• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १९, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      ३ दिन अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      २ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ३ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      ३ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १९, मंगलबार
    होमपेज /  काभ्रे खबर

    टिपिकल रैथाने खानेकुराहरुकोे लागि पनौतीको भ्यु पोइन्ट रिसोर्ट

  • राजन दाहाल
  • २०८१ भाद्र १७, सोमबार (१ साल अघि)
  • १३०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • भ्यू प्वाइन्ट रिसोर्टको अवस्थितिको बारेमा बताइदिनुस न ।
    भ्यू प्वाइन्ट रिसोर्टका विषयमा जानकारी दिनुपर्दा हामी काठमाडौबाट मात्रै २७ किलोमीटरको दुरीमा छौं । भ्यू प्वाइन्ट रिसोर्ट पनौती नगरपालिका वडा नं ४ मा रहेको छ । पनौती नगरपालिकाको पनि एउटा सुन्दर गाउँ चामखरम अवस्थित छ । यो ठाउँ समुन्द्र सतहबाट १ हजार ७ सय ६० मिटरको उचाईमा रहेको छ । यहाँबाट ऐतिहासिक तथा पर्यटकीय नगरी पनौतीका १२ वटै वडाहरुको दृश्य अवलोकन गर्न सकिन्छ । यो संगै फूलचोकी, नमोबुद्ध, बेथानचोक, धुलिखेल, नगरकोट, बल्थली नागी डाँडा लगाएतका पर्यटकीय स्थलहरुपनि देख्न सकिन्छ । यतिमात्र होइन यहाँबाट लाङटाङ, लाक्पादोर्जे, गौरीशंकर लगाएतका हिमालहरु छर्लङ्ग देखिन्छ । मनोरम दृश्यको आनन्द लिन सकिन्छ । चिसो हावा संगै मनै लोभिने फाँटहरु र जङ्गलहरु हेरेर आनन्द लिन सकिन्छ । समग्रमा शहर नजिकको एक सुन्दर गाउँमा रहेको छ ।

    देशका युबाहरु धमाधम बिदेश गइरहेको अवस्थम्थामा तपाई भने यहीँ व्यवसाय तर्फ आवकर्षित हुनुभएछ । कसरी आकर्षित हुनुनभयो यो व्यवसायमा ?

    महत्त्वपूर्ण प्रश्नको लागि तपाईंलाई धेरै धेरै धन्यवाद । म पनि १० बर्ष बिदेश बसेर आएको हुँ । बिदेशमा बस्दा मलाई के अनुभुति भयो भने म कुनै पनि दोश्रो दर्जाको नागरिक हुन्न । पासपोर्ट लिएर दोस्रो दर्जाको नागरिक भइन्न । देशमा नै केही न केही न केही गर्छु । चाहे सानो काम नै किन नहोस् आफ्नै देशमा गएर गर्छु भनेर बिदेशबाट आएको हुँ । मान्छेले भन्न चाहिँ नेपालमा कम गर्ने वातावरणनै छैन भन्छन् तर पनि यही वातावरणमा धेरैले राम्रै काम गरिरहेका छन् । अरु टिक्न सक्छन् भने म किन टिक्न सक्दिन ? मैले किन गर्न सक्दिन भन्ने प्रश्न सधैं मनमा आउँथ्यो । नेपालमै बसेर अब मैले म मात्र होइन अरुलाई पनि प्रेरणा मिल्न सक्ने किसिमको काम गरौं भन्ने सोच पलायो । हामीले गरेको कार्य अरुका लागि मार्गदर्शक बनोस भन्ने लाग्यो । साधन र स्रोत छ उपयोग गर्न सकियो भने विदेश नै जानुपर्छ भन्नै छैन भन्ने भावना उब्जियोस भन्ने लाग्यो । अरुले गरेको भन्दा फरक ढङ्गले चाहे कृषि होस् चाहे अन्य व्यवसाय । आफूले अपनाएको पेसा व्यवसायमा आफ्नो खुबी देखाएर काम गर्न सकियो भने पक्कै सफल भइन्छ । बिदेशमा भएका सबै नेपालीलाई मैले गरेको उदाहरणीय कामले नेपालमै पनि केही गर्न सकिन्छ भन्ने बनाउन चाहान्छु । नेपाल फर्क अभियानमा मैले पनि एक इट्टा थप्ने काम गर्छु भन्ने लागेको थियो । त्यसकै उदाहरण हो यो भ्यू प्वाइन्ट रिसोर्ट हेर्दै जाउ कत्तिको सफल भइन्छ ।

    बढ्दो आर्थिक मन्दि छ । तपाईको व्यवसायलाई आर्थिक मन्दीले कस्तो असर पारेको छ ?

    हरेक चुनौतीलाई अबसरको रुपमा हेरिनुपर्छ भन्ने मलाई लाग्छ । हिजो कोरोनाको बेलामा पनि मान्छेहरुले अबसरको रुपमा लिएर प्रतिस्थापित भएको उदाहरणहरु धेरै छन् । अहिले मन्दिको समय छ यो मन्दि त सधैं त नरहलानी एक न एक दिन त हट्ला नि होइन । तर मेरो सोच भनेको चाहिँ मन्दी हट्ने बेला सम्म म स्थापित भैसक्नु पर्छ भन्ने हो । अहिलेको समयमा मन्दी नै मेरा लागि चुनौतीहो यसलाई अवसरको रुपमा लिएर अगाडि बढेको छुु । नियमित गर्ने कर्मले सबैलाई पक्कै सफल बनाउँछ भन्न कुरामा ढुक्क छु ।

    अन्य रिसोर्ट तथा होटेलहरु भन्दा तपाइको रिसोर्टमा फरक विशेषता के छ ?

    हो,तपाइँले भन्नु भएको जस्तै हाम्रा वरपर ठुलाठुला होटल तथा रेस्टुरेन्टहरु छन् । उनीहरु ठूलो पूँजीले सम्पन्न छन् । उनीहरुको आ आफ्नै विशेषता पनि होलान । तर भ्यु पोइन्ट नै किन त ? यस रिसोर्टको विशेषता के छ त भन्नु पर्दा तपाइँले भ्यु पोइन्टमा अन्य भन्दा फरक आतिथ्यता या भनौ हस्पिटालिटी पाउनुहुन्छ । जुन तपाइले अन्य ठाउँमा आउनुहुन्न । यसको स्थापनाको उद्देश्य नै पृथकता सहित सेवा प्रदान गर्नु हो । त्यसको अनुभव गर्नको लागि भ्युपोइन्ट रिसोर्ट हो । यहाँ आउँदा तपाईले साँच्चै काभ्रेको एउटा गाउँमा आएको । गाउँले परिवेशको अनुभव गर्न सक्नुहुने छ । संगसंगै यहाँ हामीले प्रदान गर्ने टिपिकल रैथाने खानेकुराहरु को अनुभवको लागि पनि भ्यु पोइन्ट रिसोर्टनै हो । अहिलेका युवाले बिर्सन लागेका खानेकुरा जस्तै कोदोको ढिडो, मकैको रोटि÷ ढिडो, सिस्नु, पुवा, लोकल कुखुराको मासु , गुन्द्रुक ,भटमास, कोदोको मःम लगाएतको परिकार चाख्नको लागि र पारिवारिक वातावरण संगै मनोरम दृश्यको अवलोकनको लागि होटल भ्युपोइन्ट एक उचित गन्तव्य हो । हामी ढुुक्क छौं यहाँ आएर एकपटक सेवा लिएकाहरु पक्कै पुनः आउनुहुने छ । उहाँहरुको अनुभवले अरुलाई पनि आउन आकर्षित गर्नेछ ।
    रैथाने खानेकुरा जुटाउन गा¥हो छ । टाढाबाट ल्याउनुलर्ने होला यसो गर्दा कत्तिको सर्वसुलभ छ ?
    तपाइँले सहि भन्नू भयो । रैथाने खानेकुरा पाउन कठिन छ । रैथाने खानेकुरा लोपुन्मुख छन् तथा लोप हुँदैछन् । वर्णशंकर जातको प्रवेश तथा धेरै उब्जाउ गर्ने अभिलासाले यस प्रकारका खानेकुरा पाउन छाडिएको हो । यसले गर्दा यस प्रकारका खानेकुरा छिमेकी गाउँहरुबाट पनि ल्याउछौ । टाढाबाट ल्याउदा केही महँगो पक्कैपर्छ । तर पनि हामीले हाम्रो ग्राहकवर्गलाई महङ्गोको अनुभूति गराएका छैनौं । हामीले लो मार्जिन राखेरै भए पनि महङ्गो गरेका छैनौं । प्रतिस्पर्धाको जमाना छ त्यसैले बजारमा आइने जस्तै गरि हामिले सेवा दिइराखेका छौं ।

    तपाइँकै रिसोर्ट वरपर ठुलठुला होटल तथा रिसोर्ट छन् । यस बीचमा व्यवसाय गर्न कत्तिको चुनौती छन् ?

    चुनौती भन्दा पनि म चाहिँ यसलाई खुसिको कुरा ठान्छु । खुसिको कुरा किन भने हामीले पनौतीलाई टुरिजम हब बनाउनु छ र भएको पनि छ । ग्राहकलाई विकल्प पनि दिनुपर्छ । आ आफ्नो विशेषता पस्कने हो । राम्रो गर्न सक्यौं भने ग्राहक पक्कै आउँछ्न । ग्राहकलाई आकर्षित गर्ने हाम्रो बोलिचालीले पनि हो र हाम्रो व्यवहारए पनि हो । अन्य भन्दा हामी फरक छौं । अहिलेका ग्राहकले फरक कुरा खान खोज्छ । फरक ठाउँमा बस्न रुचाउँछ । त्यसैले हामिलाई ठुलाठुला रिसोर्टले असर पार्दैन । चुनौती खासै छैन ।

    स्थानीय निकायको सहयोगबाट कस्तो सहयोग पाउनुभएको छ ?

    अब मैले स्थानीय तहलाई सबै गर्दिनुस । होटल चलाइदिनुस त म भन्दिन । उहाँहरुले केही आश्वासन पनि दिनु भएको छ । तर मलाई अहिलेको अवस्थमा सबैभन्दा ठुलो चुनौती भनेको बाटो रहेको छ । कमसेकम बिकास आधारभुत कुराहरू जस्तै बाटो, बत्ती खानेपानी भैदियो भने राम्रो हुने थियो । नगर र वडा भन्दा पनि पनौती पर्यटन बिकास केन्द्र पनौतीमा छ । उहाँहरुले पनि हामिलाई साथ सहयोग गर्न सक्नुहुन्छ । उहाँहरुले गर्ने तालिम गोष्ठी तथा कार्यक्रम गर्दा हाम्रो होटललाई पनि प्राथमिकतामा राख्ने गरे हुने जस्तो लाग्छ । किनकी हामी पनि पनौतीमा पर्यटक भित्र्याउन पर्छ है भनेर लागेका मान्छे हौं नि त होइन ।

    तपाइँले यहाँ रिसोर्ट संचालन गर्दै गर्दा यहाँका स्थानीय हरुलाई के फाइदा भएको छ ?

    स्थानीय समुदायको साथ र सहयोग बिना व्यवसाय सफल हुनै सक्दैन । समुदाय र हामीबिच अहिले नङ र मासुको सम्बन्ध भएको छ भने स्थानीय नागरिकले उत्पादन गरेका कृषि चिजलाई हामिले किनिदिन्छौ । जस्तै आलु साग, गुन्द्रुक,अदुवा÷बेसार, लसुन , प्याज, बोडिको कोसा, कुखुरा ,दुध , बोका÷ बाख्रा लगाएत हामिलाई आवश्यक पर्ने सबै चिज किन्छौ । यसले गर्दा हामिलाई पनि अर्गानिक खानेकुरा पाउने र अर्कि तिर स्थानीयको जिविकोपार्जन पनि हुने दुबैजनालाई फाइदा छ । यश कार्यलाईहामिले निरन्तर गरिरहेका छौँ । स्थानीयहरु पनि खुसी हुनुहुन्छ र हामी पनि खुसी नै छौं ।
    अब भावी योजना के छ ?
    अहिलेसम्म आउनुभएको पाहुनाको सल्लाह सुझाव अनुसार मैले केही नयाँ कार्ययोजनाहरु तयार पारेको छु । केहि रुमहरु बढाउने र चारै सिजनमा बस्न मिल्ने खानको लागी कटेजहरु बनाउने । साथै हामिले अहिले जति जनाले रोजगार पाउनु भएको छ । त्यसलाई बढाउने योजना बनाएको छु ।

    तपाईंको रिसोर्टमा कहाँकहाँबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् ?

    हाम्रो रिसोर्टमा पनौतीका धेरै मानिसहरु आउनु हुन्छ । साथै बनेपाको सिमाना भएको कारण बनेपाबाट पनि आउनु हुन्छ । साथै कुशदेबी, रयालेबाट पनि आउनुहुन्छ । बेथान्चोकबाट, धुलिखेलबाट पनि धेरै पर्यटकहरु आउनु हुन्छ । त्यतिमात्र होइन हाम्रो रिसोर्टमा अनलाइन बूकिङबाट भक्तपुर र काठमाडौबाट पनि उत्तिकै पर्यटकहरु आउने गरेका छन् ।

    अन्तमा यस मिडिया मार्फत के भन्न चाहानुहुन्छ ?

    सर्वप्रथम तपाईं लगाएत तपाईंको सम्मानित मिडियालाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु । यदि तपाईं तनावमा गुज्रिनु भएको छ भने र साथीभाइ सँंग फ्रेस हुन मन लागेको छ भने हाम्रो यो पनौतीमा रहेको होटल भ्युपोइन्ट रिसोर्टमा आउन सक्नुहुनेछ । काठमाडौबाट मात्र २७ किलोमिटरको दुरिमा रहेको पनौतीको चामखरको डाँडामा आएर फरक किसिमको हस्पिटालिटी र फरक किसिमको खाने कुराहरू, टिपिकल खानेकुराहरू, मनोरम दृश्य हेर्दै आनन्ंद लिनको लागि उपयुुक्त थलो यो हुनसक्छ । तपाईंले सोचेभन्दा राम्रो अनि मीठो खाना र पारिवारिक रमाइलो वातावरण मा रम्न हाम्रो भ्यु पोइन्ट रिसोर्टमा आउनुहोला । हामी सेवाको लागि तयार छौ भन्न चाहान्छु । धन्यवाद

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    समाचार

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    काभ्रे खबर

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१६३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७६८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३८१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२०६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०९५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑