काभ्रेको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयमा सप्ताहव्यापी खोप अभियान शुरु भएको हो ।

    बुधबार रोशी-७ लास्टकोट स्थित स्थानीयको बाख्रालाई खोप लगाएर गाउपालिकाको पशु सेवा शाखाका प्राविधिकहरुसहित गाउँपालिका अध्यक्ष दिनेश लामाले अभियानको शुभारम्भ गरेका छन । अभियानको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लामाले गाउँपालिका भित्रको भेडा बाख्रालाई पिपिआर रोगबाट सुरक्षित राख्न कुनै कसर नराख्न बताएका छन । अभियानमा भेडा बाख्रालाइ खोप लगाउन मात्र नभई किसानलाई खोप र रोगको बारेमा जानकारी दिन पनि पशुप्राबिधिकहरुलाइ लामाले अनुरोध गरेका छन । गाउँपालिका भित्रको किसानका भेडा बाख्रालाई सुरक्षीत राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उनले जानकारी दिए ।

    रोशी गाउँपालिका भरी करिब ५० हजार ५२ वटा भेडा बाख्रा रहेकोमा पशुसेवा कार्यालय धुलिखेल काभ्रेले रोशीका लागि १५ सय डोज भ्याक्सिन पठाएको रोशी गाउँपालिका पशु सेवा शाखा प्रमुख रघुनी शाहले जानकारी दिए । अपुग भ्याक्सिन पशु सेवा कार्यालयले थप गर्ने र अझै अपुग भए गाउँपालिकाले खरिद गर्ने उनले बताए ।  गाभिनो भेडा बाख्रा र तीन महिना भन्दा कमको पाठापाठिलाइ भ्याक्सिन लगाउन नहुने उनले जानकारी दिए ।

    रोशी गाउपालिकामा १२ वटा वडा रहेको छ । उक्त सबै वडामा क्रमैसग भ्याक्सिन लगाउदै जाने शाखाप्रमुख शाहले जानकारी दिए ।  प्रत्येक वडामा तीन समुहमा बाडिएर खोप लगाउने उनले जानकारी दिए ।
    खोप अभियान फागुन १६ गतेबाट सुरु भएर २३ गते समापन गर्ने शाखाले जनाएका छन । यो अभियान हरेक बर्ष गर्दै आएको आयोजकले जनाएका छन ।

    के हो पिपिआर रोग
    पिपिआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी महत्वपूर्ण मानिन्छ । यो रोग सुरुमा अफ्रिका महादेशबाट आएपनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको छ । नेपालमा बिक्रम सम्बत २०५१ र ५२ तिरबाट यो रोग देखा परेको हो ।
    नेपाल सरकारले इस्विसम्बत २०३० भित्रमा रोग उन्मुलन गर्ने लक्ष्यका साथ कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

    कसरी चिन्ने पिपिआर ?
    शाहका अनुसार यस रोग चिन्ने आधार भनेको भेडाबाख्रामा कडा ज्वरो आउने, सिगान बगाउने, आँखामा र्‍याल काड्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिशा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछी उक्त घाउ फुटी पाप्रा बन्ने हुन्छ र सोहि कारणले दानापानी खान नसक्ने हुन्छन् ।
    यो रोगी जनावरसंगको प्रत्यक्ष लसपस भएको अवस्थामा, सिगान र्‍याल, बड्कौला, तथा दाना पानी दिन प्रयोग गरिने भाडाकुडाबाट सजिलै सर्न सक्छ । पशुको स्याहारसुसार गर्ने व्यक्ति बढी सचेत र चनाखो हुनु जरुरी हुन्छ ।

    पिपिआरबाट कसरी बचाउने ?
    पिपिआरबाट बच्न तथा बचाउनको लागी सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्छ । ३ महिनाभन्दा माथी उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिन्छ ।
    एक पटक खोप लगाई सकेपछि पुन ३ बर्षसम्म उक्त पशुलाई खोप दिनु पर्दैन । सकेसम्म चरनमा नलैजाने, संक्रमण देखिएको खोरमा फर्मालिन, पोटास पानीको प्रयोग गर्ने र लक्षणको आधारमा पशुसेवाको क्षेत्रमा काम गर्ने प्राविधिकको सल्लाह र निगरानीमा उपचार गराउनु पर्दछ ।
    चाड पर्व, दशैं तिहार जस्ता जनावरको व्यापार बढी हुने समयमा यो रोगको संक्रमण बढी फैलिन्छ । तीन महिना उमेर कटिसकेका पाठापाठीहरुलाई यो रोग लाग्दछ । मृत्युदर ५० प्रतिशत, महामारीमा ९० प्रतिशत भेडाभन्दा बाख्रा बढी प्रभावित हुन्छन् ।

    रोकथाम तथा नियन्त्रण
    रोगी पशु अलग्गै छुट्याउने, चरन क्षेत्रमा रोगी नपठाउने, बाहिरबाट ल्याइएका बथानमा नमिसाउने, २१ दिन पूर्व खोप लगाएका मात्र किन्ने, पिपिआर खोप कार्यक्रममा सहभागी गराउनु पर्छ ।
    नियमित आन्तरिक परजीवि औषधी खुवाउने, जनावरको आवतजावतमा रोक लगाउने, रोग लागेको ठाउँमा खोप कार्यक्रम चालु गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    समाचार

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७०९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३११ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१३८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०३८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑