• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन २८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ४ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ४ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      २ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      २ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ३ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन २८, बुधबार
    होमपेज /  काभ्रे खबर

    एक ढिक्का बन्दै काभ्रे काङ्ग्रेस, अभिभाकत्वको भुमिकामा रहन्छु – नेता हुमागाईँ

  • राजन दाहाल
  • २०८१ श्रावण ६, आईतबार (२ साल अघि)
  • १०९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • पनौती श्रावण ७ आइतबार
    नेपाली काङ्ग्रेस काभ्रेका पुर्व साम्सद एवं केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले पार्टीमा आगामी दिनमा आफ्नो भुमिका अभिभावकको रुपमा रहने बताएका छन् । गुटका कारण पटक पटक निर्वाचनमा हार व्यहोर्दै आएको काभ्रे काँग्रेस अन्ततः दिगो रुपमा एक हुने मार्गमा अघि बढेको चर्चा हुन थालेको छ ।
    गत असारमा बनेपामा नेविसंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शिब प्रसाद हुमागाईले समग्र कार्यकर्ताहरुबाट पार्टीका साथिहरु एक ढिक्का हुनुुपर्ने विषयमा दवाव आएको खुलासा गरे । निर्वाचनको विषयलाई लिएर जिल्लाका केही नेताहरुलाई कारबाहीको सिफारिस भएको र त्यसको औचित्य सकिएको बताउँदै कारबाही गर्ने निर्णय बदर गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
    पार्टी कार्यकर्ताको संख्या प्रशस्त भएर पनि काभ्रे काग्रेसले धेरै जसो निर्वाचनको समयमा अकल्पनीय हार व्यहोर्ने गरेको छ । निर्वाचन पछि नेताहरुमा उत्पन्न हुने मनमुटाव कारबाहीको अवस्था सम्म पुग्ने र त्यसको प्रभाव अर्को निर्वाचन सम्म पुग्ने गरेको नजिरका बिच हुमागाईले कारबाही आममाफी र पार्टी एकीकरणको प्रस्ताव पछि काभ्रेकाग्रेसका नेता कार्यकर्तामा खुशी छाएको छ ।
    संघियता कार्यान्वयन पछि केन्द्रीय स्तरका दुई नेताले काभ्रेमा हार व्यहोरे । काँग्रेसका कार्यकर्ताको संख्याको आधारमा कुनै हालतमा हार हुने अवस्था नै रहन्न तर निर्वाचनमा पराजय नै भोग्नुपर्दा यसलाई गुट उपगुुटकै प्रभाव हो भन्ने प्रष्ट हुन्छ । अब पनि नेताहरु गुट उपगुट नै चलाएर हिँडने हो भने पुनः आगामी निर्वाचनमा हार व्यहोर्नु पर्ने पक्का छ । नेताहरुमा मेलको विषय बाहिरिएको छ यो स्वागत योग्य छ एक काँग्रेस कार्यकर्ताले भने ।
    गुट उपगुटको प्रभाव जिल्लादेखि स्थानीय तह वडा स्तर तथा सबै जसो भातृ संगठनमा परेकै कारण निर्वाचनमा सोचेजस्तो उपलब्धी हात नपरेको उनीहरु गुनासो गर्छन ।
    फरक धारका दलहरुसँगको गठबन्धन सहितका गत संसदीय निर्वाचनका उम्मेदवार शिब प्रसाद हुमागाईले फराकिलो मतान्तरले हार व्यहोर्नु परेपछि निर्वाचनकै विषयलाई लिएर नेपाली काँग्रेस जिल्ला समितिबाट जिल्लाका केही नेताहरुलाई कारबाहीका लागि केन्द्रीय समिति समक्ष सिफारिस गरेको थियो । सिफारिस गरेको २ वर्ष बित्नै लाग्दा ती नेताहरुलाई केन्द्रीय समितिबाट कारबाहीको कुनै प्रकृया नै अघि नबढइनु र कार्यकर्ताहरुबाट जिल्लामा काँग्रेसको हितको लागि एकिकरण अपरिहार्य भएको भन्दै दवाव सिर्जना भएपछि यतिखेर काभ्रे काग्रेस एकढिक्का हुने क्रममा छ ।
    नेविसंघको आयोजनामा भएको बनेपाको कार्यक्रममा हुमागाईको एकीकरण आव्हानसँगै नेताहरुको भेटघाट बाक्लिएको छ । नेताहरुको भेटघाट कार्यक्रमको तस्विर बाहिरिए सँगै काभ्रेको राजनीति तातेको छ । पार्टी एकिकरणको विषयले कार्यकर्तामा खुशी छाएको देखिन्छ । नेताहरुको कारबाही फुक्का तथा पार्टी एकीकरणको विषयमा पटक–पटक छलफल भएको स्रोत बताउँछ । विभिन्न स्थानमा भेटघाट भएको सबै नेताहरु गुट अन्त्यको पक्षमा रहेको स्रोतको दावी छ । गुट उपगुट समाप्त पार्दै काभ्रे काँग्रेसलाई एकढिक्का बनाउने कार्यमा केन्द्रीय सदस्य हुमागाईले नै नेतृत्व लिएका छन् भने अर्का २ केन्द्रीय सदस्य मधु आचार्य तथा गणेशलामा तथा महेश खरेल लगायतका नेता त्यसको पक्षमा रहेको बुझिएको छ ।
    वि.पि. स्मृतिमा दिवसको अबसरमा आइतबार जिल्लामा काँग्रेस नेताहरुले भेटघाट कार्यक्रमको आयोजना गरे । भेटघाट कार्यक्रमामा तीन केन्द्रीय सदस्यहरु शिब हुमागाई, मधु आचार्य, गणेश लामा र महेश खरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । उपस्थित नेताहरुले समसामयीक केन्द्रीय राजनीति, केन्द्रीय राजनीतिले जिल्ला स्तरमा पार्ने प्रभाव तथा अबसरका विषयमा छलफल भएको थियो ।
    छलफल कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईले पर्टीमा एकीकरणको महत्व उल्लेख गर्दै कुनै स्वार्थ नराखी आफ्नै नेतृत्वमा काभ्रे काँग्रेस एक ढिक्का बनाएर छाड्ने उनको भनाई थियोे । काभ्रे काँग्रेस बलियो छ भन्ने प्रमाण देखाउनु छ । यसको मुख्य उपाय भनेको नै एक हुनु हो ।
    छलफलका क्रममा हुमागाई निवासमा जम्मा भएका नेताहरुले एक ढिक्का हुनुको विकल्प नरेहेको बताएका थिए । केन्द्रसम्म नै चर्चा हुने काभ्रे काँग्रेसको फुट तथा विवाद यो पटकको एकीकरण प्रयासले अन्त्य हुने चर्चा हुन थालेको छ । महाधिवेशन वा निर्वाचनको समयमा समेत गुटको लक्षण सम्म नदेखिने गरि कार्यगत एकीकरणको खाँचो रहेको काँग्रेसका शुभचिन्तकहरु बताउन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

    समाचार

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    काभ्रे खबर

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑