• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष २८, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ३ घण्टा अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      ४ घण्टा अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १६ घण्टा अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      ४ दिन अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      १ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      १ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      २ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      २ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ हफ्ता अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ हफ्ता अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      २ हफ्ता अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      २ हफ्ता अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      २ हफ्ता अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष २८, सोमबार
    होमपेज /  काभ्रे खबर

    संगठन सुदृढिकरणका लागि नेपाली कांग्रेस काभ्रेले ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने

  • सिरुपाते खबर
  • २०८० श्रावण २०, शनिबार (२ साल अघि)
  • १३६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / बनेपा
    पार्टी संगठनलाई नयाँ गति दिन नेपाली कांग्रेस काभ्रेले ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । केन्द्रीय समितिको निर्देशन अनुरुप कांग्रेस काभ्रेले अभियान थालेको हो ।
    शनिवार नेपाली कांग्रेस काभ्रेको कार्यालयमा केन्द्र तथा प्रदेशबाट खटिएका प्रतिनिधी, जिल्ला कार्यसमिति, जनप्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी समेतको सहभागितामा अभियानको तयारी बैठक गरिएको छ । २०८० श्रावण २ देखि १० सम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले श्रावण २० देखि ३० सम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गर्दै ७७ जिल्लामा प्रतिनिधी खटाएको थियो ।
    जिल्ला सभापति तीर्थबहादुर लामाका अनुसार, अभियान अन्तर्गत विधान बमोजिम गठन गर्नुपर्ने विभिन्न जिल्लास्तरीय विभाग (शाखा) गठन गरी त्यसलाई पूर्णता दिइनेछ । जिल्ला कार्यसमितिका प्रत्येक पदाधिकारी र सदस्य शाखा वा भूगोलको जिम्मेवारी दिइनेछ । प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र र स्थानीय तह र वडा तहसम्म पनि जिल्लाबाट प्रतिनिधी खटिएर कार्यसमितिहरुलाई पूर्णता र विभागहरु गठन गरिनेछ ।
    अभियान अन्तर्गत ‘गाउँ सेवा दल’ गठन गरिनेछ । स्थानीय तह कार्यसमिति अन्तर्गत रहने ‘गाउँ सेवा दल’मा जनताले व्यहोर्नुपर्ने विविध प्रकृतिका आकस्मिक घटनाहरु, व्यवहारिक सहजीकरणका अपेक्षाहरु, सामाजिक, प्रशासनिक एवं अन्य विविध सन्दर्भमा जनसेवा गर्न तत्पर पार्टी सदस्यहरुको टिम निर्माण गरिनेछ । मानवीय सेवाका यस्ता विषयमा रुचि राख्ने युवाहरूलाई यो संरचनामा विशेष प्राथमिकता दिनुपर्ने कांग्रेसले जनाएको छ । आवश्यकता अनुरुप वडा र टोल नेतृत्व अन्तर्गत पनि गाउ सेवा दल गठन र परिचालन गर्न सकिनेछ । अभियान अन्तर्गत नै जिल्लास्थित भ्रातृ संघ एवं शुभेच्छुक संस्थामा ती संस्थाको विधान अनुरुप गठन गरिनेछ ।


    ‘नेपाली कांग्रेसको सदस्यता’ पार्टीको वेबसाईट मार्फत ‘अनलाइन प्रक्रिया’ बाट लिन सदस्य बन्न पनि अभियानमा प्रेरित गरिनेछ । २०७९ मा सम्पन्न स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले जारी गरेको संकल्प पत्र ( घोषणापत्र) अनुसार स्थानीय जनप्रतिनिधिहरुले काम गरे–नगरेको जानकारी लिएर पार्टीको नीति तथा संकल्प पत्रको आधारमा कार्य गर्न तथा पार्टी र जनप्रतिनिधिका विचमा सहज सम्बन्ध र सहकार्यको वातावरण बनाउन आवश्यक समन्वय र सहजीकरण गरिनेछ । स्थानीय तहमा पार्टीबाट विजयी जनप्रतिनिधिहरूको काम एवं कार्यशैलीको समिक्षा गर्दै पार्टी र जनप्रतिनिधिवीच तथा जनप्रतिनिधि र नागरिक विचको सम्बन्धलाई सहज बनाउन आवस्यक समन्वय गरिनेछ । संगठनलाई प्रविधिमैत्री बनाउँदै जिल्ला कार्यसमिति एवं मातहतका सबै समितिहरुको टोल समितिसम्म आधिकारिक सामाजिक सञ्जाल र वेवसाइट सञ्चालन गरिनेछ । दस्तावेजिकरण, अभिलेखिकरणमा जोड दिइनेछ । अभियान पश्चात जिल्ला लगायत मातहतका सबै तहका कार्यसमितिले पूर्णता पाउने, सबै तहमा बैठक र सम्मेलन नियमित हुनुका साथै तहगत वार्षिक कार्यतालिका बन्ने, पार्टी र जनप्रतिनिधिको सम्बन्ध प्रभावकारी हुने र तल्लो तहसम्म कांग्रेस कार्यकर्तामा उत्साह बढ्ने कांग्रेसको अपेक्षा छ ।
    शनिवार पार्टी कार्यालयमा भएको छलफलमा कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले नेता भन्दा पार्टी लोकप्रिय हुने गरी काम गर्नुपर्ने बताए । उनले आफ्नो काम र दायित्व पुरा गरेर मात्रै अरुको आलोचना गर्न अनुरोध गर्दै उनले पार्टीले सञ्चालन गरेको अभियानले संगठन मजबुद बनाउन सहयोगी हुने अपेक्षा गरे । कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले पार्टीकै विरुद्धमा नलाग्न अनुरोध गरे । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सहमहामन्त्री जीवन डंगोलले पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने बताए । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचााई मन्त्री रहेका कांग्रेस जिल्ला सभापति तीर्थबहादुर लामाले विगत गल्ती, कमजोरी सच्याएर आए पार्टी एकतावद्ध बनाएर लैजान सकिने बताए । संगठित कांग्रेस बनाउन सबै लाग्नुपर्ने भन्दै काभ्रेका १ सय ३५ वटै वडा र ८ सय टोल समितिमा अभियान अन्तर्गत कार्यक्रम गरिने बताए ।
    प्रदेश १ (क) का लागि प्रदेश प्रतिनिधी गिता सिंखडा, १ (ख)का नानु दाहाल, २ (क) का सरु बानियाँ, २ (ख) का तारा पन्त, बाग्मती प्रदेश सदस्य गुमान सिं लामा, नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, जिल्ला सदस्य अच्युत पौडेल, मानबहादुर तामाङ, निरबहादुर लामा, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा २ (ख) का सभापति रामहरी श्रेष्ठ, २ (क) का सभापति हेम तामाङ, १ (क) का सभापति राम योञ्जन, महासमिति सदस्य सार्कीमान तामाङ, महाधिवेशन प्रतिनिधी रोशन लामा, उद्धव कोइराला, नमोबुद्ध नगर सभापति कुनसाङ लामा, मण्डनदेउपुर नगर सभापति कश्यप पौडेल, महाभारत गाउँपालिका सभापति सागर मोक्तान लगायतले अभियान सफल बनाउन सबै तह र तप्का लाग्नुपर्ने बताए ।
    अभियान अन्तर्गत नेपाली कांग्रेस काभ्रले प्रतिनिधी सभा क्षेत्र नं १ मा रमेशप्रसाद हुमागाई, क्षेत्र नं २ मा ठाकुरप्रसाद न्यौपाने, १ (क) मा गुणराज मोक्तान, १ (ख) मा रविन्द्र सिग्देल, २ (क) मा समिर व्याञ्जु, २ (ख) मा माधव ढकाललाई प्रतिनिधीको रुपमा खटाएको छ । बनेपामा प्रचण्डराज प्रधान, पनौतीमा जगन्नाथ गिरी, धुलिखेलमा इश्वरी ओझा, पाँचखालमा अच्यूत पौडेल, नमोबुद्धमा हर्षजित लामा, मण्डनमा नारायण तिमल्सिना, भुम्लुमा सुन्दरमणि आचार्य, चौरीदेउरालीमा माधव पन्त, तेमालमा सि.बी लामा, रोशीमा सार्कीमान बल, महाभारतमा सन्त लामा, खानीखोला राजेशराज महत र बेथानचोकमा गोविन्दबहादुर थापालाई प्रतिनिधी खटाउने निर्णय नेपाली कांग्रेस काभ्रेले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    समाचार

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    काभ्रे खबर

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

    विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६७० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९७५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८४८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७८७ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६२२ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३०७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑