• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ४ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ५ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ५ दिन अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ६ दिन अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १८, बुधबार
    होमपेज /  कर्णाली

    प्रस्तावित शिक्षा विधेयकविरुद्ध शिक्षकहरु आन्दोलित

  • सिरुपाते खबर
  • २०८० भाद्र ३०, शनिबार (१ साल अघि)
  • ५७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काठमाडौं
    प्रस्तावित शिक्षा ऐन प्रति असन्तुष्टि जनाउँदै शिक्षक आवद्ध संस्था नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ ।
    अस अघि संसदमा प्रवेश गराउन अन्तिम तयारीमा पुगेको ऐन प्रति निजि विद्यालय संचालकको छात संगठनहरु तथा नेपाल शिक्षक महासंघले विभिन्न बुँदा प्रति असहमति जनाउँदै आन्दोलनको घोषणा गरेको थियो ।
    नेपाल शिक्षक महासंघले पालिका जिल्ला हुँदै केन्द्रसम्म दवाव मूलक आन्दोलन गरेको थियो । महासंघ र नेपाल सरकार बिच दुईपटक विभिन्न बुँदामा भएको सहमतिको वेवास्ता भएको महासंघको दावी थियो ।
    प्रस्तावित ऐनलाई थप संसोधन पछि विधेयकका रुपमा प्रस्तुत गर्ने भनिए पनि पुनः संसद सचिवालयमा दर्ता गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले सामुदायिक शिक्षा तथा शिक्षकको बिरुद्ध भएको भन्दै शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको छ ।
    प्रस्तावित ऐनमा माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिने उल्लेख छ । शिक्षकलाई स्थानीय तह अन्तर्गत राख्ने व्यवस्थाको विरोधमा विद्यालय बन्दसम्मको आन्दोलनको घोषणा गरिएको हो । आन्दोलन घोषणा गरेका शिक्षकहरुले १८ बुँदे मागअघि सारिएको छ । माग पूरा नभए असोज ३ गतेबाट शिक्षकहरु काठमाडौंको सडक आन्दोलनमा जुट्ने बताइएको छ ।
    शिक्षा मन्त्रालयले विधेयक बुधबार प्रतिनिधि सभामा दर्ता गराएको छ । विधेयकमा शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहको भूमिका रहने उल्लेख छ ।
    स्थानीय तहमा यी अधिकार दिँदा जनप्रतिनिधिबाट मनोमानी हुने महासंघको ठहर छ । विधेयकमा शिक्षकको सरुवा र कार्यसम्पादन मुल्यांकन पालिकाले गर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था हुबहु संसदबाट पास भए शिक्षकको पेशागत सुरक्षा र वृत्ति विकासमा स्थानीय राजनैतिक आग्रह पूर्वाग्रहको शिकार हुने महासंघले जनाएको छ ।
    प्रधानाध्यापक नियुक्तिमा स्थानीय तहलाई भुमिका दिँदा राजनैतिक आग्रह र पक्षधरताका आधारमा चलखेल हुने आरोप लगाइएको छ । विधेयकमा जिल्ला शिक्षा कार्यालयका प्रमुख, स्थानीय तहको प्रशासकिय अधिकृत र शिक्षाविद् सदस्य रहेको समितिले प्रअ छनौट गर्ने प्रावधान राखिएको छ ।
    विधेयकमा विद्यालय व्यवस्थापन समितिमा अभिभावक नै अध्यक्ष भएपनि समिति गठन स्थानीय कानुनअनुसार हुने उल्लेख छ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्न पनि शिक्षक महासंघले अस्वीकार गरेको छ । विधेयकमा एक पटक केन्द्रबाट दरबन्दी मिलान गरेर पालिकामा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । महासंघले शिक्षक दरबन्दी संघमा नै राख्न माग गरेको छ ।
    अस्थायी प्रकृतिका राहत, करार, विशेष शिक्षा, प्राविधिक धारका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने सुनिश्चिता विधेयकमा हुनुपर्ने शिक्षकहरुको माग छ । विधेयकले अस्थायी दरबन्दी स्वतः स्थायी दरबन्दीमा परिणत हुने व्यवस्था गरेपनि ५० प्रतिशतलाई मात्रै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरेको छ ।
    विधेयकले इसीडी शिक्षक र त्यसको व्यवस्थापन पालिकाले गर्ने उल्लेख छ । शिक्षकले भने प्राथमिक तृतीय सरहको शिक्षक इसीडीमा राख्नुपर्ने बताएका छन । अस्थायी शिक्षक स्थायी भएपछि अस्थायी अवधि पनि गणना गरी पेन्सन दिनुपर्ने माग राखिएको छ । शिक्षकलाई ट्रेड युनियन अधिकार दिन समेत माग गरिएको छ । घोषित आन्दोलनका लागि महासंघलाई निजी विद्यालय शिक्षक युनियन र विद्यालय कर्मचारी परिषद्ले पनि ऐक्यबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    कर्णाली सम्बन्धि थप

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    समाचार

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    काभ्रे खबर

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३१ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०२ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७८४ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६६७ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑