• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण २६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बिराटनगरका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

      १ घण्टा अघि

      पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

      ६ दिन अघि

      बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

      १ हफ्ता अघि

      शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

      २ हफ्ता अघि

      आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

      २ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

      २ हफ्ता अघि

      शिक्षामा लगानी नै सामाजिक रूपान्तरणको आधार : सुर्खेतमा श्याम–फुलुमाया फाउण्डेसनको शिक्षा शुल्क सहयोग

      ३ हफ्ता अघि

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      १ महिना अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ महिना अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ महिना अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १ महिना अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ महिना अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ महिना अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण २६, मंगलबार
    होमपेज /  बागमती

    अध्यक्ष लोप्चनबारे तथ्य बंग्याएर यसरी गरियो दूष्प्रचार ‘चुनावको मुखमा चरित्रहत्या गर्न भ्रम छरियो’

  • सिरुपाते खबर
  • २०७९ बैशाख १०, शनिबार (४ साल अघि)
  • १२४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • काठमाडौं

    ललितपरको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनबारे अहिले एउटा समाचार भाइरल भइरहेको छ । समाचारको विषयवस्तु छ ‘सालीको गाडी पालिकाले भाडामा लियो, अनि अध्यक्ष लोप्चन अहिले आफैं त्यो गाडी चढ्ने गर्छन् ।’

    समाचारसँगै बागमती गाउँपालिकाले गाडी भाडामा लिन गरेको सम्झौता पत्र पनि सार्वजनिक भएको छ । जसमा पहिलो पक्षको तर्फबाट पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले र दोस्रो पक्षका तर्फबाट बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारकी मखमली घलेले हस्ताक्षर गरेकी छिन् ।

    के मखमली अध्यक्ष लोप्चनकी साली नै हुन् ?
    समाचारमा अध्यक्ष लोप्चनकी सालीका रुपमा मखमली घलेको नाम उल्लेख छ । तर तथ्य केही भिन्न छ । अध्यक्ष लोप्चनकी जम्मा दुई जना साली छन् । उनीहरु मध्ये जेठी हुन् निर्मला घले र कान्छी पार्वती घले । मखमली घले नाम गरेको साली अध्यक्ष लोप्चनका छैनन् ।
    मखमली खासमा लोप्चनको ससुराली गाउँ प्युटारकै हुन् । यो हिसाबले उनी ससुराली गाउँकी हुन् तर साली होइनन् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई केपी ओलीको साले भनिए झै बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनको सालीका रुपमा मखमलीको प्रचार गरियो । सम्झौता ७७ कात्तिक अघि नै भएको थियो । तर यो विषयको प्रचार चाहिँ २० महिना पछि अहिले चुनावको ठिक सम्मुखमा गरियो । सालीको गाडी भिनाजुले पालिकालाई भाडामा लगाएर सालीको हित गरिदिएको भनेर प्रचार गर्न सक्दा राजनीतिक लाभ लिन सकिने स्पष्ट योजनाअनुसार नै यस्तो भएको अध्यक्ष लोप्चन बताउँछन् ।

    मासिक १ लाख ८० हजार भाडा के प्रचलित दरभन्दा बढी हो ?

    बागमती गाउँपालिकाले भाडामा लिएको गाडी महिन्द्रा स्कारपियो फूल अप्सन फोर ह्वीलवाला हो । मासिक १ लाख ८० हजार रुपैयाँ गाउँपालिकाले भाडाका रुपमा दिने गरी सम्झौता गरेको विषयलाई पनि अतिरञ्जित गर्न खोजिएको देखिन्छ । तथ्य त यो हो कि स्कारपियो त्यो पनि फूल अप्सल फोर ह्वीलवाला गाडी दिनको ८ हजार भन्दा कममा भाडामा पाइँदैन । स्कारपियोको प्रचलित भाडा दर नै दिनको ८ हजार हो । अर्थात ३० दिन वा महिनाको २ लाख ४० हजार हुन्छ । तर पालिकाले मासिक १ लाख ८० हजारमा लिएको छ । चलेको बजार भाउ अनुसार यो मूल्य अस्वभाविक होइन । त्यसमाथि १० प्रतिशत त कर पनि कट्टा हुन्थ्यो । कर काटेर गाडी धनीले पाउने भनेको दिनको ५ हजार ४ सय मात्रै हो । दिनको ५ हजार ४ सय भाडा तिरेर लिएको गाडी गाउँपालिकाले दैनिक १६ घण्टाको दरले चलाउँथ्यो ।

    सालीको गाडी भाडामा लिएर आफैंले चढेको भन्ने आरोप अध्यक्ष लोप्चनमाथि छ । तर भाडामा लिने निर्णय १५ सदस्यीय गाउँपालिका बोर्डले गरेको थियो ।

    सस्तो गाडी भाडामा लिन सकिन्न थियो ?

    ललितपुर जिल्ला भनेपछि धेरैले जावलाखेल, लगनखेल सहरी सुगम क्षेत्र बुझ्ने गर्छन् । तर बागमती गाउँपालिका ललितपुरको दुर्गम गाउँ हो । केही गाउँ त कर्णालीको झल्को दिने खालका पनि छन् । यस्तो दुर्गम गाउँका लागि काठमाडौंमा चल्ने जस्तो मारुती ८०० सीसीका साना गाडीहरु उपयोगी हुँदैनन् । दूर्गम गाउँको वास्तविकता नबुझी ‘यति महँगो गाडी भाडामा लिएर फुजुलमा सरकारी बजेट दूरुपयोग गरेको’ भनेर पनि टिप्पणी भइरहेको छ ।

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम यसरी फैल्याइयो

    अध्यक्ष वीरबहादुर लोप्चनका छोरा सूर्यकिरण लोप्चनलाई थाङसिंटार अस्पतालमा जागिर दिलाएको भनेर पनि अहिले प्रचार भइरहेको छ । तथ्य त यो हो कि लोप्चनका छोरा सूर्यकिरण आफैं डाक्टर हुन् । पटक पटक अमेरिका जान्छु भन्दै खुट्टा उचाल्ने छोरालाई बाबु वीरबहादुरले जबर्जस्ती नेपाल राखेका छन् । बागमती जस्तो दुर्गम गाउँमा गएर काम गरिदिने चिकित्सक भ्याकेन्सी खोल्दा समेत नपाएपछि अध्यक्ष आफैंले छोरालाई अस्पतालमा बसेर जनताको सेवा गर्न दबाब दिए । बाबुको दबाबका कारण उनी अस्पतालमा काम गरिरहेका छन् । अध्यक्ष लोप्चन भन्छन्, ‘चुनावमा गाउँमै डाक्टर ल्याउँछु भनेर भाषण गरिहालेँ । पछि थाहा भयो, पढेका डाक्टर त गाउँमा आउनै नमान्दा रहेछन् । बोेलेको वचन पूरा गर्नुपर्छ भनेर ललितपुरकै स्टार अस्पतालमा काम गर्ने छोरोलाई जबर्जस्ती गाउँमा ल्याएको छु । यो गाउँमा बसेर काम गर्छु भन्ने एक जना पनि कोही डाक्टर तयार हुन्छ भने म भोलि नै छोरालाई त्यहाँबाट राजीनामा दिन लगाएर उसैलाई राख्ने प्रक्रिया थालिदिन्छु ।’ अध्यक्ष लोप्चनका छोरा सूर्यकिरणले जोरपाटीस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेका थिए ।

    भतिजोलाई चालक राखेको कुरा पनि अतिरञ्जित

    गाउँपालिकाले २० महिनाको लागि गाडी भाडामा लिने सम्झौता गरेको सम्झौता पत्रमा उल्लेख छ । ७७ कात्तिकदेखि ७८ असारसम्मको यो अवधिमा अध्यक्ष लोप्चनका भतिजा बुद्धिमानले एक महिना अध्यक्ष लोप्चनको गाडी चलाए । त्यसअघि उनी गाउँपालिकाका कर्मचारीहरु चढ्ने गाडी चलाउँथे – मासिक २२ हजार तलबमा । यो विषयलाई यसरी प्रचार गरियो कि मानौ – अध्यक्षले बेरोजगार भतिजलाई रोजगारी दिएर कल्याण गरिदिएका हुन् । चालकको मासिक तलब २२ हजार मात्रै हुन्छ । जबकी काठमाडांैमा ट्याक्सी चलाउनेहरुले महिनामा कम्तिमा ५० हजार जोगाउँछन् । दुर्गम गाउँको भीर पाखामा बनेका कच्चा सडकमा जोखिमयुक्त काम गर्नुभन्दा काठमाडौंमा ट्याक्सी चलाउन बढी सहज हुन्छ । चालक नभएको बेला एक महिना अध्यक्ष लोप्चनको गाडी चलाएको कुरालाई अतिरञ्जित बनाएको देखिन्छ ।

    यस्तो किन भयो त ?

    वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । १५ महिनादेखि चलिरहेको विषय निर्वाचनको २० दिन अघि सनसनीपूर्ण तरिकाले सार्वजनिक हुनुलाई अध्यक्ष लोप्चन राजनीति प्रेरित कर्म भएको बताउँछन् । उनी भन्छन् – यो विषयको अन्तरवस्तु मलाई सोधेर समाचार लेखेको भए सबै भनिहाल्थे । तथ्य बंग्याएर यस्तो समाचार सार्वजनिक हुनु भनेको कसैको राजनीतिक स्वार्थ पूरा गर्ने काम मात्रै हो भन्ने लाग्छ ।

    विकास टाइम्सबाट साभार

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    बिराटनगरका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    समाचार

    बिराटनगरका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    बाजुराका बाढी–पहिरो पीडितको सहारा बन्यो काभ्रे पनौतीको श्याम फुलुमाया फाउन्डेसन

    शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिट सिला’ साउन १८ गते बाट बजारमा आउँदै

    काभ्रे खबर

    बिराटनगरका ४ सय ८५ विद्यार्थीलाई ट्र्याकसुट सहयोग , श्याम फुलमाया फाउन्डेसन सम्मानित

    पनौती नगरपालिका र रेयुकाई एइको मासुनागा आँखा अस्पतालबीच निःशुल्क आँखा उपचार सेवाका लागि सम्झौता

    आफैं घर भत्काउन थाले पनौतीका नागरिक : सार्वजनिक जग्गा संरक्षण अभियानबाट नगरपालिका पछि हट्दैन – नगर प्रमुख भण्डारी

    काठमाडौं विश्वविद्यालयको निरीक्षण गर्दै मन्त्री महावीर पुन, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकासको आधार बनाउन आग्रह

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१९२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७९५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६४१० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६२३६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६२३३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६१२३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑