पनौती
पनौती नगरपालिका भित्र रहेका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गरिएको घोषणा गर्दै आएका छन् ।
जेठ २५ गते वडा न ६ बाट सुरु भएको यो अभियानले आज वडा न ९ ले पनि अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । आजसम्म ७ वटा वडामा अनिवार्य तथा नि शुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न गरिसकेको पनौती नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा अर्याए जानकारी दिइन् । उनले वडा न ६,२,४,५,८,३ र ९ मा घोषणा कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिइन् । आगामी असार ६ गते वडा न १ मा घोषणा कार्यक्रम रहेको उनको भनाइ थियो । बाकी रहेको अन्य वडाहरुमा पनि घोषणा कार्यक्रम सम्पन्न गराइ असारको १५/२० मा नगर भित्र अनिवार्य तथा निशुल्क शिक्षा भएको स्थानीय तह घोषणा गर्ने कार्ययोजना रहेको उनको भनाइ थियो ।