• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक ९, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      १ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      ३ हफ्ता अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक ९, आईतबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा २०७३ बैशाख महिनादेखि आश्विन महिना जन्मेकाका बालबालिकालाई आइ. पि.भि. खोप लगाइँदै

  • राजन दाहाल
  • २०८१ जेष्ठ ६, आईतबार (१ साल अघि)
  • ४३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पनौती नगरपालिकाले आइ. पि.भि. खोप अभियान संचालन गर्ने भएको छ ।
    आइतबार नगर कार्यपालिकाका पदाधिकारी र संचारकर्मीहरुको बैठक बोलाएर स्वास्थ्य शाखाले आगामी जेष्ठ १६ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गर्न लागेको जानकारी गराएको हो ।
    आइ. पि.भि. खोप पोलियो रोग विरुद्ध लगाइने खोप हो । नेपालमा आइ. पि.भि. खोप सेवा २०७१ साल आश्विन महिनादेखि सुरु भएको तर २०७३ साल जेष्ठदेखि २०७५ भाद्रसम्म उक्त खोप अभाव भएको स्वास्थ्य शाखाले जानकारी गराएको छ । अभावको समयमा खोप लगाउन छुटेका बालबालिकाहरुमा पोलियो लाग्नसक्ने जोखिम रहिरहने भएको हुँदा ती बालबालिकालाई आइ. पि.भि. खोप दिन जरुरी ठानी अभियाननै संचालन गरेर खोप लगाउन लागिएको शाखाको धारणा छ । अभियान देशैभरी एकै पटक संचालन गरिने र खोप सेसन संचालन गर्नको लागि विद्यालय संग समन्वय गरि निर्धारण गर्ने बताइएको छ । त्यस्तै गरि विद्यालय नभएको टोल तथा समुदायका घुम्ती खोप केन्द्र स्थापना गरि खोप लगाइने तयारीमा पनौतीको स्वास्थ्य शाखा रहेको शाखा प्रमुख जनक के.सी.ले जानकारी दिए ।
    यस अभियानबाट पनौती नगरपालिकाका २ हजार ९ सय १० जना बालबालिकाले प्रत्यक्ष रुपमा लाभान्वित हुने नगरको स्वास्थ शाखाले जनाएको छ । जसमा वडा नं. १ मा १ सय ८६ जना बालबालिका रहेका छन् ।वडा नं. २ मा ६७ जना , वडा नं. ३ मा १ सय ३० जना, वडा नं. ४ मा ५ सय ८९ जना, वडा नं. ५ मा ७ सय ४० जना, वडा नं. ६ मा १ सय ७९ जना बालबालिका रहेका छन् । त्यस्तै वडा नं. ७ मा ३ सय ८४ जना, वडा नं. ८ मा २ सय ३१ जना, वडा नं. १० मा १ सय २८ जना वडा नं. ११ मा १ सय जना र वडा नं. १२ मा ३९ जना बालबालिका रहेका छन् । अभियान संचालन गर्न नगरभित्र ५३ वटा खोप केन्द्र राखिएको छ ।
    यस अभियानबाट देशभरका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । काभ्रे जिल्लामा १७ हजार ७ सय ५९ जना बालबालिकाले आइ. पि.भि. खोप लगाउदै छन् ।
    पोलियो रोग जुनसुकै उमेरका मानिसलाई हुन सक्छ तर ५ बर्षमुनिका बालबालिका बडिजोखिममा पर्न सक्छन् । नेपालको सन्दर्भमा पोलियोको बिरामी पछिल्लोपटक २०६७ साल भदौ १४ मा देखापरेको थियो । त्यसपछि नेपालमा पोलियो शन्य अबस्थामा रहेको छ । पोलियो रोगको कुनै निश्चित औषधि उपचारनै छैन त्यसैले यो रोगबाट सुरक्षितहुन पोलियो विरुद्धको खोप लगाउनु पर्दछ । अभियानमा संचालन हुने खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीयुक्त भनी प्रमाणित खोप भएको र नेपालमा प्रयोग गर्नको लागि औषधि व्यवस्था बिभागबाट स्वीकृत भइ ०७१ सालदेखि नियमित खोप सेवाबाट प्रदान गरिएको खोप भएकोले निर्धक्क भइ खोप अभियानमा सहभागी हुन निश्चित उमेर समुहका बालबालिका र अभिभावकमा समेत पनौती नगरपालिकाको स्वास्थ्य शाखाले अपिल समेत गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    समाचार

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७४९७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८३६ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७१३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६४२ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१८२ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०६० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑