• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १७ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरपालिका र उद्योग बाणिज्य संघको आयोजनामा करदाता क्षमता अभिवृद्धि सम्बन्धि तालिम

  • राजन दाहाल
  • २०८० अषाढ ९, शनिबार (२ साल अघि)
  • १३५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    पनौती नगरपालिका र पनौती उद्योग बाणिज्य संघले संयुक्त आयोजनामा करदाता क्षमता अभिवृद्धि सम्बन्धि तालिमको आयोजना गरेको छ । पनौती उद्योग बाणिज्य संघ भित्र रहेको उद्योगी तथा व्यवसायीहरुको कर सम्बन्धि क्षमता अभिवृद्धि गर्नको लागि तालिमको आयोजना गरेको आयोजकले बताएको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरि तालिमको उद्घाटन गरिएको छ ।
    तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई शुभकामना प्रदान गर्दै साना तथा ठुला व्यवसायलाई नेपाल उद्योग बाणिज्य महासंघमा आवद्ध हुनको लागि आग्रह गर्नुभएको छ । साथै उहाँले देशभरी हाल २५० वटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ रहेको र उक्त संघमा ३० देखी ४० जना युवाहरुलाई कर दाखिला सम्बन्धि दक्ष बनाउने योजना तयार पारेको बताएका छन् । साथै उहाँले तिनै दक्ष युबाहरुबाट नेपाल भरका ७ सय ५३ वटै स्थानीय तहबाट ३० देखि ४० जना एकाउन्टेन्ट तयार पार्ने योजना रहेको पनि बताउनुभएको छ । वैद्यले यसपालिको बजेट भाषणबाट ३ सय भन्दा बडि बिधामा ट्याक्स बढाएकोले आगामी दिनमा ट्याक्स कै कारण उद्योगी व्यवसायीहरु धारासायी अबस्थामा पुगेको र करमा हेरफेर नभए साना तथा ठुला धेरै उद्योगहरु बन्द हुने बताउनुभएको छ । साथै उहाँले महिला उद्यमीहरुको लागि १५ लाख सम्म बिना धितो ऋण दिने प्राबधान ल्याएपनि राम्रोसंग कार्यान्वयन हुन नसकेकोमा दु: ख व्यक्त गर्नुभयो । साथै उक्त कार्यकालागि प्रत्येक स्थानीय तहमा एक एक वटा बैंकलाई जिम्मा दिने गरि कुरा अगाडि बढाइएको जानकारी दिनुभयो।
    कार्यक्रमका सभा अध्यक्ष भोला थापाले करको दायरा साघुरो भएकोले व्यवसायमैत्री वातावरण नभएको भन्दै करको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनुभएको छ । उद्योग संचालन गर्न कठिनाइ भएको भन्दै थापाले बेरोजगारमा रहेका युवाहरुलाई रोजगारी दिन उद्योग धन्दाहरुलाई मल्टी इन्टरनेसनल बनाउनुपर्ने बताउनुभयो । थापाले आर्थिक मन्दीका कारण उद्योगहरु बन्द हुने अबस्थामा पुगेको र उद्योग व्यवसाय प्रति हालका युवाहरुमा वितृष्णा जागेको कारण व्यवसायलाई पुस्तान्तरण गर्न पनि कठिनाइ भएको बताउनुभएको छ ।
    त्यस्तै गरि कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउन निजि क्षेत्रमा छरिएर रहेका व्यवसायले सहयोग रहेको बताउँदै व्यवसायीले तिरेको करको सदुपयोग कसरी भएको छ, त्यसको निगरानी राख्न जरुरी भएको बताउनुभएको छ ।

    कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका राजस्व शाखा प्रमुख लक्ष्मण मातंछेले आगामी दिनमा गाउँ /गाउँ ,टोल / टोलमा गएर व्यवसाय दर्ता गर्ने सोच बनाएको बताउनुभएको छ । उहाँले आगामी आ. ब. देखि नगरभित्र संचालित साना तथा ठुला उद्योगी व्यवसायीलाई घरदैलोमै गएर व्यवसायीक प्रमाणपत्र वितरण गर्ने योजना रहेको बताउनुभएको छ। मातंछेले आर्थिक बर्ष २०८०/८१ मा खानीजन्य व्यवसायलाई केही कर थप गरेको र अन्य व्यवसायमा थप कर नराखेको र साबिक अनुसार नै रहेको बताउनुभएको छ । उहाँले व्यवसायीलाई हौसला प्रदान गर्ने र उत्साह थप्ने साङ्गितिक सौगात पनि प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा पनौती उद्योग बाणिज्य संघको अध्यक्ष भोला थापा, प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य , विशिस्ट अतिथि आन्तरिक राजस्व कार्यालयका कर अधिकृत डिल्लीराज लेखक र चार्टर एकाउन्टेन्ट सन्देश के. सि. पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना साथै उद्योग तथा व्यवसायसंग आवद्ध रहेका सरोकारवालाहरुको उपस्थित रहेको थियो । ९५ जना उद्योग व्यवसायका प्रतिनिधि तालिममा सहभागी रहेका थिए । तालिम आज र भोलि संचालन हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑