• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ३१, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ४ घण्टा अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      १४ घण्टा अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      ५ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      ३ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ ३१, मंगलबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • राजन दाहाल
  • २०८० अषाढ १३, बुधबार (२ साल अघि)
  • ४३०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    पनौती नगरपालिका दोस्रो कार्यकालका जनप्रतिनिधि आए देखि हालसम्म विवादै विवादले अगाडि बढेको छ । सपथ ग्रहणदेखि सुरुभएको मनमुटाव एक बर्ष सकिदा पनि जस्ताको त्यस्तै छ । हुनत स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन तरपनी पनौती नगरपालिकाका जनप्रतिनिधिहरु एक नहुदा पनौतीको बिकासमा धक्का लागेको स्थानीयहरु बताउँछन् । नगरपालिकामा हुने विभिन्न गतिविधि तथा नगर संचालनमा जनप्रतिनिधिबीच सहमति नजुट्दा नगरपालिकाको कार्यपालिका बैठक देखि नगर सभा समेत अबरुद्ध हुन पुगेको छ । नगरको समग्र बिकासको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेट ल्याउने जस्तो गरिमामय नगरसभामा बिरोध हुनु र बिरोध पछि सभानै स्थगित हुनु जनप्रतिनिधिहरुनै बिकासको विपक्षमा रहेको हो कि भन्ने आभास पनौतीका स्थानीहरुमा छाएको छ ।
    पनौती नगरमा पछिल्लो समयमा नगरसभानै स्थगित हुनेगरि भएको बिबाद भने सगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण (Organization and Management – O&M) रहेको पाइएको छ । हाल पनौती नगरपालिकामा २२ जना करारका कर्मचारी कानुन भन्दा बाहिर रहेर काम गरिरहेका छन् । उनिहरुलाइ अघिल्लो कार्यकालमै प्रमुख भिम न्यौपानेले नगरपालिकामा आफुखुसी दरबन्दी शृजना गरि करार कर्मचारीको रुपमा नियुक्ति गराउनु भएको थियो । तिनै २२ जना कर्मचारील बुझेको तलवलाई महालेखाले बर्षैपिछे बेरुजु निकाल्ने गरेको छ नगरपालिकाले जनाएको छ । O & M लागू गर्दा आफ्नो पालामा भर्ती गरेका कर्मचारीको जागीर जाने र कार्यकर्ता घट्ने हाउगुजी एतिखेर पनौती एमालेमा परेको छ । त्यसैले नगरसभाबाट पास हुन नदिन र पास भए बर्बाद हुन्छ भन्ने उद्देश्यले एमलेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभामा बिरोध जनाएका हुन ।
    पनौती नगरका नगर प्रमुख रामशरण भण्डारीले नगरको कार्यबोझ,राजश्व क्षमता, खर्चको आकार स्थानीय आवश्यकता आदिलाइ ध्यानदिइ कुन शाखामा कति कर्मचारी आवश्यक पर्दछ र कुन तहको कर्मचारीले कति मात्र सम्पादन गर्न सक्दछ त्यसको एकिन गर्नको लागि पनौती नगरमा O&M लागू गर्न आबश्यक रहेको र यसलाई नगरसभाबाट पारित गरि लागू गर्ने प्रक्रियामा अगाडि बढाउँदा एमाले भित्र रोइलो मच्ची विवाद झन चुलिएको हो ।
    स्थानीय सरकार सँचालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहमा कर्मचारी नियुक्ति गर्दा O&M गरेर मात्र कर्मचारि नियुक्ती गर्न पाउने व्यवस्था भएको र पनौतीको सवालमा महालेखा परीक्षकको कार्यालयले पनि विगत लामो समय देखि O&M नगरी कर्मचारी नियुक्ती गर्दा उनीहरुलाइ दिइएको सेवा सुविधा आर्थिक ऐन विपिरत हो भनी पटक पटक बेरुजु देखाउँदै आएको कारण आफुले लागु गरि नगर संचालन गर्न खोजेको नगर प्रमुख भण्डारी बताउनुहुन्छ ।
    स्थानीय सरकार संचालन ऐनको उपदफा ८ मा नगरले नगर प्रहरी, सवारी चालक, माली , बगैचे, परिचर आदि मात्र नियुक्ति गर्न पाउने व्यवस्था भएको र सँघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयको २०७४ चैत्र १४ को परिपत्रमा पनि करार कर्मचारी व्यवस्थापन कार्यविधि भन्दा बाहिर गइ नगरपालिकामा कर्मचारी नियुक्ती गरि रकम भुक्तानी गरेमा भुक्तानी भएको कर्मचारीबाट असुल उपर गरिने व्यवस्था भएको कारण यो विधि नगरमा लागू गर्नुपर्नेमा प्रमुख भण्डारीको जोड रहेको छ ।
    यस पनि वर्ष ८८ लाख ३३ हजार तलवमा वेरुजु देखाएकोले नगरमा O&M लागु गर्नुपर्ने आबश्यक रहेको बताउनुहुन्छ पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने । हाल कार्यरत कर्मचारीहरुमा O&M गर्यो भने त सबैको जागिर जान्छ भनेर भ्रम सिर्जना गर्न खोजिएको छ , यो कदापी होइन O&M पछि पनि वर्तमान कर्मचारीहरुबाट नै कार्यालय सँचालन हुने उहाँले बताउनुभएको छ । साथै उहाँले मात्र यसलाइ बैधानिकिकरण गर्न खोजिएको बताउनुभयो ।
    संविधान भन्दामाथी कोहि पनि जनप्रतिनिधि नहुने र नगरक नागरिकको हित र भलाइका लागि विधि, विधान र ऐनमा टेकेर नगरपालिका संचालित हुनुपर्ने कुरा जनस्तरबाट पनि उठ्न थालेको छ । असमझदारी भए आन्तरिक छलफलबाट समाधान खोज्नुपर्ने पनौतीबासिको भनाइ छ । बिरोधका लागि बिरोधमात्र गरेर समस्याको समाधान नहुने र बिकास गर्न भनी निर्वाचित गरेर पठाएको जनप्रतिनिधिहरु मिलेर पनौतीको बिकासमा लाग्नुपर्ने पनौतीका सचेत नागरिकहरुको गुनासो रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    समाचार

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    काभ्रे खबर

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४८८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१६६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८३५ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७२२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३०४ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑