• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ कार्तिक २, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

      २ दिन अघि

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      ४ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      १ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      १ हफ्ता अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      १ महिना अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      १ महिना अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि
    in
    आज: २०८३ कार्तिक २, आईतबार
    होमपेज /  काभ्रे खबर

    देश विकासमा राज्यले युवाको भुमिका खोजेको छ : प्रमुख भण्डारी

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८१ श्रावण २८, सोमबार (२ साल अघि)
  • ७४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • पनौती/श्रावण २८ सोमबार
    ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथ २५ औं अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाइएको छ ।
    यसै क्रममा पनौती नगरपालिकाले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ‘नगरपालिकाको विकासमा युवाहरुको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमको अयोजना गर्यो ।
    शिक्षा युवा तथा खेलकुद शाखाको मुख्य आयोजना रहेको कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले नगरले छिट्टै ५ वर्षे राणनीतिक कार्ययोजना निर्माण गर्न लागेको र उक्त योजना युवा मैत्री हुने बताए । देश विकासमा राज्यले युवाको भमिका खोजेको बताए । भण्डारीले देशका धेरै जनसंख्या कृषिपेसामा निर्भर रहेको बताउँदै कृषिमा आधारित उद्यमशिलताबाट युवा स्वरोजगर बनाउनु पर्ने तर्क गरे ।

    उपप्रमुख गीता बञ्जाराले रोजगार सिर्जनाको उद्देश्य सहित तालिम प्रदान गरिए पछि त्यसले कतिलाई रोजगारी बनायो भन्ने अनुगमन जरुरी रहेको बताइन् । अघिल्लो कार्यकालमा युवा रोजगारीकै उद्देश्य सहित भैंसी वितरण गरिएको र त्यस कार्यक्रमले ४ सय २० कृषक स्वरोजगार बनेका उनको दावी थियो ।
    नगरपालिकाका प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले युवाहरुको आवाज नीति निर्माता सम्म पुगेमात्र युुवा मैत्री नीति बन्ने बताए । भौतिक निर्माणलाई मात्र विकास भन्न नमिल्ने भन्दै आचार्यले युवा उद्यमशिलतालाई जोड दिनुुपर्ने उल्लेख गरे । ‘युवाको माग र चाहनालाई बझेर नीति बन्नुपर्छ त्यस अनुसार संचालित कार्यक्रमले मात्र सार्थकता पाउँछ ।’ उनको तर्क थियो । नगरले निर्माण गर्ने आवधिक योजनामा युवाका विषय समावेश हुने उनले वचन दिए ।
    कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै निर्देशक तथा शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेले युवाहरुको सशक्त सक्रियता भएमात्र नगरको विकास सम्भव बताए । न्यौपानेले वडा स्तरबाटै युवा सक्रिय हुुनुपर्ने उल्लेख गरे । ‘नगरको कानुन अनुसार पनि वडा स्तरमा ‘युवा क्लब’ तथा नगरमा नगरप्रमुखको अध्यक्षतामा ‘नगर युवा तथा खेलकुद परिषद्’ हुने व्यवस्था भए बमोजिम युवाहरु संगठित हुुनु जरुरी छ ।’ शाखा प्रमुख न्यौपानेले भने । आफ्ना कुरा भन्ने र अरुका सुन्ने उद्देश्य सहित अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।
    सामाजिक विकास समितिका संयोजक तथा वडा नं ११ का वडा अध्यक्ष विपेन्द्र लामाले हालका युवाहरुमा तत्काल प्रतिफल खोज्ने बानीको विकास भएको भन्दै नगरपालिकाले युवा लक्षित कार्यक्रम निरन्तर संचालन गर्ने जानकारी दिए ।
    कार्यक्रममा शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले नगरमार्फत संचालित कार्यक्रमहरुको जानकारी गराएका थिए । उनले नेपाली युवाको अवस्था, युवाको मनोसामाजिक, युवाका सम्भावना र अवसर, स्थानिय सरकारको कार्यविस्तृतिकरण, पनौती नगरापालिकाले गरेका कार्य तथा गतिविधिका बारेमा जानकारी गराएका थिए ।
    स्रोत व्यक्ति जंगमले जानकारी दिए अनुसार नगरपालिकाले पेशागत हलुका सवारी साधन मर्मत जसमा २० जना सहभागी भई ७ जनाले सीप परीक्षण परीक्षा उतिर्ण गरेका र पेशामा आवद्ध रहेका पेशागत हाउस वाइरिङ र पेशागत प्लम्विङ जसमा २०÷२० जना सहभागी भई सीप परीक्षण परीक्षाको प्रक्रियामा रहेको, पेशागत कुक ४० जना, पेशागत कम्प्युटर मेन्टिनेन्स २० जना र पेशागत मोटरसाइकल मर्मतमा २० जना गरी ८० जना सहभागी भई तालिम सन्चालन भैरहेको छ ।
    माध्यमिक तहको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि रुचि, खुवीको आधारमा भविष्यको वृत्ति छनोटको लागि निरन्तर रुपमा वृत्तिमार्ग निर्देशन कक्षा सन्चालनमा रहेको, वृत्तिमार्ग निर्देशन कार्यक्रमलाई प्रभावकारी रुपमा सन्चालन गर्न पनौती नगरपालिका वृत्तिमार्ग निर्देशन कार्यविधि २०८० जारी भएको, त्यसैगरी खेलकुद तर्पm जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरुमा युवा खेलाडीहरुलाई सहभागी गराइएको जंगमले जानकारी दिए ।
    कार्यक्रमा उपस्थित युवाहरुले नगरले युवा उद्यमशिलताको कार्यक्रमहरु संचालन गर्नु पर्ने भौतिक निर्माणमा मात्र नभइ उद्यमशिलतामा बजेट बिनियोजित हुनेपर्ने, संचालित कार्यक्रमलाई व्यवस्थित गर्नुपर्ने । युवा उद्यमको लागि न्यून व्याजदरमा ऋणको व्यवस्थापन गर्न सहजीहरण गर्नुपर्ने । उच्च शिक्षा शिक्षा निःशूल्क गर्न नगरले योजना ल्याउनुपर्ने, युवाको विदेशिने दर कमी हुने कार्यक्रमहरु संचालन गरिनुपर्ने, कुषि उपजहरुको बजारीकरणमा सहजीकरण गर्नुपर्ने जस्ता विचार व्यक्त गरका थिए । कार्यक्रममा सबै वडाका युवा प्रतिनिधि, जनप्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    समाचार

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    काभ्रे खबर

    जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न, साढे तीन वर्षसम्म दूधको मूल्य नबढ्दा चिन्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४८२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑