• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र १४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      १ दिन अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      १ दिन अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ दिन अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ६ दिन अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ६ दिन अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      १ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      १ हफ्ता अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ महिना अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ महिना अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ महिना अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र १४, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा २०७३ बैशाख महिनादेखि आश्विन महिना जन्मेकाका बालबालिकालाई आइ. पि.भि. खोप लगाइँदै

  • राजन दाहाल
  • २०८१ जेष्ठ ६, आईतबार (१ साल अघि)
  • ५६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पनौती नगरपालिकाले आइ. पि.भि. खोप अभियान संचालन गर्ने भएको छ ।
    आइतबार नगर कार्यपालिकाका पदाधिकारी र संचारकर्मीहरुको बैठक बोलाएर स्वास्थ्य शाखाले आगामी जेष्ठ १६ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गर्न लागेको जानकारी गराएको हो ।
    आइ. पि.भि. खोप पोलियो रोग विरुद्ध लगाइने खोप हो । नेपालमा आइ. पि.भि. खोप सेवा २०७१ साल आश्विन महिनादेखि सुरु भएको तर २०७३ साल जेष्ठदेखि २०७५ भाद्रसम्म उक्त खोप अभाव भएको स्वास्थ्य शाखाले जानकारी गराएको छ । अभावको समयमा खोप लगाउन छुटेका बालबालिकाहरुमा पोलियो लाग्नसक्ने जोखिम रहिरहने भएको हुँदा ती बालबालिकालाई आइ. पि.भि. खोप दिन जरुरी ठानी अभियाननै संचालन गरेर खोप लगाउन लागिएको शाखाको धारणा छ । अभियान देशैभरी एकै पटक संचालन गरिने र खोप सेसन संचालन गर्नको लागि विद्यालय संग समन्वय गरि निर्धारण गर्ने बताइएको छ । त्यस्तै गरि विद्यालय नभएको टोल तथा समुदायका घुम्ती खोप केन्द्र स्थापना गरि खोप लगाइने तयारीमा पनौतीको स्वास्थ्य शाखा रहेको शाखा प्रमुख जनक के.सी.ले जानकारी दिए ।
    यस अभियानबाट पनौती नगरपालिकाका २ हजार ९ सय १० जना बालबालिकाले प्रत्यक्ष रुपमा लाभान्वित हुने नगरको स्वास्थ शाखाले जनाएको छ । जसमा वडा नं. १ मा १ सय ८६ जना बालबालिका रहेका छन् ।वडा नं. २ मा ६७ जना , वडा नं. ३ मा १ सय ३० जना, वडा नं. ४ मा ५ सय ८९ जना, वडा नं. ५ मा ७ सय ४० जना, वडा नं. ६ मा १ सय ७९ जना बालबालिका रहेका छन् । त्यस्तै वडा नं. ७ मा ३ सय ८४ जना, वडा नं. ८ मा २ सय ३१ जना, वडा नं. १० मा १ सय २८ जना वडा नं. ११ मा १ सय जना र वडा नं. १२ मा ३९ जना बालबालिका रहेका छन् । अभियान संचालन गर्न नगरभित्र ५३ वटा खोप केन्द्र राखिएको छ ।
    यस अभियानबाट देशभरका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । काभ्रे जिल्लामा १७ हजार ७ सय ५९ जना बालबालिकाले आइ. पि.भि. खोप लगाउदै छन् ।
    पोलियो रोग जुनसुकै उमेरका मानिसलाई हुन सक्छ तर ५ बर्षमुनिका बालबालिका बडिजोखिममा पर्न सक्छन् । नेपालको सन्दर्भमा पोलियोको बिरामी पछिल्लोपटक २०६७ साल भदौ १४ मा देखापरेको थियो । त्यसपछि नेपालमा पोलियो शन्य अबस्थामा रहेको छ । पोलियो रोगको कुनै निश्चित औषधि उपचारनै छैन त्यसैले यो रोगबाट सुरक्षितहुन पोलियो विरुद्धको खोप लगाउनु पर्दछ । अभियानमा संचालन हुने खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीयुक्त भनी प्रमाणित खोप भएको र नेपालमा प्रयोग गर्नको लागि औषधि व्यवस्था बिभागबाट स्वीकृत भइ ०७१ सालदेखि नियमित खोप सेवाबाट प्रदान गरिएको खोप भएकोले निर्धक्क भइ खोप अभियानमा सहभागी हुन निश्चित उमेर समुहका बालबालिका र अभिभावकमा समेत पनौती नगरपालिकाको स्वास्थ्य शाखाले अपिल समेत गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    समाचार

    300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    काभ्रे खबर

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८८४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१४१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८५० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑