• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      २ घण्टा अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ४ दिन अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ हफ्ता अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      २ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ४ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ महिना अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेमा स्थनीय तह निर्वाचनमा कांग्रेस बन्यो पहिलो दल, जित्यो ७ प्रमुख र ६ उप–प्रमुख सहित ६१ वडा

  • सिरुपाते खबर
  • २०७९ जेष्ठ १०, मंगलबार (४ साल अघि)
  • ११२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • काभ्रे,
    बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ । २०७९ सालको स्थानिय तहको निर्वाचनमा काभेमा नेपाली काग्रेसले ७ वटा पालिका प्रमुख छ भने ६ वटा उप–प्रमुख र ६१ वडा अध्यक्ष सहित जितेर काभ्रेमा पहिलो पार्टी भएको छ ।

    २०७४ सालको अघिल्लो निर्वाचनमा जिल्लाको सातवटा पालिकाको नेतृत्व गरेको नेकपा एमाले अहिले एउटामा खुम्चिएको छ । एक पालिका प्रमुख सहत ३ वटा उप–प्रमुख सहित ४३ वटा वडा अध्यक्ष जितेर काभ्रेमा तेस्रो पार्टी बनेको एमालेको अझै पनि दम्भ सकिएको छैन । जिल्लामा दुई पालिकामा उप–प्रमुख सहित वडामा बहुमत आको दम्भ देखाउदै यतिबेला काभ्रेमा एमालेको हौसियत देखाउन थालेको छ । विकासको नाममा झुट खेति फैलाउदै हिडेको एमालेले जिल्लामा आफ्नो हैसियत जनताले देखाईदिए पछि यति बेला दुइ पालिकामा एमलेको राजनितीक सस्कार देखाउन थालेको छ ।

    १३ वटा स्थानीय तह रहेको काभ्रेमा कांग्रेसले प्रमुखमा पनौती, बनेपा, नमोवुद्ध, पाँचखाल, वेथानचोक, रोशी, तेमालमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले महाभारत खानीखोला, चौरी देउराली र भुम्लुमा विजय हासिल गरेको छ । एकिकृत समाजवादी र नेकपा एमालेले एक÷एक पालिका मण्डनदेउपुर र धुलिखेलमा विजय भएको छ । यस अघि काभ्रेमा काग्रेसको चार, एमालेको सात पालिका र माओवादीको दुई पालिकामा नेतृत्व थियो ।

    यस अघि एमालेको गढ रहेको पनौतीनगरपालिकामा काग्रेसका रामशरण भण्डारीले जितेका छन भने बनेपा नगरपालिकामा शान्तिरत्न शाक्यले नेतृत्वमा आएका छन् । नमोवुद्ध नगरपालिकामा कुन्साङ लामाले जितेका छन् । यी तीनैवटा नगरपालिकामा यस अघि एमालेको नेतृत्व रहेको थियो । वेथानचोक गाउपालिका, रोशी गाउपालिका, तेमाल गाउपालिका र पाचखाल नगरपालिकामा काग्रेसले नेतृत्व दोहोराएको हो । यी चार पालिकाको नेतृत्वमा अघिल्लो निर्वाचनमा पनि काग्रेसकै नेतृत्व रहेको थियो ।

    अघिल्लो निर्वाचनमा चौरी देउराली र माहाभारत गाउपालिका मात्र जितेको माओवादीले यो निर्वाचनमा भुम्लु र खानिखोला गाउपालिकामा पनि विजयी हासिल गरेको छ । यी दुई पालिकामा यस अघि एमालेको नेतृत्व रहेको थियो । गत निर्वाचनमा एमालेले जितेको मण्डनदेउपुर नगरपालिकामा यस पटक एकीकृत समाजवादीले जितेको छ । मण्डनदेउपुरमा यस अघि एमालेको तर्फबाट विजयी भएको टोकवहादुर वाइवाले अहिले समाजवादीको तर्फबाट जित्नु भएको हो । मण्डनदेउपुरको उप–प्रमुखमा काग्रेसका विष्णुमणि नेपालले जित्नु भएको छ । एमालेले धुलिखेल नगरपालिकामा मात्र थोरै मतान्तरले अशोक व्याञ्जुले विजय हासिल गर्नु भएको थियो । धुलिखेलको उप–प्रमुखमा भने नेपाली कांग्रेसका निराजन जंगमले जित्नु भएको छ ।

    काग्रेसका रामशरण भण्डारीले जितेको पनौती नगरपालिकाको उप–प्रमुखमा एमालेकी गिता वञ्जारा विजयी हुनु भएको छ भने कांग्रेसका शान्तिरत्न शाक्यले जितेको बनेपामा उपप्रमुखमा विमला सापकोटा दाहालले जित्नु भएको छ । पाँचखालमा कांग्रेसका महेश खरेल पुनः निर्वाचित भए भने उपप्रमुखमा एमालेकी सूर्यमाया दनुवार निर्वाचित भएकी छन् । वेथानचोकमा काग्रेसका युवा नेता भगवान अधिकारीले जितेका छन भने यो पालिकाको उपाध्यक्षमा माओवादीकी तारा राना तिमल्सिनाले जित्नु भएको छ ।

    खानिखोला गाउँपालीकाको प्रमुखमा माओवादीका इन्द्रबहादुर थिङ आएका छन भने उपाध्यक्षमा काग्रेसका दोर्जेमान जिम्बा आएका छन् । महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादीका कान्छालाल जिम्बाले पुन दोहोराएका छन भने उपाध्यक्षमा काँग्रेसका सागर मोत्तानले जितेका छन् ।
    चौरी देउराली गाउँपालिकाको अध्यक्षमा संविधानसभा सदस्य रेणुका चौलागाई आउनु भएको छ भने उपाध्यक्षमा काँग्रेसका शेरवहादुर तामाङ आएका छन् । भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेम वहादुर भुजेलले जितेका छन भने उपाध्यक्षमा जितेन्द्रमान लामाले जितेका छन् । रोशी गाउपालिकाको अध्यक्षमा काग्रेसका दिनेश लामाले जिते भने उपाध्यक्षमा माओवादीका मिम वहादुर वाईबा (ज्वाला) ले जितेका छन् ।

    तेमाल गाउपालिका अध्यक्षमा काग्रेसका चन्द्रवहादुर लामा अध्यक्ष पदमा जिते भने उपाध्यक्षमा माओवादीका दलमान लामाले जितेका छन् । नमोवुद्ध नगरको उप–प्रमुुखमा माओवादीका रत्न लामाले जितेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    समाचार

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे खबर

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१३२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७३८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३४६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१९९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१७२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑