• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन २८, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      ५ दिन अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      २ हफ्ता अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      २ हफ्ता अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      ३ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      ३ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      ३ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      ४ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      ४ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      १ महिना अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      १ महिना अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      १ महिना अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      १ महिना अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ महिना अघि
    in
    आज: २०८२ फागुन २८, बिहिबार
    होमपेज /  कोशी

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

  • राजन दाहाल
  • २०८२ जेष्ठ ३१, शनिबार (९ महिना अघि)
  • ८३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    इटहरी
    नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तामाङ संघ कोशी प्रदेशको प्रथम भेला तथा प्रदेश अधिवेशन शुक्रबार कोशी प्रदेशको इटहरीमा सम्पन्न भएको छ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सुबास मोक्तानलाई संघको अध्यक्ष पदमा निर्विरोध रूपले चयन गरेसँगै कोशी प्रदेशमा तामाङ समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक प्रतिनिधित्वलाई थप सशक्त बनाउन सुरु भएको छ । यसले समुदायभित्र एकता र सहकार्यको सन्देश प्रवाह गरेको छ भने आगामी दिनमा तामाङ समुदायको हकहितका लागि अझ प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।
    नेपाल तामाङ संघको प्रदेश अधिवेशनको उद्घाटन सत्र महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको थियो । अधिवेशनमा विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा सामुदायिक एकताको सन्देश प्रस्तुत गरिएको थियो। सांस्कृतिक कार्यक्रमअन्तर्गत तामाङ सेलो, ढोले नाच, र परम्परागत पहिरनको प्रदर्शनीले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। उपस्थित सबैले आपसी भाइचारा, सहकार्य र गर्वको भावना व्यक्त गर्दै अधिवेशनलाई सफल बनाएका थिए।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गगन थापाले तामाङ समुदायको सांस्कृतिक सम्पदा, भाषा र पहिचान संरक्षणमा राज्य र समुदायबीच सहकार्य हुनुपर्ने कुरामा जोड दिएका थिए । उनले तामाङ समुदायको योगदानप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा अझ नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिवेशनमा प्रदेशभरिबाट प्रतिनिधिहरूको उल्लेख सहभागिता थियो। कार्यक्रमभित्रै नयाँ नेतृत्व चयन, संगठन सुदृढीकरणका योजना तथा सामाजिक विकासमा समुदायको भूमिकालाई प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो ।
    यस भेलाले सुबास मोक्तानको नेतृत्वमा कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा रोहित तामाङ, पदम तामाङ चयन भएका छन् । कोपिला तामाङ (महिला उपाध्यक्ष) का रूपमा चयन भएका छन् । जसले संघको नेतृत्वमा महिला प्रतिनिधित्वलाई पनि सुनिश्चित गरेको छ। सचिवको जिम्मेवारी देबेन्द्र तामाङलाई दिइएको छ भने पासाङ तामाङ र प्रिति तामाङ सहसचिवका रूपमा चुनिएका छन्।
    कार्यसमिति सदस्यहरूमा यज्ञ प्रसाद बल, अपिल लामा, मनिराज तामाङ, युवराज तामाङ, किशोर तामाङ, कुमार तामाङ, मदन स्याङ्बो, बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, निर्मल तामाङ, धनबहादुर तामाङ, चन्द्रबहाङदुर तामाङ, दिनेश तामाङ, सुमिर बम्जान, मनोज तामाङ, बहादुर तामाङ, प्रेम कुमार तामाङ, दिनेश तामाङ, डेनि तामाङ, आकाश ब्लोन तामाङ, र शिवराज तामाङ लगायत २१ जना सदस्यहरू रहेका छन्। यो व्यापक कार्यसमितिले कोशी प्रदेशका विभिन्न भेगबाट प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
    नेपाल तामाङ संघका केन्द्रिय सभापति रामकृष्ण लामाले कोशी प्रदेशमा आयोजित यो प्रथम भेलाले नेपाल तामाङ संघलाई संस्थागत रूप दिनुका साथै यस क्षेत्रमा तामाङ समुदायको एकता र सामूहिकतालाई थप बलियो बनाएको बताएका छन् । उनले कार्यसमितिलाई हार्दिक बधाई दिँदै तामाङ समुदायको हकहितका लागि निरन्तर र निस्वार्थ रूपमा कार्य गर्न शुभकामना व्यक्त गर्दै कोशी प्रदेशमा तामाङ समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रतिनिधित्व अझ सशक्त बनाउने र उनीहरूको आवाजलाई बुलन्द गर्न सबै तामाङ समुदाय एक ढिक्का भएर लाग्नुपर्ने बताएका छन् । आगामी दिनमा तामाङ समुदायलाई राष्ट्रिय विकासको मूल प्रवाहमा आफू हरदिन लागिपरेको बताए ।
    नवनिर्वाचित अध्यक्षले कार्यक्रममा सम्बोधन गर्दै नेपाल तामाङ संघ कोशी प्रदेशको संगठनात्मक सुदृढीकरणमा विशेष जोड दिने बताएका छन् । उनले भने “हाम्रो मुख्य उद्देश्य तामाङ समुदायको अधिकार र पहिचानका लागि अझ सक्रिय भूमिका निर्वाह गर्नु हो। संघलाई अझ बलियो र सुदृढ बनाउँदै इमानदार र मेहनती कार्यकर्तालाई नेतृत्वमा ल्याउने हाम्रो प्रतिबद्धता रहनेछ।” मोक्तानले तामाङ समुदायको मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा पनि संघले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । तामाङ समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू बढाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू अगाडि बढाउने समेत बताए ।

    प्रतिक्रिया दिनुहोस


    कोशी सम्बन्धि थप

    ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    समाचार

    ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    काभ्रे खबर

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८२९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४८२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०८९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९५२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७९९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑