• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ९, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      ४ घण्टा अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      २१ घण्टा अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      २२ घण्टा अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      २ दिन अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      ३ दिन अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      ४ दिन अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      १ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      २ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष ९, बुधबार
    होमपेज /  खेलकुद

    महाङ्काल गाउँपालिकको स्थापन दिवस, संकल्प र समृद्धिको गुञ्जन

  • राजन दाहाल
  • २०८१ फागुन २२, बिहिबार (९ महिना अघि)
  • १२०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/ गोटिखेल
    ललितपुरको पहाडी भूगोलमा अवस्थित महाङ्काल गाउँपालिकाले आफ्नो आठौं स्थापना दिवस र ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई एकसाथ मनाउँदै विकासको नयाँ यात्राको थालनी गरेको छ। “विविधतामा एकता, सुशासन र समृद्धि हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा गत असोजमा आएको विनाशकारी बाढीले निम्त्याएको पीडा र विकासको तीव्र आकांक्षा एकसाथ गुञ्जिएका थिए।
    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले बाढीले तहसनहस बनाएको पालिकाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका सरकारले विकासमा उदासीनता देखाएको आरोप लगाउँदै वर्तमान सरकारले महान्कालको मुहार फेर्न विशेष बजेट विनियोजन गर्ने घोषणा गरे। उनले भने, “यो पालिकाको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी राख्ने छैन, हामी यहाँको पीडालाई बुझ्छौं र त्यसको समाधानका लागि हरसम्भव प्रयास गर्नेछौं।” उनले अघिल्ला अध्यक्षलाई लक्षित गर्दै, “हिजो आफ्नो पालामा विकास नगर्ने अनि आज अर्कैको सत्ता आयो भनेर यो र त्यो भनेर गाली गर्न पाइँदैन” भने। उनले विकास आफूहरूले गर्ने, विकासका लागि समन्वय र सहजीकरण आफूहरूले गरिदिने भन्दै महान्कालवासीलाई ढुक्क हुन आग्रह गरे। उनले बोलेको कुरा पूरा गर्न नसके चुनावमा आफूलाई हराएर अर्कैलाई चुन्ने अधिकार नागरिकलाई भएको बताए।

    गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले असोजको विनाशकारी बाढीले पालिकालाई ठूलो क्षति पुर्‍याएको र सीमित स्रोतसाधनका कारण विकासमा चुनौती थपिएको गुनासो गरे। उनले प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको भन्दै विपद्को यस घडीमा सबैको साथ र सहयोगको अपेक्षा राखे। उनले भने, “हामी विपद्को सामना गर्दै विकासको नयाँ यात्रा सुरु गर्न दृढ संकल्पित छौं, यसका लागि सबैको साथ र सहयोग आवश्यक छ।” उनले महान्कालको भौगोलिक सुन्दरतालाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने बताए।
    जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि केन्द्र सरकारसँग निरन्तर पहल गरिरहेको जानकारी गराए। सामाजिक तथा राजनीतिक व्यक्तित्व सुन्दरमान थिङले फरक दलका साथीहरूले पनि राम्रो कामको प्रशंसा गर्न सक्नुपर्नेमा जोड दिए। पालिकाका पूर्व अध्यक्ष रामचन्द्र दाहालले विपद्को समयमा स्थानीय सरकार जनतासँगै भए पनि प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले दक्षिण ललितपुरमै केन्द्र सरकारको उपस्थिति शून्य भएको दुखेसो गरे। महान्काल प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामसुन्दर केसीले सबैको साझा प्रयत्नबाट महान्काललाई समृद्ध बनाउन सकिने धारणा राखे।
    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उर्मिला लामा र उपसभामुख अप्सरा चापागाईंले बाढीबाट भएको क्षतिको विषयमा सदनमा आवाज उठाएको र पुनर्निर्माणका लागि सरकारलाई खबरदारी गरिरहेको बताए। उपसभामुख चापागाईंले ढिलो गरी सहयोग पुगेको स्वीकार गर्दै आगामी दिनमा विकासका लागि तत्पर रहने प्रतिबद्धता व्यक्त गरे। उनले विपद्मा मात्र नभई महान्काल गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य, उद्यमशीलता, स्थानीय रोजगार विकास निर्माण लगायत थुप्रै काम गर्नुपर्ने आवश्यकता औँल्याइन्।
    पालिका उपाध्यक्ष डोल्मामाया गोलेलाई इन्टरनेसनल विमेन्स लिडरशिप अवार्ड २०२५ बाट सम्मानित भएकोमा उनलाई पालिकाले सम्मान गरेको थियो। विभिन्न विद्यालयका विद्यार्थी र महिला समूहले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न शैक्षिक, साहित्यिक, कानुनी, सहकारी, चिकित्सा, पाइलट, इन्जिनियरिङ र अन्य सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूले महान्काल गाउँपालिकाको समग्र विकास र समृद्धिमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे।
    कार्यक्रममा वडा अध्यक्षहरू, पालिकाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यार्थी, शिक्षक र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमले विपद्को सामना गर्दै विकासको नयाँ यात्रा सुरु गर्ने महान्काल गाउँपालिकाको संकल्पलाई उजागर गरेको थियो। स्थानीय बासिन्दाहरूले बाढीले पुर्‍याएको क्षतिको स्मरण गर्दै आगामी दिनमा विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने माग राखेका थिए।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    समाचार

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    काभ्रे खबर

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९३७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७९५ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७३९ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५५५ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२६३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑