• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ घण्टा अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ४ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ४ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ५ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ५ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ६ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

  • राजन दाहाल
  • २०८३ बैशाख २४, बिहिबार (१ महिना अघि)
  • १९३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • पनौती

    पनौती नगरपालिका मा कर्मचारी व्यवस्थापन तथा संगठन संरचना पुनः मिलान गर्न ONM (Organization and Management Survey) अर्थात् “संगठन तथा व्यवस्थापन सर्वेक्षण” गरिने भएको छ। ONM सर्वेक्षण गर्न संघीय सरकारको परिपत्र भएपछि गत वैशाख १७ गते बसेको नगर कार्यपालिका बैठकले नगरभित्र कार्यरत कर्मचारीहरूको व्यवस्थापन गर्ने निर्णय गरेको हो । यो निर्णयसंगै यस विषयले फेरि चर्चा पाएको छ ।कार्यपालिकामा भएको निर्णय आगामी नगरसभामा पेश गरिने नगरपालिकाले जनाएको छ।

    पनौती नगरपालिकामा यही विषय लामो समयदेखि राजनीतिक विवादको केन्द्र बन्दै आएको थियो । यसअघि यही ONM सम्बन्धी विषयलाई लिएर नगरसभा समेत दुई पटकसम्म स्थगित भएको थियो। विशेषगरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना निकटका कर्मचारी हटाउने षड्यन्त्र गरिएको आरोप लगाउँदै पटक–पटक नगर सभा अवरुद्ध गर्दै आएका थिए। कर्मचारी व्यवस्थापनको विषय राजनीतिक स्वार्थसँग जोडिएपछि नगरपालिकाको निर्णय प्रक्रिया नै प्रभावित बनेको थियो।

    नगरपालिकाका एक वडा अध्यक्षले नाम नबताउने सर्तमा भने,

    “यो विषय दुई वर्ष अगाडि नै पास हुनुपर्ने थियो। हामीले अरूको कुरा सुनेर रोक्यौं, अब भने पास हुन्छ। नगरपालिकामा कर्मचारी व्यवस्थापन मिलाउन ढिलो भइसकेको छ।”

    स्थानीय तहभित्र कर्मचारीको संख्या, कार्यभार, आवश्यक दरबन्दी तथा संगठन संरचनाको अध्ययन गर्न गरिने ONM सर्वेक्षणलाई प्रशासनिक सुधारको महत्वपूर्ण प्रक्रिया मानिन्छ। यसमार्फत कार्यालयमा कति कर्मचारी आवश्यक छन्, कुन पद आवश्यक वा अनावश्यक छन्, सेवा प्रवाह प्रभावकारी छ कि छैन तथा दरबन्दी थपघट गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा विस्तृत अध्ययन गरिन्छ।

    नगरभित्र लामो समयदेखि आवश्यकताभन्दा बढी कर्मचारी राखिएको, कतिपय शाखामा कार्यभारअनुसार जनशक्ति अभाव रहेको तथा केही पद राजनीतिक पहुँचका आधारमा व्यवस्थापन गरिएको गुनासोसमेत उठ्दै आएको छ। ONM सर्वेक्षणपछि यस्ता विषयको औपचारिक अध्ययन हुने र त्यसकै आधारमा कर्मचारी तथा दरबन्दी पुनः व्यवस्थापन गरिनेछ।

    केही जनप्रतिनिधिहरूले ONM लाई प्रशासन सुधार र सुशासनको आधार मानेका छन् भने विरोधी पक्षले यसलाई “राजनीतिक प्रतिशोधको माध्यम” बनाउन खोजिएको आरोप लगाउँदै आएका थिए ।

     

    आगामी नगरसभामा यो विषय कसरी प्रस्तुत हुन्छ ? र कस्तो निर्णय निस्कन्छ ? भन्ने विषय अहिले पनौतीको स्थानीय राजनीतिक क्षेत्रमा चासोको विषय बनेको छ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    समाचार

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    काभ्रे खबर

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑