• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ७, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ दिन अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ६ दिन अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      १ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      १ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      १ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      १ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      २ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      २ हफ्ता अघि

      ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

      ३ हफ्ता अघि

      तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

      ३ हफ्ता अघि

      तामाङ संघ बागमती प्रदेशको बैठक : असार २७ र २८ गते अधिबेशन गर्ने तयारी

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

      ३ हफ्ता अघि

      निर्यातको भ्रमजाल: तेल व्यापार, डलरको चाप र दिगोपनको खोजी

      ४ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

      १ महिना अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

      १ महिना अघि
    in
    आज: २०८२ अषाढ ७, शनिबार
    होमपेज /  आर्थिक

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० भाद्र ३१, आईतबार (१ साल अघि)
  • ४६२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे/ बनेपा

    आफ्ना विरुद्ध सञ्चारमाध्यममा अनर्गल प्रचार भएपछि बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले प्रेस काउन्सिलमा उजुरी दिएका छन् । २०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर समाचार प्रकाशित भएपछि उनी ती सञ्चारमाध्यमविरुद्ध काउन्सिल पुगेका हुन् ।
    आइतबार दर्ता भएको उजुरीमा कामना प्रकाशन प्रालिको अनलाइन संस्करण न्यूज अफ नेपाल डटकममा पत्रकार मोतिराम तिमल्सिनाको बाइलाइनमा प्रकाशित मलद्वारमा लुकाइ ल्याएको ‘सुन’ले काभ्रे कांग्रेसमा खैलाबैला भन्ने शीर्षकको समाचारले व्यक्तिगत मानमर्दन र चरित्रहत्या गर्ने काम भएको उल्लेख छ । सोही सञ्चार संस्थाको मिति २०८० भाद्र ३१ गते प्रकाशित नेपाल समाचार पत्रको प्रथम पृष्ठमा मलद्वारको ‘सुन’ले प्रदेश मन्त्री संकटमा भन्ने शीर्षकको समाचार पनि निराधार, तथ्यहीन र अनर्गल प्रचार गर्ने उद्देश्यका साथ प्रकाशित भएको मन्त्री लामाले बताए । २०८० भदौ २९ गते नेपाल प्रेस डटकममा पनि ‘मलद्वारमा लुकाएर सुन तस्करी गर्ने गिरोहमा मन्त्री तीर्थ लामा नै जोडिए, पोल खुलेपछि तरुण दलका नेता फरार, बाग्मती प्रदेशका मन्त्री तथा काभ्रे कांग्रेसका सभापति तीर्थ लामाको सुन तस्करी गिरोहसँग कनेक्सन पुष्टि, पक्राउ परेकाबारे माओवादी सांसद सूर्यमान दोङको चासो’ भन्ने शीर्षकमा पनि अनर्गल र तथ्यहीन समाचार प्रकाशित भएकोले उक्त समाचारहरुले पत्रकार आचारसंहिताको समेत उल्लंघन गरेकोले प्रेस काउन्सिलले गम्भीरतापूर्वक छानविन गरी दोषीलाई कार्वाही गराउन र स्वतन्त्र प्रेसको मर्यादा कायम राख्न पनि मन्त्री लामाले माग गरेका छन् ।
    ‘कपोलकल्पित, तथ्यहिन र पूर्वाग्रही’ समाचारले आफूलाई मर्माहत र दुःखित तुल्याएको भन्दै उनले समाचारमा कुनै सत्यता नरहेको र कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्ति जारी गरेका थिए । मन्त्री लामाले जारी गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा आफू दृढ रहेको उल्लेख गर्दैै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न आवश्यक अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोगका लागि प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ । गलत सूचनाका आधारमा कसैको मानहानी हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्त अनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभापतिको चरित्र हत्या गर्ने, सामाजिक मर्यादामा आँच पु¥याउने दुषित मनसायका साथ प्रकाशित झुठा र आधारहीन समाचारप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे घोर भत्र्सना, निन्दा एवं खण्डन गर्दै उक्त झुठा समाचारको कारण कुनै भ्रममा नपर्नु हुन सम्पूर्ण जनसमुदाय समक्ष अनुरोध गरिएको छ । नेपाली कांग्रेस काभ्रेले उक्त घटना उपर छानविन एवं अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दै प्रकृयामा सहयोग गर्न नेपाली कांग्रेस काभ्रे प्रतिबद्ध रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    समाचार

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

    काभ्रे खबर

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५३६५ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५०४४ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७१२ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६२७ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२१३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३२५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑