• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ ६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      ३ दिन अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      ६ दिन अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      १ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      १ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      १ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      २ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      ३ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ३ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      ३ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      ३ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ ६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    ह्याबिट्याट र शान्ति जन आदर्शको संयुक्त पहल: सीमान्तकृत समुदायलाई आवास निर्माणमा सहयोग

  • राजन दाहाल
  • २०८१ चैत्र १२, मंगलबार (१0 महिना अघि)
  • ६२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रेपलाञ्चोक/पाँचखाल
    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्याबिट्याट फर हुम्यानिटी नेपालको आर्थिक सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र र पाँचखाल नगरपालिकाको समन्वय र सहजीकरणमा पाँचखाल नगरपालिका वडा नम्बर १२, जरेटारमा सिमान्तकृत दनुवार समुदायको आवास निर्माणमा एक दिने श्रमदान कार्यक्रम सम्पन्न भएको छ।
    कार्यक्रममा पुरुष मात्र नभई महिला पनि निर्माण कार्यमा सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरिएको थियो। ह्याबिट्याट फर हुम्यानिटी नेपालले प्रत्येक वर्ष नारी दिवसको अवसरमा आफ्नो परियोजना संचालन भएको ठाउँमा गएर महिला सहभागितामा निर्माण कार्य संचालन गर्ने अभियान चलाउँदै आएको छ।
    पाँचखाल १२ जरेटारमा संचालित सुरक्षित आवास निर्माण परियोजना अन्तर्गत घरबारविहीन अपाङ्ग, महिला, एकल महिला र अति विपन्न नागरिकको लागि आवास निर्माण कार्य भइरहेको छ। सोही परियोजना अन्तर्गत जरेटारका शारीरिक रुपमा अपाङ्ग चन्द्रमाया दनुवार र एकल महिला माइली दनुवारको घरको जग खन्ने कार्यमा श्रमदान गरिएको थियो।
    ह्याबिट्याट नेपालकी संचार विभाग प्रमुख सची मल्लीका अनुसार संस्थाले गत वर्ष मोरङमा पनि यस्तै स्वैच्छिक श्रमदान कार्य गरेको थियो। संस्थाले हालसम्म पाँचखाल नगरपालिकामा १९ वटा सुरक्षित आवास निर्माण गरिसकेको छ। जसमध्ये १५ वटा आवास निर्माणमा पाँचखाल नगरपालिकाको ४०% र ह्याबिट्याट नेपालको ६०% आर्थिक सहयोग रहेको छ भने ४ वटा आवास निर्माणमा ह्याबिट्याट नेपालको ७५% र घरधनीको २५% आर्थिक सहयोग रहेको छ।
    पाँचखाल १२ मा ९ वटा, ६ मा ३ वटा, १० मा ३ वटा गरी १५ आवास निर्माण अन्तिम चरणमा पुगेको छ। त्यस्तै पुनः वडा न १२ नम्बर वडामा ३ वटा र ३ नम्बर वडामा १ वटा आवास निर्माण भइरहेको छ। एक प्राविधिकका अनुसार शौचालयसहितको आवास निर्माण गर्न करिब १० लाख रुपैयाँ लाग्नेछ।
    घरधनी चन्द्रमाया दनुवारले आफू शारीरिक रुपमा अपाङ्ग भएकोले घर बनाउन नसकेको दुखेसो पोख्दै संस्थाले सहयोग गरेर घर बनाइदिएकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद दिइन्। शान्ति जन आदर्श सेवा केन्द्र नेपालका अध्यक्ष शंखबुद्ध लामाले आवासविहीन परिवारलाई स्थानीय निकायसँग समन्वय गरेर आवास निर्माण गरेको र आगामी दिनमा पनि यस्ता परिवारको पहिचान गरी आवास निर्माणमा सहयोग गर्ने बताए। संस्थाकी कार्यकारी निर्देशक शान्तिलक्ष्मी श्रेष्ठले २०७२ सालको भूकम्पपछि विभिन्न आर्थिक साझेदारी संस्थासँग सहकार्य गरी सुरक्षित आवास निर्माण गर्दै आएको जानकारी दिइन्।
    पाँचखाल १२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारले अहिले बनेका आवासका नागरिक प्रतिनिधि पात्र मात्र भएको र आफ्नो वडामा धेरै घरबारविहीन नागरिक रहेकोले आगामी दिनमा पनि आवास निर्माणमा सहयोग गर्न आग्रह गरे।
    कार्यक्रममा ह्याबिट्याट फर हुम्यानिटी अस्ट्रेलियाका अन्तर्राष्ट्रिय प्रोग्राम हेड क्रिस्टोफर गोबर्स, ह्याबिट्याट फर हुम्यानिटी नेपालकी कन्ट्री डाइरेक्टर एलिजा स्थापित, ह्याबिट्याट फर हुम्यानिटी नेपालका अन्य कर्मचारी, शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष संखबुद्ध लामा, कार्यकारी अधिकृत शान्ति लक्ष्मी श्रेष्ठ, कार्यक्रम संयोजक सुनिता लामा, पाँचखाल १२ का वडाध्यक्ष ज्ञान बहादुर दनुवार, नगर कार्यपालिका सदस्य, वडा सदस्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    समाचार

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६८८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९८० पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८६१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८०१ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६५१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३२५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑