• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १२ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  काभ्रे खबर

    एक ढिक्का बन्दै काभ्रे काङ्ग्रेस, अभिभाकत्वको भुमिकामा रहन्छु – नेता हुमागाईँ

  • राजन दाहाल
  • २०८१ श्रावण ६, आईतबार (१ साल अघि)
  • ७५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती श्रावण ७ आइतबार
    नेपाली काङ्ग्रेस काभ्रेका पुर्व साम्सद एवं केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले पार्टीमा आगामी दिनमा आफ्नो भुमिका अभिभावकको रुपमा रहने बताएका छन् । गुटका कारण पटक पटक निर्वाचनमा हार व्यहोर्दै आएको काभ्रे काँग्रेस अन्ततः दिगो रुपमा एक हुने मार्गमा अघि बढेको चर्चा हुन थालेको छ ।
    गत असारमा बनेपामा नेविसंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शिब प्रसाद हुमागाईले समग्र कार्यकर्ताहरुबाट पार्टीका साथिहरु एक ढिक्का हुनुुपर्ने विषयमा दवाव आएको खुलासा गरे । निर्वाचनको विषयलाई लिएर जिल्लाका केही नेताहरुलाई कारबाहीको सिफारिस भएको र त्यसको औचित्य सकिएको बताउँदै कारबाही गर्ने निर्णय बदर गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
    पार्टी कार्यकर्ताको संख्या प्रशस्त भएर पनि काभ्रे काग्रेसले धेरै जसो निर्वाचनको समयमा अकल्पनीय हार व्यहोर्ने गरेको छ । निर्वाचन पछि नेताहरुमा उत्पन्न हुने मनमुटाव कारबाहीको अवस्था सम्म पुग्ने र त्यसको प्रभाव अर्को निर्वाचन सम्म पुग्ने गरेको नजिरका बिच हुमागाईले कारबाही आममाफी र पार्टी एकीकरणको प्रस्ताव पछि काभ्रेकाग्रेसका नेता कार्यकर्तामा खुशी छाएको छ ।
    संघियता कार्यान्वयन पछि केन्द्रीय स्तरका दुई नेताले काभ्रेमा हार व्यहोरे । काँग्रेसका कार्यकर्ताको संख्याको आधारमा कुनै हालतमा हार हुने अवस्था नै रहन्न तर निर्वाचनमा पराजय नै भोग्नुपर्दा यसलाई गुट उपगुुटकै प्रभाव हो भन्ने प्रष्ट हुन्छ । अब पनि नेताहरु गुट उपगुट नै चलाएर हिँडने हो भने पुनः आगामी निर्वाचनमा हार व्यहोर्नु पर्ने पक्का छ । नेताहरुमा मेलको विषय बाहिरिएको छ यो स्वागत योग्य छ एक काँग्रेस कार्यकर्ताले भने ।
    गुट उपगुटको प्रभाव जिल्लादेखि स्थानीय तह वडा स्तर तथा सबै जसो भातृ संगठनमा परेकै कारण निर्वाचनमा सोचेजस्तो उपलब्धी हात नपरेको उनीहरु गुनासो गर्छन ।
    फरक धारका दलहरुसँगको गठबन्धन सहितका गत संसदीय निर्वाचनका उम्मेदवार शिब प्रसाद हुमागाईले फराकिलो मतान्तरले हार व्यहोर्नु परेपछि निर्वाचनकै विषयलाई लिएर नेपाली काँग्रेस जिल्ला समितिबाट जिल्लाका केही नेताहरुलाई कारबाहीका लागि केन्द्रीय समिति समक्ष सिफारिस गरेको थियो । सिफारिस गरेको २ वर्ष बित्नै लाग्दा ती नेताहरुलाई केन्द्रीय समितिबाट कारबाहीको कुनै प्रकृया नै अघि नबढइनु र कार्यकर्ताहरुबाट जिल्लामा काँग्रेसको हितको लागि एकिकरण अपरिहार्य भएको भन्दै दवाव सिर्जना भएपछि यतिखेर काभ्रे काग्रेस एकढिक्का हुने क्रममा छ ।
    नेविसंघको आयोजनामा भएको बनेपाको कार्यक्रममा हुमागाईको एकीकरण आव्हानसँगै नेताहरुको भेटघाट बाक्लिएको छ । नेताहरुको भेटघाट कार्यक्रमको तस्विर बाहिरिए सँगै काभ्रेको राजनीति तातेको छ । पार्टी एकिकरणको विषयले कार्यकर्तामा खुशी छाएको देखिन्छ । नेताहरुको कारबाही फुक्का तथा पार्टी एकीकरणको विषयमा पटक–पटक छलफल भएको स्रोत बताउँछ । विभिन्न स्थानमा भेटघाट भएको सबै नेताहरु गुट अन्त्यको पक्षमा रहेको स्रोतको दावी छ । गुट उपगुट समाप्त पार्दै काभ्रे काँग्रेसलाई एकढिक्का बनाउने कार्यमा केन्द्रीय सदस्य हुमागाईले नै नेतृत्व लिएका छन् भने अर्का २ केन्द्रीय सदस्य मधु आचार्य तथा गणेशलामा तथा महेश खरेल लगायतका नेता त्यसको पक्षमा रहेको बुझिएको छ ।
    वि.पि. स्मृतिमा दिवसको अबसरमा आइतबार जिल्लामा काँग्रेस नेताहरुले भेटघाट कार्यक्रमको आयोजना गरे । भेटघाट कार्यक्रमामा तीन केन्द्रीय सदस्यहरु शिब हुमागाई, मधु आचार्य, गणेश लामा र महेश खरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । उपस्थित नेताहरुले समसामयीक केन्द्रीय राजनीति, केन्द्रीय राजनीतिले जिल्ला स्तरमा पार्ने प्रभाव तथा अबसरका विषयमा छलफल भएको थियो ।
    छलफल कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईले पर्टीमा एकीकरणको महत्व उल्लेख गर्दै कुनै स्वार्थ नराखी आफ्नै नेतृत्वमा काभ्रे काँग्रेस एक ढिक्का बनाएर छाड्ने उनको भनाई थियोे । काभ्रे काँग्रेस बलियो छ भन्ने प्रमाण देखाउनु छ । यसको मुख्य उपाय भनेको नै एक हुनु हो ।
    छलफलका क्रममा हुमागाई निवासमा जम्मा भएका नेताहरुले एक ढिक्का हुनुको विकल्प नरेहेको बताएका थिए । केन्द्रसम्म नै चर्चा हुने काभ्रे काँग्रेसको फुट तथा विवाद यो पटकको एकीकरण प्रयासले अन्त्य हुने चर्चा हुन थालेको छ । महाधिवेशन वा निर्वाचनको समयमा समेत गुटको लक्षण सम्म नदेखिने गरि कार्यगत एकीकरणको खाँचो रहेको काँग्रेसका शुभचिन्तकहरु बताउन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७२ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑