• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ आश्विन ३०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

      १ दिन अघि

      काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

      ६ दिन अघि

      रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

      ६ दिन अघि

      सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

      २ हफ्ता अघि

      बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

      ३ हफ्ता अघि

      भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

      ३ हफ्ता अघि

      रैथाने भिलेज रिसोर्टद्वारा ३० जना विद्यार्थीलाई बिद्यालय पोसाक सहयोग

      ३ हफ्ता अघि

      मदानी बिटमा प्रकाशित समाचारप्रति रास्वपा पनौतीको आपत्ति

      ४ हफ्ता अघि

      बाढीपीडितका लागि प्याब्सन पनौतीको ११ लाख २४ हजार सहयोग

      १ महिना अघि

      पनौतीमा कालोबजारी बढेको भन्दै रास्वपा पनौतीद्वारा बजार अनुगमनको माग

      १ महिना अघि

      पदमबहादुरको परिवारलाई धर्मगुरु मुकुन्द शर्माको सहारा

      १ महिना अघि

      पनौतीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी

      १ महिना अघि

      भोटेकोशी बाढीपीडितलाई वाइबा समाजको राहत

      १ महिना अघि

      जनै बनाउने तालिमबाट सदस्यलाई सीपसँगै आत्मनिर्भर बनाउँदै ज्योति मिर्मिरे सामुहिक साकोस्

      १ महिना अघि

      गरिमा चौधरीको न्याय माग्दै बनेपामा दीप प्रज्वलन गरिँदै

      १ महिना अघि
    in
    आज: २०८३ आश्विन ३०, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    बिबिसीद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

  • सिरुपाते खबर
  • २०७९ जेष्ठ ३०, सोमबार (४ साल अघि)
  • १३२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • काभ्रे,
    राष्ट्रियस्तरमा खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भनी स्थापना भएको बनेपा ब्वाइज क्लब (बिबिसी)ले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको छ । खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भनी स्थापना भएको बिबिसी फुटबल क्लब र सोही क्लबलाई मातृत्व प्रदान गर्न र व्यवसायीक एवं सामाजिक व्यक्तित्वहरुको संयुक्त प्रयासमा समाजको दिगो विकास गर्न सकिन्छ भनी टिम बिबिसीको स्थापना गर्नुपर्छ भनेर बनेपा एवं आशपासका युवाहरुलाई समेटी “सामाजिक सद्भाव र आपसी सहकार्यका लागि टिम बिबिस” को नारा बोकेर स्थापना भएको टिम बिबिसीले गत शनिवार एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित भई आएका पनौती न.पा. वडा नं. ५ का वडाअध्यक्ष एवं टिम बिबिसीका सदस्य बिनोद खत्री र बनेपा नगरपालिकाका प्रमुख, उप–प्रमुख लगायत वडा नं. १ देखि १४ सम्मकै वडा अध्यक्षहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको हो ।

    संस्थाका संयोजक सरोेज कुमार तिमल्सीनाको सभापतित्व र संस्थापक संयोजक÷प्रमुख सल्लाहकार महेश कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका परिकल्पनाकार हरि कर्माचार्यले बनेपा र आसपासका व्यवसायी एवं सामाजिक क्रियाकलापमा आवद्ध व्यक्तिहरुको तत्कालको आवश्यकता परिपूर्तिको निमित्त सामुहिक रुपले एक ढिक्का भई कार्य गर्नका लागि टिम बिबिसीको स्थापना भएको जानकारी गराउँदै आजको दिनसम्म आइपुग्दा सबैको सहकार्य र सद्भावले गर्दा जुन उद्देश्य लिएर स्थापना भएको हो सो पुरा भएको बताएका छन् ।

    कार्यसमिति सदस्य विकास पन्तको उद्घोषणमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य कौशलराज खड्काको स्वागत मन्तव्य रहेको थियो भने पनौती न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिनोद खत्रीले सम्मानित हुन पाउँदा आफुलाई खुसी लागेको बताएका छन् । त्यसैगरी बनेपा नगर उप–प्रमुख बिमला सापकोटा दाहालले आफुले नयाँ जोश र जाँगर बोकेर आएको हुनाले आगामी ५ वर्ष नगरवासीले महशुस हुने गरी परिवर्तन देख्नु पाउने बताएका छन् ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफुले वर्षातमा बनेपालाई डुबानमुक्त बनाउने घोषणा पत्रमा लेखिए बमोजिम नै शपथ ग्रहण गरेको दिन देखिनै पूण्यमाता खोलाको माटो निकाल्ने काम गरेको र आफु सफल हुने संकेत पाइसकेको पनि बताएका छन् भने किसानले आफ्नो उत्पादनको मूल्य कौडीको भाउ पाउने तर उपभोक्ताले निकै महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने परिपाटीलाई अन्त्य गर्नको निमित्त नाला क्षेत्रमा कोल्ड स्टोर स्थापना गर्ने, करिब चालीस करोड बराबरको पाउडर दुध कारखानाको स्थापना गर्ने, बनेपा नगरपालिका भित्र पर्ने राजमार्गको छेउको ड्रेनको सफाई गर्ने लगायतका थुप्रै कार्यहरु अगाडि बढिसकेको बताएका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्माचार्यले सामाजिक संस्था गैर नाफामुलक हुने भएकोले तिनिहरुले गरेका कार्यक्रम र गतिविधिका आधारमा मूल्यांकन गरी वर्गिकरण गर्न आवश्यक रहेको र सोही अनुसार नगरपालिकाले कार्यक्रमहरु उपलब्ध गराउनु पर्ने बताएका छन् भने उक्त कार्यक्रमका सभापति तिमल्सिनाले टिम बिबिसी कुनै पनि पार्टीसँग आवद्ध नभएको र यो एक स्वायत्त सामाजिक संस्था भएकोले यस सबै विचार र आस्थाका व्यक्तित्वहरु संलग्न रही सामाजिक कार्यक्रमहरु गर्दै आएकोले नगरपालिका र नगरभित्रका १४ वटै वडाले कुनै पनि कार्यक्रममा संस्थालाई सम्झिन सकिने र सहकार्य गर्न सकिने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    बालेनको राष्ट्रसंघ सम्बोधनपछि गोकुल बाँस्कोटाले भने– ‘देशको भावना बोले’

    भोटेकोशी बाढीले बिद्यालय र विद्यार्थी आउने गाउँनै बगाएपछि सधैंका बन्द हुँदै बिदुरका पाँच विद्यालय

    समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    काभ्रे खबर

    राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ अभियान रोशी गाउँपालिकामा सम्पन्न

    काभ्रेमा रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

    रैथाने भिलेज रिसोर्टद्वारा श्री राम माविका १४० विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

    सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिको विवरण माग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८२६७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७८५९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४७९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६३१८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६३१६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑