• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ११, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      १ दिन अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ दिन अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      २ दिन अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      ३ दिन अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      ३ दिन अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      ५ दिन अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      ६ दिन अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      १ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      १ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      २ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष ११, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेमा स्थनीय तह निर्वाचनमा कांग्रेस बन्यो पहिलो दल, जित्यो ७ प्रमुख र ६ उप–प्रमुख सहित ६१ वडा

  • सिरुपाते खबर
  • २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
  • ९०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे,
    बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ । २०७९ सालको स्थानिय तहको निर्वाचनमा काभेमा नेपाली काग्रेसले ७ वटा पालिका प्रमुख छ भने ६ वटा उप–प्रमुख र ६१ वडा अध्यक्ष सहित जितेर काभ्रेमा पहिलो पार्टी भएको छ ।

    २०७४ सालको अघिल्लो निर्वाचनमा जिल्लाको सातवटा पालिकाको नेतृत्व गरेको नेकपा एमाले अहिले एउटामा खुम्चिएको छ । एक पालिका प्रमुख सहत ३ वटा उप–प्रमुख सहित ४३ वटा वडा अध्यक्ष जितेर काभ्रेमा तेस्रो पार्टी बनेको एमालेको अझै पनि दम्भ सकिएको छैन । जिल्लामा दुई पालिकामा उप–प्रमुख सहित वडामा बहुमत आको दम्भ देखाउदै यतिबेला काभ्रेमा एमालेको हौसियत देखाउन थालेको छ । विकासको नाममा झुट खेति फैलाउदै हिडेको एमालेले जिल्लामा आफ्नो हैसियत जनताले देखाईदिए पछि यति बेला दुइ पालिकामा एमलेको राजनितीक सस्कार देखाउन थालेको छ ।

    १३ वटा स्थानीय तह रहेको काभ्रेमा कांग्रेसले प्रमुखमा पनौती, बनेपा, नमोवुद्ध, पाँचखाल, वेथानचोक, रोशी, तेमालमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले महाभारत खानीखोला, चौरी देउराली र भुम्लुमा विजय हासिल गरेको छ । एकिकृत समाजवादी र नेकपा एमालेले एक÷एक पालिका मण्डनदेउपुर र धुलिखेलमा विजय भएको छ । यस अघि काभ्रेमा काग्रेसको चार, एमालेको सात पालिका र माओवादीको दुई पालिकामा नेतृत्व थियो ।

    यस अघि एमालेको गढ रहेको पनौतीनगरपालिकामा काग्रेसका रामशरण भण्डारीले जितेका छन भने बनेपा नगरपालिकामा शान्तिरत्न शाक्यले नेतृत्वमा आएका छन् । नमोवुद्ध नगरपालिकामा कुन्साङ लामाले जितेका छन् । यी तीनैवटा नगरपालिकामा यस अघि एमालेको नेतृत्व रहेको थियो । वेथानचोक गाउपालिका, रोशी गाउपालिका, तेमाल गाउपालिका र पाचखाल नगरपालिकामा काग्रेसले नेतृत्व दोहोराएको हो । यी चार पालिकाको नेतृत्वमा अघिल्लो निर्वाचनमा पनि काग्रेसकै नेतृत्व रहेको थियो ।

    अघिल्लो निर्वाचनमा चौरी देउराली र माहाभारत गाउपालिका मात्र जितेको माओवादीले यो निर्वाचनमा भुम्लु र खानिखोला गाउपालिकामा पनि विजयी हासिल गरेको छ । यी दुई पालिकामा यस अघि एमालेको नेतृत्व रहेको थियो । गत निर्वाचनमा एमालेले जितेको मण्डनदेउपुर नगरपालिकामा यस पटक एकीकृत समाजवादीले जितेको छ । मण्डनदेउपुरमा यस अघि एमालेको तर्फबाट विजयी भएको टोकवहादुर वाइवाले अहिले समाजवादीको तर्फबाट जित्नु भएको हो । मण्डनदेउपुरको उप–प्रमुखमा काग्रेसका विष्णुमणि नेपालले जित्नु भएको छ । एमालेले धुलिखेल नगरपालिकामा मात्र थोरै मतान्तरले अशोक व्याञ्जुले विजय हासिल गर्नु भएको थियो । धुलिखेलको उप–प्रमुखमा भने नेपाली कांग्रेसका निराजन जंगमले जित्नु भएको छ ।

    काग्रेसका रामशरण भण्डारीले जितेको पनौती नगरपालिकाको उप–प्रमुखमा एमालेकी गिता वञ्जारा विजयी हुनु भएको छ भने कांग्रेसका शान्तिरत्न शाक्यले जितेको बनेपामा उपप्रमुखमा विमला सापकोटा दाहालले जित्नु भएको छ । पाँचखालमा कांग्रेसका महेश खरेल पुनः निर्वाचित भए भने उपप्रमुखमा एमालेकी सूर्यमाया दनुवार निर्वाचित भएकी छन् । वेथानचोकमा काग्रेसका युवा नेता भगवान अधिकारीले जितेका छन भने यो पालिकाको उपाध्यक्षमा माओवादीकी तारा राना तिमल्सिनाले जित्नु भएको छ ।

    खानिखोला गाउँपालीकाको प्रमुखमा माओवादीका इन्द्रबहादुर थिङ आएका छन भने उपाध्यक्षमा काग्रेसका दोर्जेमान जिम्बा आएका छन् । महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादीका कान्छालाल जिम्बाले पुन दोहोराएका छन भने उपाध्यक्षमा काँग्रेसका सागर मोत्तानले जितेका छन् ।
    चौरी देउराली गाउँपालिकाको अध्यक्षमा संविधानसभा सदस्य रेणुका चौलागाई आउनु भएको छ भने उपाध्यक्षमा काँग्रेसका शेरवहादुर तामाङ आएका छन् । भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेम वहादुर भुजेलले जितेका छन भने उपाध्यक्षमा जितेन्द्रमान लामाले जितेका छन् । रोशी गाउपालिकाको अध्यक्षमा काग्रेसका दिनेश लामाले जिते भने उपाध्यक्षमा माओवादीका मिम वहादुर वाईबा (ज्वाला) ले जितेका छन् ।

    तेमाल गाउपालिका अध्यक्षमा काग्रेसका चन्द्रवहादुर लामा अध्यक्ष पदमा जिते भने उपाध्यक्षमा माओवादीका दलमान लामाले जितेका छन् । नमोवुद्ध नगरको उप–प्रमुुखमा माओवादीका रत्न लामाले जितेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

    समाचार

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    काभ्रे खबर

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६२५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९४२ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८१४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७५२ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५६० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑