ललितपुर / बागमती
नेपाल तामाङ संघका केन्द्रिय सभापति रामकृष्ण ब्लोन तामाङ(इन्द्र)ले विद्यालय क्षेत्र भित्र राजनीति गर्न नहुने बताएका छन् । ललितपुर जिल्ला बागमती गाउँपालिका वडा न ७ स्थित श्री जनक माविको ५० औं स्वर्ण जयन्ती कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले तीन दिन सम्म जनक माविले स्वर्ण जयन्ती मनाइ राख्दा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता ल्याएर विद्यालयमा भाषण गर्न लगाउनुले राम्रो सन्देश नगएको बताए ।
नेपाल आदिबासि जनजाती महासंघ उपमाहासचिब समेत रहनु भएका तामाङले बिद्यालयमा पहिलो दिन एमाले दोस्रो दिन काङ्ग्रेस र तेस्रो दिन माओवादीका नेता तथा कार्यकर्ताले एक अर्कामा आरोप प्रत्यारोप गर्दै कार्यक्रम गरेकोमा आफुलाई दु:ख लागेको समेत बताए । जनक माविलाई आफुले नजिक बाट नियालिरहेको बताउदै उनले बिद्यालयको भौतिक सुधारको लागि २०७३ सालमै आफूले आर्थिक सहयोग गरेको उनको भनाइ थियो । साथै खेल मैदान निर्माणको लागि बजेट राख्न आफुले पहल गरेको समेत बताए ।
म जनक माविका १० जना विद्यार्थी को नि:शुल्क शिक्षाको लागि छात्रवृत्तिको जिम्मा लिन्छु, जसले किताब, कापी, ड्रेस किन्न सकेको छैन त्यस्ता विद्यार्थिहरु निस्वार्थ छानेर पठाउनुहोस म सहयोग गर्न तयार छु उनले भने । तर यो व्यक्तिले मेरो परिवारलाई भोट दिन्छ यसलाई छानेर पठाऔ भन्ने चाहिँ नगर्नुहोला भन्दै विद्यालय व्यवस्थापन समिती र शिक्षक साथिहरुबिच छलफल गरि छनोट गर्न समेत आग्रह गरे । उनले राजनीति ब्यापारको लागि नगरी सामाजिक यात्राको लागि गर्नु पर्ने भन्दै आज राजनीति गर्नेहरुले राजनीतिको नाममा ब्यापार गरिरहेको आरोप लगाए । उनले राजनीतिकै कारण जनक माविमा शिक्षक नियुक्ति हुन नसकेको आफुले बुझिरहेको र त्यसो नगरी समृद्ध जनक मावि बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीले हासिल गर्ने शिक्षामा समेत बिशेष ध्यान दिन औंल्याए ।
जनक माविमा फागुन २०,२१, र २२ गते ५० औं स्वर्ण महोत्सव कार्यक्रम भएको थियो ।