ललितपुर
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० घर भई हाल सिभिल सर्भिस हस्पिटल नयाँबानेश्वरमा एप्ल्यास्टिक एनिमिया रोगको उपचारका लागि बोनम्यारो ट्रान्सप्लान्टको प्रक्रियामा रहेका युवाराज भुलुनलाई ललितपुर जिल्लामा बसोबास गर्ने तामाङ युवाहरूको टोलीले आर्थिक सहयोग गरेका छन् ।
भुलुनको नाजुक स्वास्थ्य अवस्था र आर्थिक समस्याबारे जानकारी पाएपछि प्रेरित भएका युवाहरूले मानवीय भावनाका साथ सहयोगका लागि हात बढाएका हुन् ।
सोही सहयोग अभियान अन्तर्गत ललितपुरका साजन गोले लामाको अगुवाइमा ४५ जना तामाङ युवाहरूले व्यक्तिगत रूपमा आर्थिक संकलन गरी जम्मा रु. ५५ हजार २१ रुपैयाँ रकम जुटाएका थिए । मंगलवार युवाहरूको टोली सिभिल सर्भिस हस्पिटल नयाँबानेश्वर पुगेर उक्त सहयोग रकम बिरामी युवाराज भुलुनकी छोरीलाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्न ललितपुरका तामाङ युवाहरु त्यहाँ पुगेका थिए । आगामी दिनमा पनि अप्ठ्यारोमा अरेका नागरिकहरुलाई सहयोग जुटाएर सहयोग गर्ने साजन लामाले बताए ।