• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ ८, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ दिन अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      ४ दिन अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      १ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      १ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      १ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      १ हफ्ता अघि

      पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

      १ हफ्ता अघि

      वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको तेस्रो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      विशेष अधिवेशन सम्बन्धी सन्देशप्रति नेता हुमागाइको गम्भीर ध्यानाकर्षण

      ३ हफ्ता अघि

      समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

      ३ हफ्ता अघि

      सार्वजनिक सरोकारद्वारा विद्यार्थीलाई पोशाक र पोषण सहयोग

      ३ हफ्ता अघि

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      ३ हफ्ता अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ ८, बिहिबार
    होमपेज /  कला/मनोरंजन

    पनौतीमा ऐतिहासिक साँस्कृतिक तथा व्यापारिक महोत्सवको भव्य तयारी, चैत २१ देखि सुरु हुने

  • राजन दाहाल
  • २०८१ चैत्र ११, सोमबार (१0 महिना अघि)
  • ९५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    ऐतिहासिक, धार्मिक र साँस्कृतिक नगरी पनौतीमा पहिलो पटक भव्य साँस्कृतिक तथा व्यापारिक महोत्सवको आयोजना हुने भएको छ। “नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ पनौती उद्योग वाणिज्य संघको सहकार्य, राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपालको आयोजना संगै पनौती नगरपालिका वडा न ७ को संरक्षकमा र संयुक्त नेपाल मेला महोत्सव ग्रुपको व्यवस्थापनमा चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म यो ऐतिहासिक महोत्सव सञ्चालन हुने भनी आज पत्रकार सम्मेलन मार्फत आयोजकले सार्वजनिक गरेको हो।
    राम नवमी, चैते दशैं र नयाँ वर्ष २०८२ को पावन अवसर पारेर आयोजना हुन लागेको यस महोत्सवले पनौतीको गौरवमय इतिहासलाई उजागर गर्दै आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। पनौतीको कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक र हस्तकलाको जीवन्त प्रदर्शन गर्दै स्थानीय कला, संस्कृति, घरेलु उद्योग र व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य महोत्सवले राखेको छ।
    महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला र घरेलु सामग्रीका आकर्षक व्यापारिक स्टलहरु रहनेछन्। बालबालिकाको मनोरञ्जनका लागि आधुनिक बालउद्यानको व्यवस्था गरिएको छ। प्रत्येक साँझ राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने यस क्षेत्रका नयाँ प्रतिभाहरुलाई पनि आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ ।
    चैत २१ गते पनौतीको मौलिक कला संस्कृति झल्कने जीवन्त झाँकी प्रदर्शनी, परम्परागत बाजागाजा र मनमोहक मौलिक नाचहरु सहित महोत्सवको भव्य उद्घाटन समारोह आयोजना गरिनेछ।
    महोत्सवलाई सफल बनाउन उद्योगपति, व्यवसायी, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, संघसंस्था लगायत सम्पूर्ण पनौतीवासी र पत्रकार मित्रहरुको अमूल्य सल्लाह, सहयोग र सहभागिताको आयोजकले हार्दिक अपिल गरेको छ। पनौतीको सांस्कृतिक वैभव र व्यापारिक सम्भावनालाई विश्वसामु चिनाउने यो ऐतिहासिक अवसरमा सबैलाई सरिक हुन आयोजकले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    समाचार

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

    काभ्रे खबर

    काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

    तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

    सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

    गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६९२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९८१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८६३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८०७ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६५७ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३३१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑