• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ५ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १९ घण्टा अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ३ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ३ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  आर्थिक

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

  • राजन दाहाल
  • २०८२ जेष्ठ २४, शनिबार (१ साल अघि)
  • ९८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३१ मिनेट
  • पनौती / काभ्रेपलान्चोक
    “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने अटल विश्वासका साथ स्थापित श्याम फुलमाया फाउन्डेसनले स्थापनाकालदेखि नै समाजका विभिन्न क्षेत्रमा अतुलनीय र अविस्मरणीय योगदान पुर्‍याउँदै आएको छ। २०८१ साल साउन २७ गते औपचारिक रूपमा दर्ता भए पनि, यस फाउन्डेसनले श्याम मगरातीको दूरदर्शी नेतृत्वमा २०७७ साल  देखि नै निस्वार्थ सेवाको बलियो जग बसाल्दै आएको थियो।
    फाउन्डेसनले केवल परोपकारी कार्यमा मात्र सीमित नरही, मानव जीवनको सर्वाङ्गीण विकासलाई केन्द्रबिन्दुमा राखेको छ। यसले आर्थिक सहायता, धार्मिक तथा सांस्कृतिक उत्थान, विपद् राहत, आवास पुनर्निर्माण, शैक्षिक प्रवर्द्धन, स्वास्थ्य सेवा र साहित्यिक प्रोत्साहन जस्ता बहुआयामिक क्षेत्रमा आफूलाई समर्पित गर्दै आएको छ। विशेष गरी, काभ्रेको पनौती नगरपालिका लगायत देशका विभिन्न जिल्लाहरूमा यस संस्थाले सयौँ असहाय र विपन्न जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको छ। श्याम फुलमाया फाउन्डेसनले आफ्ना कार्यक्रमहरूमार्फत समुदायमा दिगो प्रभाव पार्दै सामाजिक रूपान्तरणको अभियानमा सक्रिय भूमिका खेलिरहेको छ। यसरी, फाउन्डेसनले मानवीय सेवाको अनुपम उदाहरण प्रस्तुत गर्दै समाजमा सकारात्मक परिवर्तनको ज्योति फैलाइरहेको छ। यसको कार्यशैली र समर्पणले भविष्यमा अझ धेरै जीवनमा आशा र खुसी ल्याउने निश्चित छ।
    ।
    फाउन्डेसन दर्तापूर्वका उल्लेखनीय कार्यहरू
    औपचारिक दर्ताअघि नै श्याम फुलमाया फाउन्डेसनले समुदायमा गहिरो प्रभाव पार्ने थुप्रै महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरिसकेको थियो। यस अवधिमा व्यक्तिगत तथा संस्थागत सहकार्यमा विपन्न र असहाय व्यक्तिहरूलाई आर्थिक सहयोग प्रदान गरियो ।  काभ्रेपलाञ्चोकको वडा नं. ९ सुनधानमा श्याम सुन्दर सर्कीका छोरा राम सुन्दर रम्तेललाई श्याम मगरातीबाट व्यक्तिगत रुपमा रु. १लाख ५० हजार  र काभ्रे अमेरिका कल्याणकारी समाजका २५ सदस्यहरूबाट लगभग रु २ लाख  सहयोग गरिएको थियो । जुन २०२१ मा पनौतीको वडा नं. ८, माल्पीमा स्व. आमा कान्छी मगरातीको सम्झनामा, कोभिड महामारीको कठिन समयमा १७ परिवारलाई रु. ७६ हजार राहत प्रेम मगरातीमार्फत घर-घरमा वितरण गरिएको फाउन्डेसनले बताएको छ ।

    अगस्ट २०२२ मा पनौतीको वडा नं. ४ ऐरे गाउँमा आगलागीबाट पीडित कान्छा खत्रीलाई तत्काल राहत स्वरूप रु. १० हजार प्रदान गरिएको थियो  भने सोही महिना पनौतीको वडा नं. ३, घिमिरे गाउँमा मिया  सापकोटालाई स्वास्थ्य सेवाका लागि रु. १० हजार  रकम सहायता प्रादान गरिएको थियो । डिसेम्बर २०२२ मा पनौतीको वडा नं. ८ मा अनामिका मगराती (कुमार मगरातीकी छोरी) र भूषण प्रिय (भुवन प्रियका छोरा) लाई व्यक्तिगत रु. १ लाख र काभ्रे अमेरिका कल्याणकारी समाजबाट रु. ३ लाख  गरी कुल रु. ४ लाखको ठूलो सहयोग उपलब्ध गराइएको थियो । अगस्ट २०२३ मा पनौतीको वडा नं. ८, जुरेली वनमा वृद्ध आमा माली आमालाई रु. ११ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरिएको थियो । फाउन्डेसनका अनुसार  नोभेम्बर २०२३ मा पनौतीको वडा नं. ५ बाँसबारीमा पर्लिमा मगरातीका छोराको शिक्षाका लागि रु. १६ हजार सहयोग गरेको श्याम फुलमया फाउन्डेसए बताएको छ ।

    पनौतीको वडा नं. ८ मा मन्दिरा बिसुंखेकी दुई छोरीहरूको शिक्षा प्राप्तिको लागि रु. ३१ हजार प्रदान गरिएको थियो । पनौतीको वडा नं. १ मा मस्तिष्क क्यान्सर रोगी भक्ती सापकोटालाई रु. ४०,००० सहयोग गरिएको थियो । यसमा श्याम सर्की, आनिष पाण्डे, उद्धव प्रसाद हुमागाईंको पनि योगदान थियो। सोही महिना धुलिखेलको वडा नं. ९ छोटेडाँडामा मृगौला रोगी भगवती मिजारलाई पनि रु. ४० हजार प्रदान गरिएको थियो । मार्च २०२४ मा रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ४ मा भानुमाया सुनुवारलाई उपचारका लागि रु. २६,३२५ दिइयो भने, बनेपाको वडा नं. ३, नाला, ठुलो डोलेमा क्यान्सर रोगी लक्ष्मी श्रेष्ठलाई रु. ३१,००० प्रदान गरियो। त्यस्तै गरि अप्रिल २०२४ मा भक्तपुरको दुहवी, चाँगुनारायण न.पा. वडा २ निवासी, कम्मरमुनि पक्षघात भई उपचार नपाएर पीडित कुमार अछामी सर्कीका लागि देश विदेशका सहयोगीहरूलाई विशेष मानवीय अपिल गरियो।

    जुलाई २०२४ मा पनौतीको वडा नं. ८, माल्पीमा एक व्यक्तिलाई संस्थाबाट रु. ५०,००० र व्यक्तिगत रु. २०,००० सहित सहायकहरूको यात्रा तथा बास खर्चका लागि थप व्यक्तिगत रु. १,००,००० गरी कुल रु. १,७०,००० सहयोग गरियो। यसमा कमल केशर मिजार (अध्यक्ष), गीता पुर्कुटी, रेनु थापा, विनोद घातानी, शोभा रानामगर, रिता तामाङ, सरिता मग्राती, कृष्ण बयालकोटी लगायतको योगदान रहेको फाउन्डेसनको भनाइ छ ।
    फाउन्डेसनको धार्मिक क्षेत्रमा  सहायता
    यस अवधिमा फाउन्डेसनले धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण तथा विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। फेब्रुअरी २०२१ मा पनौतीको वडा नं. ६, गोरखनाथ मन्दिरमा ९ फिटको पञ्चधातु गणेश मूर्तिको लागि रु. ५७,४७४ र गुरुकुल भवन पुनर्निर्माणका लागि रु. १,११,१११ गरी कुल रु. १,६८,५८५ सहयोग गरियो। पनौतीको वडा नं. ५ मा निर्माणाधीन मुक्तिनाथ मन्दिरका लागि रु. ५७,४७४ प्रदान गरियो। काभ्रे बेथानचोक गाउँपालिकाको वडा नं. ५ स्थित कालीदेवी र लक्ष्मी नारायण मन्दिर विकासमा रु. २५,०११ सहयोग गरियो। पनौतीको वडा नं. ११, साङ्कु पिप्ले बोटमा लक्ष्मी नारायण पञ्चल मन्दिर निर्माणमा रु. ११,०११ दिइयो। खापासीको वडा नं. १० मा पाथीभरा मन्दिर विकासमा रु. ११,०११ प्रदान गरियो। श्री ठुम्का डाँडा बाल मित्रि पार्क तथा शिव मन्दिर निर्माणका लागि आयोजित श्रीमद्भागवत सप्ताह महायज्ञमा (स्व. आमाको सम्झनामा) रु. २५,५११ सहयोग गरियो। फाउन्डेसनले भविष्यमा पनि निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ।
    फाउन्डेसन दर्तापछिको फड्को
    औपचारिक दर्ता भएपछि फाउन्डेसनले आफ्ना सेवाका आयामहरूलाई अझ व्यापक र व्यवस्थित बनाउँदै लगेको छ, जसले गर्दा यसको प्रभावकारिता अझ बढेको छ।
    विपद राहत तथा आवास पुनर्निर्माणमा फाउन्डेसनको सहयोग
    विपद् राहत तथा आवास पुनर्निर्माण फाउन्डेसनको  प्रमुख प्राथमिकतामा परेको छ। २०८१ साल असोज १० देखि १२ गतेसम्म पनौतीका  विभिन्न वाडामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई फाउन्डेसनले तत्काल राहत पुर्‍याएको थियो । जसले पीडितहरूको जीवनमा ठूलो सहारा बन्यो। पनौतीको वडा नं. ४ चम्खरमा रमेश तामाङ, वडा नं. ६ दलिनचोकमा सानो भाई पुर्कुटी, वडा नं. ११ डाडागाउँमा आगलागी पीडित कृष्णबहादुर तामाङ, वडा नं. ८ माल्पीमा बाबु बिसुंखे र इश्वरी मगराती, तथा वडा नं. १२ रोशीमा क्रिस्टिना बस्नेत गुरुङका लागि नयाँ घर निर्माणमा पनि फाउन्डेसनले  सहयोग गरेको छ । सोही वडा नं. ८ माल्पीमा पोडे सर्की र इन्द्र खत्री मगरातीको घर मर्मतमा पनि फाउन्डेसनले हात बढाएको थियो ।

    फाउन्डेसनले  वडा नं. १२ कालाती, भीमिडाँडाका शेर्पा तामाङलाई घर पुनर्निर्माणका लागि ५ बन्डल (३० पाता) जस्ता सहयोग गरेको थियो । कृष्णबहादुर श्रेष्ठका लागि अमर छेत्री (टेक्सस, अमेरिका) को सहयोगमा ४.५ बन्डल (४० पाता) जस्ता शोभा रानामगरमार्फत हस्तान्तरण गरिएको फाउन्डेसनले बताएको छ । वडा नं. ८ माल्पी (नयाँ बस्ती) मा तामाङ र मगराती परिवारहरूमा दूषित पानीको समस्या समाधानका लागि सुरक्षात्मक पर्खाल निर्माण गरियो भने, वडा नं. ९, धुलिखेल (छोटेडाँडा) मा पानीको पहुँच सुधारका लागि पानी पर्खाल निर्माण गरि फाउन्डेसनले सहयोग गरेको छ । पनौतीको वडा नं. ३, घट्टे डाँडा खानेपानी उपभोक्ता समितिलाई पानी पम्प र आवश्यक सामग्री सहयोग गरेको थियो । त्यस्तै गरि सस्था मार्फत बाढी पीडितहरूका लागि दैनिक उपभोग्य सामग्री वितरण गरिएको थियो । नगर पुनर्निर्माण तथा विशेष सहायताका लागि श्याम मगरातीद्वारा व्यक्तिगत रूपमा रु. १लाख ११हजार १ सय ११ प्रदान गरेको फाउन्डेसनले बताएको छ । असोज १० देखी १२ मा वडा नं. ११, ८, ४, ६ र १२ का ५ परिवारहरूका लागि आवास पुनर्निर्माण कार्य प्रगतिमा रहेको पनि फाउन्डेसनले जानकारी दिएको  छ। यस महत्त्वपूर्ण कार्यका लागि अमर छेत्री फाउन्डेसन (टेक्सस, अमेरिका) द्वारा रु. ३ लाख को उदार सहयोग प्राप्त भएको छ। फाउन्डेसनले अमर छेत्रीज्यू र अन्य सबै सहयोगी हातहरूलाई हार्दिक आभार व्यक्त गरेको छ।
    फाउन्डेसनको शैक्षिक क्षेत्रमा सहायतामा
    शैक्षिक सहायतामा फाउन्डेसनको योगदानले शिक्षाको उज्यालो फैलाउन उत्तिकै मद्दत गरेको छ। फाउन्डेसनले कुल ८ वटा विद्यालयका २३ जना विद्यार्थीहरूलाई भर्ना गराई झोला, पुस्तक, कापी र कलमजस्ता आवश्यक सामग्री वितरण गरेको छ । यसमा भालेश्वर मा.बि. (११ विद्यार्थी), सिद्धार्थ बनस्थली (२ विद्यार्थी), नवरत्न बोर्डिङ स्कुल (१ विद्यार्थी), जनकल्याण मा.बि. (३ विद्यार्थी), शिक्षा सदन (२ विद्यार्थी), किड्स टाउन मण्टेश्वरी (१ विद्यार्थी), बाल प्रतिभा प्रा.बि. (२ विद्यार्थी) र कालिदेवी प्रा.बि. (१ विद्यार्थी) समावेश थिए। पाँचखाल नगरपालिकाको वडा नं. २, अनेकोटमा अवस्थित श्री बाल प्रतिभा स्कूलले आयोजना गरेको “खेलकुद सप्ताह २०८१” का लागि रु. २० हजार सहयोग गरेको थियो ।

    त्यतिमात्र होइन फाउन्डेसनले  महाभारत गाउँपालिकाको वडा नं. २ राजेडाँडामा रहेको श्री बाल उज्ज्वल प्राथमिक विद्यालयका ४७ जना विद्यार्थीहरूलाई जाडोमा विद्यालय जान प्रोत्साहनस्वरूप ट्र्याकसुट, जुत्ता र मोजा वितरण समेत गरेको थियो ।
    फाउन्डेसनको स्वास्थ्य क्षेत्रमा गरेको सहायता
    स्वास्थ्य सहायता तथा आपतकालीन राहतअन्तर्गत फाउन्डेसनको योगदानले धेरैको जीवन बचाउन मद्दत गरेको छ। बेथानचोकको वडा नं. ५, च्याल्टीमा आगलागी पीडित परिवारलाई रु. १५ हजार  सहयोग गरेको छ । मृगौला पीडितहरूका लागि पनि फाउन्डेसनले उल्लेख्य सहयोग गरेको छ, जसमा पाँचखाल–५ का रामबहादुर मिजारलाई रु. १५ हजार  धुलिखेल–९ का रसिला मिजारलाई व्यक्तिगत रु. १५ हजार  र काभ्रे अमेरिका समाजबाट रु. ६२ हजार २ सय ३५ गरी कुल रु. ७७ हजार २ सय ३५ सहयोग गरेको छ । माल्पी–८ का पैसल कुमार खड्कीलाई व्यक्तिगत रु. ५० हजार  र काभ्रे अमेरिका समाजबाट रु. ६२ हजार २ सय ३५ गरी कुल रु. १लाख १२ हजार २ सय ३५ प्रदान गरेको छ । चौरिदेउराली वडा ६ का रेनुका रिमाललाई ठुलो  चोटका लागेको कारण व्यक्तिगत सहयोग रु. १५ हजार  दिएको पनि फाउन्डेसनले जानकारी दिएको छ । साहित्यिक तथा प्रेरणादायी सहयोग अन्तर्गत, फाउन्डेसनले साहित्यिक सगरमाथा आरोहण (बैशाखमा आयोजना हुने योजना अनुसार) मा रु. १ लाख ८हजार ८ सय ४८.६६ सहयोग गरेको थियो । यसले साहित्यिक क्षेत्रमा पनि फाउन्डेसनको गहिरो चासो देखाएको छ ।
    साझेदारी तथा पुनर्स्थापना सहयोगतर्फ, फाउन्डेसनले पनौतीको वडा नं. ८ मा रहेको पिस होम पुनर्स्थापना केन्द्रसँग सहकार्य गर्दै लागूऔषध दुर्व्यसनीबाट पीडित युवालाई उद्धार र पुनर्स्थापनाको पहल थालेको छ। यस उद्धार कार्यमा रु. ६ हजा ५  सय सहयोग गरेको छ ।
    यस संस्थाको अथक प्रयास र सहयोगी हातहरूको साथले अझ धेरैको जीवनमा सकारात्मक परिवर्तन आउने र सुन्दर, समतामूलक समाज निर्माणमा यसको भूमिका अझै सशक्त हुने अपेक्षा गरिएको छ। फाउन्डेसन भविष्यमा पनि यस्तै परोपकारी कार्यहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ, जसले समाजमा दिगो सकारात्मक परिवर्तन ल्याउनेछ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    काभ्रे खबर

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑