• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १८ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    संगठन सुदृढिकरणका लागि नेपाली कांग्रेस काभ्रेले ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने

  • सिरुपाते खबर
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • १२३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / बनेपा
    पार्टी संगठनलाई नयाँ गति दिन नेपाली कांग्रेस काभ्रेले ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । केन्द्रीय समितिको निर्देशन अनुरुप कांग्रेस काभ्रेले अभियान थालेको हो ।
    शनिवार नेपाली कांग्रेस काभ्रेको कार्यालयमा केन्द्र तथा प्रदेशबाट खटिएका प्रतिनिधी, जिल्ला कार्यसमिति, जनप्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी समेतको सहभागितामा अभियानको तयारी बैठक गरिएको छ । २०८० श्रावण २ देखि १० सम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले श्रावण २० देखि ३० सम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गर्दै ७७ जिल्लामा प्रतिनिधी खटाएको थियो ।
    जिल्ला सभापति तीर्थबहादुर लामाका अनुसार, अभियान अन्तर्गत विधान बमोजिम गठन गर्नुपर्ने विभिन्न जिल्लास्तरीय विभाग (शाखा) गठन गरी त्यसलाई पूर्णता दिइनेछ । जिल्ला कार्यसमितिका प्रत्येक पदाधिकारी र सदस्य शाखा वा भूगोलको जिम्मेवारी दिइनेछ । प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र र स्थानीय तह र वडा तहसम्म पनि जिल्लाबाट प्रतिनिधी खटिएर कार्यसमितिहरुलाई पूर्णता र विभागहरु गठन गरिनेछ ।
    अभियान अन्तर्गत ‘गाउँ सेवा दल’ गठन गरिनेछ । स्थानीय तह कार्यसमिति अन्तर्गत रहने ‘गाउँ सेवा दल’मा जनताले व्यहोर्नुपर्ने विविध प्रकृतिका आकस्मिक घटनाहरु, व्यवहारिक सहजीकरणका अपेक्षाहरु, सामाजिक, प्रशासनिक एवं अन्य विविध सन्दर्भमा जनसेवा गर्न तत्पर पार्टी सदस्यहरुको टिम निर्माण गरिनेछ । मानवीय सेवाका यस्ता विषयमा रुचि राख्ने युवाहरूलाई यो संरचनामा विशेष प्राथमिकता दिनुपर्ने कांग्रेसले जनाएको छ । आवश्यकता अनुरुप वडा र टोल नेतृत्व अन्तर्गत पनि गाउ सेवा दल गठन र परिचालन गर्न सकिनेछ । अभियान अन्तर्गत नै जिल्लास्थित भ्रातृ संघ एवं शुभेच्छुक संस्थामा ती संस्थाको विधान अनुरुप गठन गरिनेछ ।


    ‘नेपाली कांग्रेसको सदस्यता’ पार्टीको वेबसाईट मार्फत ‘अनलाइन प्रक्रिया’ बाट लिन सदस्य बन्न पनि अभियानमा प्रेरित गरिनेछ । २०७९ मा सम्पन्न स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले जारी गरेको संकल्प पत्र ( घोषणापत्र) अनुसार स्थानीय जनप्रतिनिधिहरुले काम गरे–नगरेको जानकारी लिएर पार्टीको नीति तथा संकल्प पत्रको आधारमा कार्य गर्न तथा पार्टी र जनप्रतिनिधिका विचमा सहज सम्बन्ध र सहकार्यको वातावरण बनाउन आवश्यक समन्वय र सहजीकरण गरिनेछ । स्थानीय तहमा पार्टीबाट विजयी जनप्रतिनिधिहरूको काम एवं कार्यशैलीको समिक्षा गर्दै पार्टी र जनप्रतिनिधिवीच तथा जनप्रतिनिधि र नागरिक विचको सम्बन्धलाई सहज बनाउन आवस्यक समन्वय गरिनेछ । संगठनलाई प्रविधिमैत्री बनाउँदै जिल्ला कार्यसमिति एवं मातहतका सबै समितिहरुको टोल समितिसम्म आधिकारिक सामाजिक सञ्जाल र वेवसाइट सञ्चालन गरिनेछ । दस्तावेजिकरण, अभिलेखिकरणमा जोड दिइनेछ । अभियान पश्चात जिल्ला लगायत मातहतका सबै तहका कार्यसमितिले पूर्णता पाउने, सबै तहमा बैठक र सम्मेलन नियमित हुनुका साथै तहगत वार्षिक कार्यतालिका बन्ने, पार्टी र जनप्रतिनिधिको सम्बन्ध प्रभावकारी हुने र तल्लो तहसम्म कांग्रेस कार्यकर्तामा उत्साह बढ्ने कांग्रेसको अपेक्षा छ ।
    शनिवार पार्टी कार्यालयमा भएको छलफलमा कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले नेता भन्दा पार्टी लोकप्रिय हुने गरी काम गर्नुपर्ने बताए । उनले आफ्नो काम र दायित्व पुरा गरेर मात्रै अरुको आलोचना गर्न अनुरोध गर्दै उनले पार्टीले सञ्चालन गरेको अभियानले संगठन मजबुद बनाउन सहयोगी हुने अपेक्षा गरे । कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले पार्टीकै विरुद्धमा नलाग्न अनुरोध गरे । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सहमहामन्त्री जीवन डंगोलले पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने बताए । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचााई मन्त्री रहेका कांग्रेस जिल्ला सभापति तीर्थबहादुर लामाले विगत गल्ती, कमजोरी सच्याएर आए पार्टी एकतावद्ध बनाएर लैजान सकिने बताए । संगठित कांग्रेस बनाउन सबै लाग्नुपर्ने भन्दै काभ्रेका १ सय ३५ वटै वडा र ८ सय टोल समितिमा अभियान अन्तर्गत कार्यक्रम गरिने बताए ।
    प्रदेश १ (क) का लागि प्रदेश प्रतिनिधी गिता सिंखडा, १ (ख)का नानु दाहाल, २ (क) का सरु बानियाँ, २ (ख) का तारा पन्त, बाग्मती प्रदेश सदस्य गुमान सिं लामा, नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, जिल्ला सदस्य अच्युत पौडेल, मानबहादुर तामाङ, निरबहादुर लामा, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा २ (ख) का सभापति रामहरी श्रेष्ठ, २ (क) का सभापति हेम तामाङ, १ (क) का सभापति राम योञ्जन, महासमिति सदस्य सार्कीमान तामाङ, महाधिवेशन प्रतिनिधी रोशन लामा, उद्धव कोइराला, नमोबुद्ध नगर सभापति कुनसाङ लामा, मण्डनदेउपुर नगर सभापति कश्यप पौडेल, महाभारत गाउँपालिका सभापति सागर मोक्तान लगायतले अभियान सफल बनाउन सबै तह र तप्का लाग्नुपर्ने बताए ।
    अभियान अन्तर्गत नेपाली कांग्रेस काभ्रले प्रतिनिधी सभा क्षेत्र नं १ मा रमेशप्रसाद हुमागाई, क्षेत्र नं २ मा ठाकुरप्रसाद न्यौपाने, १ (क) मा गुणराज मोक्तान, १ (ख) मा रविन्द्र सिग्देल, २ (क) मा समिर व्याञ्जु, २ (ख) मा माधव ढकाललाई प्रतिनिधीको रुपमा खटाएको छ । बनेपामा प्रचण्डराज प्रधान, पनौतीमा जगन्नाथ गिरी, धुलिखेलमा इश्वरी ओझा, पाँचखालमा अच्यूत पौडेल, नमोबुद्धमा हर्षजित लामा, मण्डनमा नारायण तिमल्सिना, भुम्लुमा सुन्दरमणि आचार्य, चौरीदेउरालीमा माधव पन्त, तेमालमा सि.बी लामा, रोशीमा सार्कीमान बल, महाभारतमा सन्त लामा, खानीखोला राजेशराज महत र बेथानचोकमा गोविन्दबहादुर थापालाई प्रतिनिधी खटाउने निर्णय नेपाली कांग्रेस काभ्रेले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑