• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २७, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ७ घण्टा अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ३ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ४ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ६ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २७, आईतबार
    होमपेज /  राजनीति

    पूर्वाधार विकास गर्दा वातावरण संरक्षणमा विशेष जोड दिन राष्ट्रपतिको आह्वान राष्ट्रपतिद्वारा पुननिर्मित प्राचीन कालिका मन्दिर उद्घाटन

  • सिरुपाते खबर
  • २०७८ चैत्र १६, बुधबार (४ साल अघि)
  • ७६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    कानपुर (नमोबुद्ध)–राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारको विकास गर्ने क्रममा वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
    २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित प्राचीन कालिका मन्दिर समुद्घाटन कार्यक्रमलाई आज संवोधन गर्दै भण्डारीले विकास सम्वन्धी नीति, कार्यक्रम र योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्प गर्न पनि जनप्रतिनिधि तथा सम्वद्ध सबैलाई विशेष आह्वान गर्नुभयो । ‘स्थानीय तहमा भौतिक निर्माण एवं पूर्वाधार निर्माण गर्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हरियाली प्रवद्र्धन गर्ने, पानीका मुल बचाउने जैविक विविधताको रक्षा गर्ने गरेमा मात्र यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि सुरक्षित बनाउन सक्दछौं ।’
    ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि नमोबुद्ध नगरपालिकाले देखाएको अग्रसरताको प्रशंसा गर्दैै भण्डारीले राष्ट्रपति भण्डारीले भुकम्पले भत्काएका सम्पदाहरु अझ बलियो र स्थायीरुपमा पुननिर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास पनि अझै बलियो भएको बताउनुभयो । स्थानीय तहमा जनताद्वारा छानिएका जनप्रतिनिधिबाट विकासका काम सञ्चालन भई जनताका दैनिक आवश्यकताको प्रत्यक्ष संवोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको भण्डारीको भनाई थियो ।
    नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरिरहेको थाहा पाउँदा खुशी लागेको पनि भण्डारीले बताउनुभयो । नमोबुद्ध नगरपालिकामा पर्यटन क्षेत्रको विकासका लागि भइरहेको कार्यको सराहना गर्दै भण्डारीले मुलुककै राजधानी काठमाडौं र अझै नजिकको धुलिखेललाई गन्तव्य बनाउने पर्यटकको केही संख्यालाई नमोबुद्धमा भित्र्याउन सके मात्रै पनि स्थानीय समुदायको जीवनस्तर माथि उठाउन ठूलो मद्दत पुग्ने बताउनुभयो । दाप्चा र नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न भइरहेको पहलले यो क्षेत्रको पर्यटनमा थप फलदायी बन्ने विश्वास व्यक्त गर्दै भण्डारीले भन्नुभयो, ‘यसका लागि भइरहेको आवश्यक पूर्वाधार निर्माणमा यहाँहरुले गरिरहनुभएको प्रयास फलदायी हुने विश्वास लिएको छु । यस कार्यमा मेरो सदैव सहयोग र शुभकामना रहनेछ ।’
    कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी. शर्मा तिमल्सिनाले प्राचीन कालिका मन्दिर पुननिर्माणका लागि सहयोग गर्ने पुरातत्व विभागसहित सबैमा धन्यवाद व्यक्त गर्दै ऐतिहासिक धरोहरको संरक्षण र सम्वद्र्धनको कार्यमा हौसला बढाउन उपस्थित हुनुभएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आभार प्रकट गर्नुभयो । कृषि व्यापार र पर्यटन हाम्रो सशक्त अभियान मुल नारासहित अघि बढिरहेको नमोबुद्ध नगरपालिकाले यस क्षेत्रका धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्रको संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिँदै आएको बताउँदै तिमल्सिनाले नगरपालिकाले कानपुर क्षेत्रको रक्तकाली मन्दिरसहित नगरभित्रका प्राचीन मठमन्दिरको पुननिर्माण गरिसकेको तथा नमोबुद्ध गुम्बा क्षेत्रको पुननिर्माण र संरक्षणमा नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो । नमोबुद्ध गुम्बा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागिसमेत प्रयास अघि बढिसकेको तथा ऐतिहासिक दाप्चा बजारको पुनरुत्थानका लागि कार्य सुरु भइसकेको उहाँको भनाई छ । कृषि, व्यापार र पर्यटनबाट यस क्षेत्रलाई समृद्ध बनाउन नगरपालिकाले नगरबासी र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुसँग हातेमालो गर्दै अघि बढेको जानकारी दिँदै तिमल्सिनाले सेवा प्रवाहलाई सहज र सरल बनाउन नगरका सबै वडामा वडा कार्यालय, स्वास्थ्य संस्था, सडक निर्माण लगायतका भौतिक पूर्वाधारको विकास पनि निरन्तररुपमा अघि बढिरहेको पनि बताउनुभयो ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले राष्ट्रप्रमुखलाई आफ्ना आगनमा स्वागत गर्न पाउँदा सम्पूर्ण नमोबुद्ध नगरबासी खुशी भएको बताउनुभयो । नमोबुद्ध, कालिका मन्दिर, जगवैजेश्वर, अमर अखण्ड हरिनाम संकीर्तन, मथुरेश्वर, बुचाकोट भगवती लगायतका क्षेत्रको धार्मिक एवं सांस्कृतिक विशिष्टताले नमोबुद्ध नगर सम्पन्न रहेको पौडेलले बताउनुभयो । कृषिलाई आधुनिकतातर्फ लैजान भइरहेको प्रयत्नबारे जानकारी गराउँदै उहाँले कृषि र पशुपालनको क्षेत्रमा आत्मनिभरतातर्फ उन्मुख गर्न विभिन्न कार्य भइरहेको बताउनुभयो । सार्वजनिक सेवा प्रवाह, पारदर्शिता, सूचनाको हक र सुशासनको क्षत्रमा राज्यले तय गरेका मापदण्डको पूर्ण पालना गरी लोकतन्त्रको लाभ सबै क्षेत्र र वर्गले लिन सक्ने गरी सबै वडा कार्यालय, स्वास्थ्य संस्थाको भवन निर्माण गरिएको पनि पौडेलले बताउनुभयो । भौतिक क्षेत्रको विकासका साथै सामाजिक विकासका लागि पनि सक्रियतापूर्वक काम भइरहेको पौडेलको भनाई थियो ।
    कार्यक्रममा राष्ट्रपति भण्डारीलाई नमोबुद्ध नगरपालिका र सम्पूर्ण नगरबासीको तर्फबाट अभिनन्दन गरिएको थियो । यस्तै कालिका मन्दिर पुननिर्माणमा महत्वपूर्ण भूमिका खोल्ने पुरातत्व विभागलाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले पुननिर्मित कालिका मन्दिरको समुद्घाटनसँगै पूजाअर्चनासमेत गर्नुभएको थियो । विक्रम संवत १८३८ मा निर्माण भएको उक्त मन्दिर २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भएको थियो । मन्दिर पुननिर्माण पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो । मन्दिर पुननिर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुननिर्माण प्राधिकरण र शहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्तरुपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    समाचार

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    काभ्रे खबर

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑