• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १0 घण्टा अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      ४ दिन अघि

      धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

      ६ दिन अघि

      बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

      १ हफ्ता अघि

      मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      २ हफ्ता अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ३ हफ्ता अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      ३ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      १ महिना अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      १ महिना अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      १ महिना अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      १ महिना अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि
    in
    आज: २०८३ भाद्र ११, बिहिबार
    होमपेज /  काभ्रे खबर

    सिद्धार्थ वनस्थलीमा “लक्ष्मण राजवंशी स्मृति शिक्षा सम्मान कार्यक्रम” सम्पन्न

  • राजन दाहाल
  • २०८२ बैशाख ११, बिहिबार (१ साल अघि)
  • ८६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • पनौती
    सिद्धार्थ वनस्थली इन्ष्टिच्यूट, पनौती ८, मल्पीमा आज शिक्षा क्षेत्रका समर्पित व्यक्तित्वहरूको सम्मानमा आयोजित “लक्ष्मण राजवंशी स्मृति शिक्षा सम्मान कार्यक्रम” भव्यतापूर्वक सम्पन्न भएको छ । स्वर्गीय लक्ष्मण राजवंशी, जो यस विद्यालयका संस्थापक प्रिन्सिपल हुनुहुन्थ्यो, उहाँको शिक्षाप्रतिको अटुट समर्पणलाई स्मरण गर्दै यो समारोह आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
    गुठियार प्रमुख क्या. रामेश्वर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख श्री देवका ढकालको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरू जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, प्रहरी उपरिक्षक बसुन्धरा खड्‌का र प्याब्सन केन्द्रका उपमहासचिव भिमसेन के.सी. रहेका थिए ।
    कार्यक्रमको औपचारिक सुरुवात संस्थापक प्रिन्सिपल स्व. लक्ष्मण राजवंशीको तस्वीरमा प्रमुख अतिथि, विशिष्ट अतिथि र गुठियार प्रमुखद्वारा गरिएको संयुक्त माल्यार्पणबाट भएको थियो।
    कार्यक्रमको मुख्य आकर्षण विभिन्न शिक्षासेवी र सामाजिक अभियन्ताहरूलाई गरिएको सम्मान थियो। सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटको गुठियार समितिको निर्णय अनुसार काभ्रेको शैक्षिक विकासमा अतुलनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान गरिने “लक्ष्मण राजवंशी स्मृति पुरस्कार” यस वर्ष पनौती नगरपालिकाका छ जना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा श्री सुमित्रा बज्राचार्य,श्री रुपेश के.सी. , श्री सूर्य प्रकाश देउजा, श्री प्रेमबहादुर प्रधान, श्री भीमबहादुर थापा र श्री राम प्रसाद अधिकारी थिए । “लक्ष्मण राजवंशी स्मृति पुरस्कार” रूपमा राम प्रसाद अधिकारीलाई रु २५,००० नगदसहित प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो ।

    सम्मानित व्यक्तित्वहरूमध्ये श्री रामप्रसाद अधिकारीज्यूले आफ्नो मन्तव्य व्यक्त गर्दै शिक्षाको महत्त्व र यस क्षेत्रमा आफूले गरेको योगदानलाई स्मरण गरेका थिए ।
    विशिष्ट अतिथि भिमसेन के.सी.ले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान र आगामी चुनौतीहरूबारे प्रकाश पार्नुभयो। प्रहरी उपरिक्षक श्री बसुन्धरा खड्‌काले शिक्षाको महत्त्वलाई समाजको शान्ति र सुरक्षासँग जोड्दै विद्यार्थीहरूलाई अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गरीन ।
    प्रमुख अतिथि श्री देवका ढकालज्यूले आफ्नो मन्तव्यमा सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटको यस उदाहरणीय कार्यको प्रशंसा गरीन। शिक्षाको गुणस्तर वृद्धि र सबैको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने , “शिक्षा समाजको जग हो र यसलाई बलियो बनाउन समर्पित व्यक्तिहरूको सम्मान गर्नु भावी पुस्तालाई समेत उत्प्रेरित गर्ने कार्य हो।” सस्थागत बिद्यालयहरुले राज्यको नियम कानुनलाई मान्नुपर्ने र सोही अनुसार चल्नुपर्नेमा उनको जोड थियो ।
    कार्यक्रमको सभापति क्या. रामेश्वर थापाले सिद्धार्थबाट पास आउट भएका विद्यार्थीहरु देशको उच्च तहमा पुगेको स्मरण गर्दै यसलाई अझ सवल र यहाँबाट प्रदान हुने शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । गुठियार प्रमुख समेत रहेका क्या. थापाले आफ्नो सम्बोधनमा स्व. लक्ष्मण राजवंशीको शिक्षाप्रतिको दूरदृष्टि र समर्पणको चर्चा गर्दै सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च मूल्याङ्कन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रवीण दाहालले गर्नुभएको थिए । कार्यक्रममा बिद्यालयका शिक्षक, वडा अध्यक्ष लगाएत जनप्रतिनिधि साथै शैक्षिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    मोरङका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    समाचार

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    काभ्रे खबर

    जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

    गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

    धुलिखेलको विकासमा ठेकेदारको लापरवाही, बाइकको स्ट्यान्ड लगाउँदा पनि भत्कियो असारे पिच

    बनेपामा बसको ठक्करबाट पनौतीका ६९ वर्षीय खत्रीको मृत्यु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२०८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८१५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४२७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२५४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२४८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१३६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑