काठमाडौ
मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । जेनेरेसन जी (Gen Z) को आन्दोलनमा सरकारले चलाएको गोलीले विद्यार्थीहरूको मृत्यु भएपछि मेयर बालेनले ओलीमाथि कडा शब्दमा प्रहार गरेका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा लेखेको स्टाटसमा ओलीलाई ‘आतङ्कवादी’ को संज्ञा दिएका छन् । बालेनले भनेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस् ।” उनले ओलीलाई ‘नेता त के मान्छे पनि बन्न नसकेको’ भन्दै ‘यस्तो आतङ्कवाद यो विश्वले कहिले नदेखेको’ दाबी गरेका छन् ।
मेयर बालेनको यो टिप्पणीले सामाजिक सञ्जालमा ठूलो बहस सिर्जना गरेको छ ।