• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २0 घण्टा अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      ३ दिन अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      ३ दिन अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      ५ दिन अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      ६ दिन अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      १ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      १ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      २ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      २ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      २ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      ३ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ १६, शनिबार
    होमपेज /  काभ्रे खबर

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

  • राजन दाहाल
  • २०८२ चैत्र ३०, सोमबार (१ महिना अघि)
  • ३३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    उदयपुर / कटारी

    आर्थिक अभाव र अशक्त अवस्थाका कारण कष्टकर जीवन बिताइरहेका उदयपुर जिल्लाको कटारी नगरपालिका–६, बाकेटार निवासी टिकबहादुर मङ्गराती (सार्की) का लागि दुई कोठे घर निर्माण अभियान सुरु हुने भएको छ। पनौती नगरपालिका, काभ्रेपलाञ्चोकस्थित श्याम फुलमाया फाउन्डेसनको पहलमा यो अभियान अघि बढाइएको हो।

    जीवनका अनेकौं संघर्ष झेलेका टिकबहादुरका लागि यो अभियान आशाको किरण बनेर आएको छ। उनका छोरा सुमन मङ्गराती तीन वर्षकै हुँदा आमाले छाडेर अन्यत्र गएको र त्यसयता टिकबहादुरले भारत तथा नेपालका विभिन्न स्थानमा श्रम गर्दै छोराको पालनपोषण गर्दै आएका थिए। हाल ९ वर्षका सुमन पाँच कक्षामा भर्ना हुने तयारीमा छन्।

    फाउन्डेसनको पहलमा निर्माण हुन लागेको घरमा ब्लक, गिटी, बालुवा, सिमेन्ट, ढुङ्गा लगायतका आवश्यक सामग्री प्रयोग गरिनेछ। सीमित स्रोतका बाबजुद पनि फाउन्डेसनले स्थानीय निकायसँग समन्वय गर्दै ७ देखि १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

    यस अभियानअन्तर्गत टिकबहादुर मङ्गरातीको नाममा ज्योति विकास बैंक लिमिटेडमा खाता खोलिएको छ र हालसम्म करिब २३ हजार रुपैयाँ खर्च भइसकेको जानकारी फाउन्डेसन दिइएको छ। साथै, उनका छोरा सुमनलाई सञ्चार पहुँचमा ल्याउन मोबाइल फोन तथा सिमकार्ड समेत उपलब्ध गराइएको छ। अझ महत्वपूर्ण कुरा, फाउन्डेसनका संचालक श्याम मगरातिले सुमनको कक्षा १२ सम्मको अध्ययनका लागि अभिभावकत्व ग्रहण गर्दै सम्पूर्ण शैक्षिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    श्याम फुलमाया फाउन्डेसनले आफ्नै हस्तकला उद्योगबाट प्राप्त आम्दानीमार्फत यस्ता सामाजिक कार्य सञ्चालन गर्दै आएको छ। विपन्न, अशक्त तथा असहाय व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित निरन्तर रूपमा सहयोग गर्दै आएको फाउन्डेसनको उदारता र सामाजिक उत्तरदायित्वप्रतिको समर्पण वास्तवमै उदाहरणीय बनेको छ।

    घर निर्माण अभियानका लागि कटारी नगरपालिका–६ का वडा अध्यक्ष प्रेमबहादुर मगरबाट सिफारिस प्राप्त भएको पनि फाउन्डेसनले जनाएको छ। फाउन्डेसनका सञ्चालक श्याम सार्की मङ्गरातीको नेतृत्वमा सञ्चालन भइरहेको यस पहलले समाजमा मानवता, सहकार्य र परोपकारको सशक्त सन्देश प्रवाह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    समाचार

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    काभ्रे खबर

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०४२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६५६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२५३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१०२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०७६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑