• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ ६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ दिन अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      ५ दिन अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      ६ दिन अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      ६ दिन अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      १ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      १ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      १ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      २ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      २ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ३ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      ३ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      ३ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ ६, मंगलबार
    होमपेज /  काभ्रे खबर

    बिबिसीद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

  • सिरुपाते खबर
  • २०७९ जेष्ठ ३०, सोमबार (३ साल अघि)
  • ८७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे,
    राष्ट्रियस्तरमा खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भनी स्थापना भएको बनेपा ब्वाइज क्लब (बिबिसी)ले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको छ । खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भनी स्थापना भएको बिबिसी फुटबल क्लब र सोही क्लबलाई मातृत्व प्रदान गर्न र व्यवसायीक एवं सामाजिक व्यक्तित्वहरुको संयुक्त प्रयासमा समाजको दिगो विकास गर्न सकिन्छ भनी टिम बिबिसीको स्थापना गर्नुपर्छ भनेर बनेपा एवं आशपासका युवाहरुलाई समेटी “सामाजिक सद्भाव र आपसी सहकार्यका लागि टिम बिबिस” को नारा बोकेर स्थापना भएको टिम बिबिसीले गत शनिवार एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित भई आएका पनौती न.पा. वडा नं. ५ का वडाअध्यक्ष एवं टिम बिबिसीका सदस्य बिनोद खत्री र बनेपा नगरपालिकाका प्रमुख, उप–प्रमुख लगायत वडा नं. १ देखि १४ सम्मकै वडा अध्यक्षहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको हो ।

    संस्थाका संयोजक सरोेज कुमार तिमल्सीनाको सभापतित्व र संस्थापक संयोजक÷प्रमुख सल्लाहकार महेश कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका परिकल्पनाकार हरि कर्माचार्यले बनेपा र आसपासका व्यवसायी एवं सामाजिक क्रियाकलापमा आवद्ध व्यक्तिहरुको तत्कालको आवश्यकता परिपूर्तिको निमित्त सामुहिक रुपले एक ढिक्का भई कार्य गर्नका लागि टिम बिबिसीको स्थापना भएको जानकारी गराउँदै आजको दिनसम्म आइपुग्दा सबैको सहकार्य र सद्भावले गर्दा जुन उद्देश्य लिएर स्थापना भएको हो सो पुरा भएको बताएका छन् ।

    कार्यसमिति सदस्य विकास पन्तको उद्घोषणमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य कौशलराज खड्काको स्वागत मन्तव्य रहेको थियो भने पनौती न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिनोद खत्रीले सम्मानित हुन पाउँदा आफुलाई खुसी लागेको बताएका छन् । त्यसैगरी बनेपा नगर उप–प्रमुख बिमला सापकोटा दाहालले आफुले नयाँ जोश र जाँगर बोकेर आएको हुनाले आगामी ५ वर्ष नगरवासीले महशुस हुने गरी परिवर्तन देख्नु पाउने बताएका छन् ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफुले वर्षातमा बनेपालाई डुबानमुक्त बनाउने घोषणा पत्रमा लेखिए बमोजिम नै शपथ ग्रहण गरेको दिन देखिनै पूण्यमाता खोलाको माटो निकाल्ने काम गरेको र आफु सफल हुने संकेत पाइसकेको पनि बताएका छन् भने किसानले आफ्नो उत्पादनको मूल्य कौडीको भाउ पाउने तर उपभोक्ताले निकै महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने परिपाटीलाई अन्त्य गर्नको निमित्त नाला क्षेत्रमा कोल्ड स्टोर स्थापना गर्ने, करिब चालीस करोड बराबरको पाउडर दुध कारखानाको स्थापना गर्ने, बनेपा नगरपालिका भित्र पर्ने राजमार्गको छेउको ड्रेनको सफाई गर्ने लगायतका थुप्रै कार्यहरु अगाडि बढिसकेको बताएका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्माचार्यले सामाजिक संस्था गैर नाफामुलक हुने भएकोले तिनिहरुले गरेका कार्यक्रम र गतिविधिका आधारमा मूल्यांकन गरी वर्गिकरण गर्न आवश्यक रहेको र सोही अनुसार नगरपालिकाले कार्यक्रमहरु उपलब्ध गराउनु पर्ने बताएका छन् भने उक्त कार्यक्रमका सभापति तिमल्सिनाले टिम बिबिसी कुनै पनि पार्टीसँग आवद्ध नभएको र यो एक स्वायत्त सामाजिक संस्था भएकोले यस सबै विचार र आस्थाका व्यक्तित्वहरु संलग्न रही सामाजिक कार्यक्रमहरु गर्दै आएकोले नगरपालिका र नगरभित्रका १४ वटै वडाले कुनै पनि कार्यक्रममा संस्थालाई सम्झिन सकिने र सहकार्य गर्न सकिने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    समाचार

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६८७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९८० पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८५९ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७९८ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६४७ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३२४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑