• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष २९, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ११ घण्टा अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      १२ घण्टा अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ दिन अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      ४ दिन अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      १ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      १ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      २ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      २ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      २ हफ्ता अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      २ हफ्ता अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      २ हफ्ता अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष २९, मंगलबार
    होमपेज /  आर्थिक

    केहि व्यक्ति खानेपानीमा बर्सौँदेखि राजनीति गर्दैछन्, हामी मुहान दर्ता गरि पासिखर्क र पाँचकन्याका नागरिकलाई पानी खुवाउछौँ – अध्यक्ष लामा

  • राजन दाहाल
  • २०८० चैत्र २१, बुधबार (१ साल अघि)
  • ११०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती/काभ्रे
    पनौती नगरपालिका वडा नं.१ का वडा अध्यक्ष जय कुमार लामाले वडाका केही व्यक्तिहरुले बर्सौँ देखि खानेपानीको नाउँमा राजनीति गरेको आरोप लगाएका छन् । उनले वडाका केही व्यक्तिहरुले खानेपानीको नाममा भोटको राजनीति गरिरहेको बताए । त्यतिमात्र होइन लामा भन्छन् ” जसले जे गरेपनी जे भनेपनी हामी निस्वार्थ रुपमा  मुलखोला पासिखर्क खानेपानी आयोजनामार्फत पाँचकन्या र पासिखर्कका करिब १ सय ५५ घरधुरीका ६०० नागरिकलाई खानेपानी खुवाएरै छाड्ने र मुहान पनि दर्ता गराएरै छड्ने बताएका छन् ।” खानेपानी खुवाउने जस्तो काममा राजनैतिक द्वन्द्व सिर्जना गर्न नहुने पनि उनको धारणा थियो । बर्सौँदेखि पानी खुवाउने भन्दै पाँचकन्या र पासिखर्कका नागरिकको भोट लिइयो तर पानी खुवाउन कसैले पहलकदमी गरेनन्, तर हामी जनप्रतिनिधि भएर आएपछि पानी खुवाउन लाग्दा राजनितीको गन्ध फैलाई बिरोध गर्छ भने त्यो आफुलाई सह्य नहुने अध्यक्ष लामा बताउँछन् ।
    केही समय अगाडिदेखि वडा नं. १ को मुलखोलामा रहेको पानीको मुहानलाई लिएर  वडा नं. १ माविवाद भइरहेको छ । मुहान दर्ता गर्ने बिषयलाई लिएर विवाद सिर्जना भएको हो  ।
    पनौती नगरपालिकाले मिति २०८० साल माघ २१ गते मुहान दर्ता सम्बन्धि ३५ दिने सुचना निकालेको थियो। सोही अनुसार नगरले पासिखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि मुलखोलामा रहेको मुहान दर्ता गर्न भनी तोकिदिएको थियो तर रयाले बृहत खानेपानी योजना अन्तर्गत बनेको रयाले बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उक्त मुहान हामीले पहिलानै दर्ता गरिसकेको दाबी गरे पछि विवाद सिर्जना भएको हो । वडा कार्यालयलाई कुनै जानकारी नै नदिइ उक्त ठाउँमा मुहान दर्ता गर्न नदिने निर्णय गरि उक्त समितीले नगरपालिकामा मुहान दर्ता रोक्न पत्र पठाएको थियो । तर नगरपालिकाले कुनै कारबाही नै नगरी सिधै नियमानुसार काम गर्नु भनी उक्त  पत्र वडा कार्यालयमा पठाएको छ ।
    रयाले बृहत खानेपानीको मुहान बाट करिब १ किलोमीटर टाढा यस मुलखोला पासिखर्क खानेपानी योजनाको मुहान रहेको र यसले रयाले बृहत खानेपानीलाई कुनै असर नगर्ने वडा नं. १ का एक वडा सदस्यले जानकारी दिए । उनी भन्छन् “हामी वडाका सबै नागरिकलाई समान रुपमा व्यवहार गर्छौं कसैलाई पानी खुवाउनुबाट बन्चित गराएर कसैलाई पानी खुवाउनु हाम्रो धारणा होइन, सबैले पानी पिउन पाउनु पर्छ ”
    पासीखर्कका स्थानीयले पनि वडाले गरेको कामको प्रसंशा गरेका छन् । हिजो पानीको नाउँमा राजनैतिक गर्ने दलदेखी वाक्क भएका नागरिकले अहिलेको जनप्रतिनिधिले गरेको कामको मुक्तकण्ठले प्रसंशा गर्न  गरेका छन् । उक्त क्षेत्रका स्थानीय कुमार श्रेष्ठले आफ्नो सामाजिक संजाल फेसबूकमार्फत “तपाईंहरुले पानी खुवाउछु भनेर  भाषण गर्दा ताली बजाएर हातका हत्केला दुखे, भनेको ठाउँमा जाँदा खुट्टा दुखे तर पानी पिउँन पाइएन अहिले आफ्नो बुद्धि विवेक प्रयोग गरेर आफ्नो नागरिकलाई खानेपानी खुवाउछु भन्ने जनप्रतिनिधिको बिरोध नगरी सहयोग गर्न सकिन्न” भन्दै पोस्ट गरेका छन् ।
    पाँचकन्या पासिखर्क खानेपानी योजनाकोलागि संघीय सरकारबाट २ करोड रुपैयाँ रकम बिनियोजन भएको थियो पहिलो चरणमा ७५ लाखको काम भइ सम्पन्न हुने अबस्थामा रहेको वडा कार्यालयले जानकारी दिएको छ । आगामी बैशाख महिना भित्र पाँचकन्या पासिखर्कमा बनेको आर भि टी मा पानी खसाली उद्घाटन गर्ने तयारी वडा कार्यालयको रहेको छ ।
    वडाले नगरको पत्र पाएपछि आगामी चैत्र २६ गते ११ बजे वडा कार्यालयमा सम्बन्धित क्षेत्रका नागरिकलाई यस बिषयमा छलफल गर्न भेला हुन आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समाचार

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    काभ्रे खबर

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६७३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९७५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८४८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७८८ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६२४ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३०७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑