• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ४, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      २ दिन अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ३ दिन अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      ३ दिन अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      ३ दिन अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      ६ दिन अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      १ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      १ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      १ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      २ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ३ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ४, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा सम्पदामैत्री शौचालय निर्माणमा अन्यौलता, पर्यटन बिकास केन्द्र र वडा अध्यक्ष बीचको टकराव झन चुलियो

  • राजन दाहाल
  • २०८२ बैशाख ६, शनिबार (८ महिना अघि)
  • ९४० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    ऐतिहासिक तथा पर्यटकीय नगरी पनौतीमा सम्पदामैत्री शौचालय निर्माणमा विवाद भएको छ । पनौती नगरपालिका वडा न ७ स्थित अघाटोलमा निर्माण हुन लागेको शौचालय पनौती पर्यटन बिकास केन्द्र र वडा कार्यालयको टकरावले निर्माण प्रक्रिया अगाडि बन्न नसकेको हो । प्राप्त तथ्यांकहरु हेर्दा पनौती वडा न ७ का वडा अध्यक्ष सबिन ताम्राकारको दोधारे प्रवृत्तिकै कारण उक्त शौचालय निर्माण हुन नसकेको स्पष्ट देखिन्छ । अध्यक्ष ताम्राकारको कहिले त्यही ठाउमा शौचालय निर्माण गर्न हस्ताक्षर गर्ने र कहिले त्यही ठाउँ उपयुक्त भएन भन्दै पुरात्त्व बिभाग धाउने प्रवृत्तिले शौचालय निर्माणमा अन्योलता छाएको हो । शौचालय निर्माणमा अन्योलता छाएसंगै पनौती पर्यटन बिकास केन्द्र का अध्यक्ष पुरुषोत्तम कर्माचार्य र वडा अध्यक्ष सबिन ताम्राकार बीचको टकराब झन चुलिएको छ ।
    पनौती नगरपालिकाले वि स २०८०/८१ मा निर्माण गरेको खानेपानी सरसफाइ तथा स्वच्छता योजना (WASH PLAN)निर्माण गर्दा उक्त ठाउँ (अघा टोल) मा सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक रहेको भन्दै अध्यक्ष आफैंले हस्ताक्षर गरेका थिए । पछि पुनः पनौती पर्यटन बिकास केन्द्रले प्रदेश सरकारबाट आएको १५ लाख रुपैयाँले सोही ठाउँमा शौचालय निर्माण गर्न अनुमति माग्दा उक्त ठाउँ उपयुक्त नभएको भन्दै पुरातत्त्व बिभाग गुहारेका छन् । यति सम्मकी अध्यक्ष ताम्राकारले आफैंले वडा अध्यक्षको कार्यवाहक दिएका श्याम कुमार बस्नेतले गरेको निर्णयलाई समेत उल्टाएका छन् ।
    हामीलाई प्राप्त कागजातमा वि स २०८१ साल चैत्र ५ गते कार्यबाहक वडा अध्यक्ष श्यामकुमार बस्नेतले पर्यटन बिकास आयोजना इकाइ कार्यालय काठमाडौंलाई एक सिफारिस पत्र लेख्दै उक्त अघाटोल मा सम्पदा मैत्री शौचालय निर्माण गर्न उपयुक्त देखिएको र बन्ने संरचनाको संचालन तथा व्यवस्थापन यसै वडा कार्यालयबाट गरिने प्रतिबद्धता सहित पनौती पर्यटन बिकास केन्द्रका पदाधिकारीहरु रहेको समितिलाई सम्झौता प्रक्रिया अगाडि बढाउन सिफारिस गरेका थिए । त्यसको लगत्तै चैत ७ गते पनौती नगरपालिका वडा न ७ बाट शौचालय निर्माण रोकिदिन र स्थलगत अनुगमन गर्न आइदिन पुरातत्त्व बिभागलाई पत्र लेखेको स्पष्ट देखिन्छ ।

    शौचालय निर्माण हुने भनिएको स्थान 
    कार्यबाहक अध्यक्ष श्यामकुमार बस्नेतले काटेको सिफारिस पत्र पश्चात् पनौती पर्यटन बिकास केन्द्र र पर्यटन बिकास आयोजना इकाई कार्यालयबीच मिति २०८२ बैशाख ३ गते शौचालय बनाउने सम्झौता भएको थियो । सम्झौता अनुसार जेष्ठ २६ गते शौचालय निर्माण गरिसक्नुपर्नेछ ।
    वडा अध्यक्ष सबिन ताम्राकारलाई शौचालय किन निर्माण हुन सकेन भनी प्रश्न गर्दा उनि भन्छन् “आफुहरु पनौतीलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न लागेको भन्दै शौचालय निर्माण हुने स्थान संरक्षित स्मारक क्षेत्र भित्र परेको र पुरातत्त्व बिभागले सुचिकृत हुनु अगाडि नयाँ निर्माण कुनैपनी नगर्नु भनिएकोले हामिले रोक लगाएका हौं ।”
    उता पुरात्त्व बिभागले भने २०८१ चैत १२ गते पनौती नगरपालिका वडा न ७ लाई एक पत्र लेख्दै अपांगमैत्री शौचालय निर्माण गर्न उपयुुक्त स्थान नदेखिएकोले अन्य सम्भावित स्थान खोजी गर्न निर्देशन दिएको छ । पुरातत्त्व अधिकृत अमृता महर्जनसंग यस बिषयमा बुझ्न खोज्दा सबैलाई आवश्यक पर्ने शौचालय जस्तो निर्माण हुनु नराम्रो होइन तर निर्माण हुने स्थान जो छनोट भएको छ त्यो चाहिँ त्यति उपयुक्त ठाउँ नभएको बताइन् । उनी भन्छिन् ” अनुगमनको क्रममा शौचालय निर्माण हुने भनिएको स्थान अगाडि मन्दिर देखिएको र पनौती बजार जाने प्रवेश द्वारको ठ्याक्कै संगै पर्ने देखिएकोले हामिले अन्य कुनै स्थान छनोट गर्न निर्देशन दिएका हौं । ”
    पनौती पर्यटन बिकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले भने सम्पदामैत्री शौचालय निर्माणका लागि सम्झौता भैसकेको र आन्तरिक तथा बाह्य पर्यटकलाई शौच गर्न सजिलो होस भन्ने हेतुले निर्माण गर्न लागिएको शौचालय निर्माणमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । एकान्तमा गएर बनाएको सम्पदामैत्री शौचालयले कुनै अर्थ राख्दैन भन्दै अहिले छनोट भएको अघा टोल सबैबाट केन्द्र र उपयुक्त भएको उनको दाबी छ ।
    मैले बजेट ल्याएको बजेट र मेरो पहलमा आएको भनी जसलिने परिपाटी चल्नु र म बिना बिकास सम्भव छैन भने प्रवृत्तिकै कारण आज विभिन्न बिकास योजनाहरु ओझेलमा परेको छ । सम्पदामैत्री शौचालय निर्माणमा पनि जनतालाई साक्षी राखेर आम नागरिकले सुबिधा पाउने बिकास निर्माणमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    समाचार

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    काभ्रे खबर

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८६ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५३५ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑