काभ्रेपलान्चोक
काभ्रे तरुण दलले आज बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ । नेपाल तरुण काभ्रेद्वारा नियमित महाधिवेशन, सुशासन प्रवर्द्धन तथा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको र्यालिका संयोजक तथा तरुण दलका केन्द्रिय सदस्य रोशन पाण्डेले जानकारी दिएका छन् । र्याली शनिबार, पनौती बसपार्कबाट सुरु भएको थियो । पनौतीबाट बनेपा हुँदै धुलिखेलको बि पि चोकमा पुगेपछि र्याली कोण सभामा परिणत भएको थियो । कोण सभामा नेपाल तरुण दलका केन्द्रीय सदस्यहरु रोशन पाण्डे, बेल बहादुर तामाङ, दिल लामा लगाएतका नेताहरूले सभालाई सम्बोधन गरेका थिए ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;
भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले नेपाली काङ्ग्रेस पार्टीमापनि हलचल पैदा गरेको छ । यसैबीच नेपाली काङ्ग्रेसमा दुई धार देखिएको छ, सस्थापन पक्ष र ईत्तर पक्ष । सोही अनुसार काभ्रेमा नेपाल तरुण दलका सस्थापन पक्षले मोटरसाइकल र्याली गरेको हो ।
तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले नेपाली काङ्ग्रेस पार्टीमा चुनाव अगाडिनै नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । उनले विशेष महाधिवेशनले माथिको टाउको मात्र फेरिने हुँदा मुलुकमा राष्ट्रिय परिवर्तन नआउने भन्दै नियमित महाधिवेशन गरेर तल देखि माथिसम्मको संरचना फरक हुँदा पार्टी रिफम हुने र चुनावमा पनि जनताको मन जित्न सकिने धारणा व्यक्त गरेका छन् ।
मोटरसाइकल र्याली कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका समर्थक, शुभेच्छुक तथा तरुण युवाहरू मोटरसाइकलसहित उपस्थित भएका थिए । नेपाल तरुणदलका केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको दवाबमूलक र प्रभावकारी र्यालीमार्फत संगठन सुदृढीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। र्यालीमा सयौं बाइकको साथमा हजारौं तरुण युबाहरुको सहभागी रहेको थियो ।




