• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २१, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      १४ घण्टा अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      २ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक २१, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    लोपोन्मुख हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० फागुन १९, शनिबार (१ साल अघि)
  • ४७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    रोशी

    काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अवस्थित हायु समुदायलाई विशेष सामग्री हस्तान्तरण गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले हायु समुदायको सांस्कृतिक सामग्री हायु समुदायलाई हस्तान्तरण गरेका हुन् ।
    शुक्रबार हायु समुदायले विभिन्न कार्यमा प्रयोग गर्ने सांस्कृतिक सामग्री ढोल दुई थान, झ्याम्टा २ जोर, खोडा २ जोर, धनुस र तीर २ जोर, घण्टा एक जोर, पुजारी पोषाक एक सेट र महिला र पुरुष हायु पोषाक गहनासहित १० सेट हस्तान्तरण गरेका हुन् । दुई लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन् ।
    भूमेस्थान हायु समाजको आयोजनामा तथा रोशी गाउँपालिकाको सहयोगमा सामग्री हस्तान्तरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको एक मात्र स्थान वाल्टीङमा भएको हायु समुदायको संरक्षणको लागि गाउँपालिकाले सहयोग गरिरहेको र गरिरहने बताए । हायु समुदायको संस्कृति राज्यको सम्पती भएकाले सम्पतीको संरक्षण र संवर्धन राज्यले गर्नुपर्ने भएकाले स्थानीय सरकारले त्यो दायित्व पूरा गरीरहेको लामाले बताए । ‘हाम्रो समाज विविधतायुक्त छ । चाहे जातीय रुपमा होस, चाहे भाषिक रुपमा होस र चाहे सांस्कृतिक रुपमा विविधतापूणर् छ तैपनि हामी एकताबद्ध भएर बसेका छौँ ।’ लामाले भने, ‘यो विविधतायुक्त नेपाली समाजको भाषा, धर्म, संस्कार, संस्कृति हामी सबैको सम्पती हो । राज्यको सम्पती हो । यसलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ ।’
    हायु एकता समाजका केन्द्रिय अध्यक्ष लक्ष्मण हायुले हायु समुदायको अभिभावक भनेको सरकार हो र त्यो अनुभुति रोशी गाउँपालिकाले दिलाएको बताए । बिकासको सूचांकको हिसाबले हायु समुदाय पछाडी परेको र यस समुदायलाई उठाउँन राज्यले सहयोग गर्नुपर्ने उनले बताए । हायु समुदायको आफ्नै भाषा, लिपी र संस्कृति रहेको उनले बताएका छन् । ती चिजहरू लोप हुदै गएकोले हायु समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण राज्यले गर्नुपर्ने उनको भनाई छ ।
    रोशी-१० का वडाध्यक्ष विकेन लामाले हायु समुदायको बिकासको लागि वडाले सकेको वडाले र नसकेको गाउँपालिकाले सहयोग गर्ने बताए । अब हायु समुदायले आफ्नो भाषा पनि सिक्नुपर्ने उनको भनाई छ । हायु भाषा सिक्नको लागि पहल गर्न अनुरोध गरे ।
    भुमेस्थान हायु समाजका अध्यक्ष आरती हायुको सभापतित्वमा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष दुधराज घलान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगर, हायु एकता समाजका सचिव सुजन हायु, वडा सचिव सुरेश योञ्जन, भुमेस्थान हायु समाजका पूर्व अध्यक्ष दुधराज हायु लगायतले हायु समाजलाई राज्यको मूलधारमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । हायु समुदायका लागि रोशी गाउँपालिकाले गरेको सहयोगप्रति खुसी व्यक्त गरे ।
    विमला हायुले सञ्चालन गरेको कार्यक्रममा सुस्मिता हायुले स्वागत मन्तव्य राखेका थिए । सामग्री पाएपछि हायुहरू खुसीले ढोल, झ्याम्टा र घण्टी बजाएर नाचेका थिए ।
    रोशी गाउँपालिका वडा नं. १० वाल्टिङमा ११ घर धुरी लोपोन्मुख हायु समुदाय बस्दै आएका छन् । काभ्रेमा हायु समुदायको जनसंख्या करिब ८५ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    समाचार

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    काभ्रे खबर

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५२६ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८६५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३० पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६६८ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०४ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑